कर नघटाए काङ्ग्रेसले आन्दोलन गर्ने चेतावनी
पहिलो चरणमा ज्ञापनपत्र बुझायो । नेपाली काङ्ग्रेस म्याग्दी ले अहिले देशै भरी स्थानीय तह र संघीय सरकार ले गरेको अस्वाभाविक कर वृद्धि , महङ्गी , अनावश्यक कर लगाएतका कर को बिरोध गरेको छ । जनता अझै पनि निमुखा र जिबिको पार्जन गर्न नसक्ने अबस्थामा रहेको ले कर को दर मितब्ययि र बैज्ञानिक बनाउनु पर्ने भन्दै आन्दोलित हुने बताएको छ । जनता ले उपभोग गर्ने दैनिक उपभोग्य सामान देखी प्रत्येक सेवामा सरकारले अस्वाभाविक कर वृद्धि गरेको छ । बेनी नगर पालिका का मेयर हरिकुमार श्रेष्ठ लाई ज्ञापनपत्र मार्फत तुरुन्त कर को दायरा बढाउनु पर्ने दर घटाउनु पर्ने भन्दै नेपाली काङ्ग्रेस म्याग्दी ले ज्ञापनपत्रसमेत बुझाएको छ । कार्यबाहक सभापति माधब प्रसाद रेग्मी को नेतृत्व मा गएको टोलि ले तुरुन्त तर घटाउनु पर्ने अन्यथा आन्दोलित हुने बताएको छ । नगर प्रमुख श्रेष्ठ ले त्यस्तो कुनै शीर्षक मा बढी भएको रैछ र हेर फेर गर्न सकिने कर समय मै परिमार्जन गर्न सकिने बताउनु भयो । नेपाली काङ्ग्रेसका सह सभापति नेत्र बहादुर महत सचीव क्या मीन कार्की सह सचिब भरत बहादुर रकाल लगाएत को टोलि ले ज्ञापनपत्र बुझाएको छ । म्याग्दीको ६ वटै स्थानीय तह पहिलो चरण ज्ञापनपत्र बुझाएर सचेत गराउने कार्यक्रम रहेको सह सचिब भरत बहादुर रकाल ले जानकारी दिनु भयो । पछिल्लो समयमा देसै भरी वृद्धि भएको कर को बिरोध मा ठाउँमा ठाउँमा आन्दोलन हरु सुरु भएको छ । साना व्यावसायि गरेका तथा जिबिको पार्जन गर्ने जनता हरु लाई ढाड सक्ने गरि लगाएको कर का विरुद्ध हो हामीले कर तिर्नु पर्छ तर समय सेवा सुबिधा अनुसार बैज्ञानिक र मितब्ययी हुन पर्छ कार्यबाहक सभापति रेग्मी ले भन्नु भयो । नगर प्रमुख ले सबै खाले कर को दर तुरुन्तै पुनर्बिचार गरिने बताउनु भयो ।
Friday, August 17, 2018
कर नघटाए काङ्ग्रेसले आन्दोलन गर्ने चेतावनी
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment