Tuesday, August 7, 2018

रामजी,प्रकाश, खेम, श्रृष्टि,बिनित र सपना एकै साथ मेरो कालेमा…

रामजी,प्रकाश, खेम, श्रृष्टि,बिनित र सपना एकै साथ मेरो कालेमा…
सुरेश छन्त्याल/बागलुङ
युवापुस्ताका ढुकढुकी, चर्चित गायक एबम संगीतकार खेम सेन्चुरी र सुमधुर आवाजकी धनि गायिका श्रृष्टि पुनको आवाजमा निकै मिठो तीजको गीत मेरो काले सार्बजनिक भयको छ । पोहोर वर्ष पनि निकै मिठो मौलिक तीज गीत लियर आएकी छिन् बागलुङको गलकाेट नग�रपालिका १० पाण्डबखानीकी गायिका श्रृष्टि पुनले यस वर्ष पनि दमदार गीत लियर आएकी छिन । गीतमा चर्चित/सफल सर्जक रमेश बि. जी. को सब्द तथा खेम सेन्चुरीको लयमा तयार भयको छ । आशिष म्युजिक प्रा ली ले बजार ब्यबस्थापन गरेको उक्त गीतलाई प्रकाश भट्टले निर्देसन गरेका हुन् । भिडियोमा निकै चर्चित अनुहार र नब अनुहार पनि देख्न सकिन्छ ।
चर्चित गायक/मोडल रामजी खाँण, प्रकाश सपुत, खेम सेन्चुरी, श्रृष्टि पुन, बिनिता पुन र सपना पुनको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन, बिष्णु शर्माको सम्पादन र साइ भिजनको निर्माणमा बनेको भिडियोको डिजिटल ब्यापार भने म्युजिक स्टार नेपालले गरेको छ । गीत र भिडियो दुवै उत्कृष्ट बनेको छ सम्पूर्ण टिमलाइ शुभकामना :

No comments:

Post a Comment