कविता
(बलात्कारीलाई फाँसी देउ)
के छोरी भएर जन्मनु नै गल्ती हो र ?
सोच्न विवश भएको छु अाज फेरि
भाचिएको कलमले नै कोर्न बाध्य छु
मनसुनको झरी नयनमा छाएको छ
चिच्याईरहेछ त्यो ,पहाड ,सडक ,गल्ली अनि चोक
तर चुपचाप छन् निर्दयी मन
पहाडी झरना झै चञ्चल
धर्ती झै मायालु
भिरालु खर झै लज्जालु
बादलु झै मढारिएका केश
मृगका झै नयन
बाघको झै कम्मर
नागबेली चाल अनि ढाल
अप्सरा झै परम सुन्दरी तिमी
यस्तै यस्तै तारिफको कुनामा स्वार्थ लुकेको हुन्छ
खुल्ला सडकमै लुटिन विवश हुन्छे नारी
साडी गुन्यु चोलिले उस्को अस्मिता छोपिन्न
घुम्टोले लाज छोपिएन
बन्दुकको बहादुरी देखाई
मर्दा हुनुको अस्तित्व देखायौ
कहिले ९ बर्षिय,कहिले १३ बर्षिय,
कहिले १८ बर्षिय नारीको अस्मिता लुटेर
मृत्युको सिकार बनाएर
सरकार चुपचाप छ
समाज त झन के बोल्छ
बाबू बाट छोरी बलात्कार हुन्छे
छोरी एक रात घर बाहिर हुदा ब्यस्यको उपनाम दिने
यो समाज छोरी मारिदा चुपचाप छ
चीत्कार छोरीको सुन्न चाहदैनन्
अाखिर चाहन्छन् पनि किन
गर्भमा नै मारिनु पर्ने छोरी
बलात्कारीले मार्यो ठिकै त गर्यो
ए समाज
ए सरकार
के नारी हुनु अभिषाप हो
यदि हो भने एउटै चिहानमा गाडिदेउ नारीलाइ
एउटै चितामा जलाईदेउ प्रत्येक छोरीलाई
नजन्माउ छोरी अब
होइन भने त्यो तिम्रो बिचार परिवर्तन गर
बलाकारीलाइ फाँसी देउ
किन चुपचाप बस्छौ
कि तिम्रो छोरीको बलात्कार हुने दिन कुरिरहेछौ
No comments:
Post a Comment