Wednesday, August 8, 2018

मेराे बाबु तिमी कहाँ गयौं,तिमि लाई यस्तो कस्ले बनायो।

मेराे बाबु तिमी कहाँ गयौं,तिमि लाई यस्तो कस्ले बनायो।
प्रहरीे अपहरणमा परेका ११ वर्षिय निशान खड्काको जीवन रक्षा गर्न असफल भएको छ।
यस्तै उनको अपहरण र हत्यामा संलग्न मुठभेडमा मारिएपछि घटनाको यर्थात अाउने अवस्था समेत अन्याेलमा परेकाे छ। यद्यपि प्रहरीले घटनाको अनुसन्धान भइरहेको भन्दै याे घटनालार्इ न्युट्रल बनाउन प्रयास गरिरहेकाे छ।
मुठभेडमा मारिएका दुई युवाले नै निशानको अपहरण र हत्या गरेको किटानी जाहेरीपछि थप अनुसन्धानका लागि प्रहरीको बाध्यता समेत हटेको छ।
के हाे घटना?
प्रहरीले दिएको सूचनाका आधारमा आईतबार काँडाघारीबाट ११ वर्षीय निशान खड्काको अपहरण भयो। प्रहरीका अनुसार आईतबार करिब साढे ४ बजे निशान बेपत्ता भएका थिए। उनकी आमा चमेली खड्कालाई आईतबार साढे नौ बजे अपहरणकारीको फोन आएको थियो। उनीसँग ४० लाख फिरौती रकम माग गरेकाे प्रहरी दाबी छ। काँडाघारीमा खाजा पसल चलाउने चमेली र वैदेशिक रोजगारका लागि मलेशियामा रहेका गणेश बहादुर खड्कासँग फिरौतीका लागि मागेको रकम दिने अवस्था थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखासहितको टोली आईतबार रातीदेखि अपहरणमा परेका निशानको खोजीमा सक्रिय थियो। प्रहरीले निशानको खोजी गरिरहेका बेला सोमबार अपरान्ह निशानको शब गाडिएको अवस्थामा भक्तपुरको ठिमीमा भेटियो। निशानको शब ठिमीमा बन्दै गरेको श्याम लवटको घरको जगमा भेटिएको थियो।
प्रहरीले शब बरामद गर्दा बिहानको करिब ११ बजेको थियो। यतिबेलासम्म प्रहरीबाटै निशान अपहरणको फेहरिस्त बाहिरी सकेको थियो। प्रहरीले अपहरणकारी खोजी रहेकै बेला दिउसो अपहरणमा संलग्न रंगरोगन कामदार नुवाकोट सामरीका गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका अजय तामाङकोे मुठभेडमा मृत्यु भएको खबर बाहिरीएको थियो। प्रहरी दाबीअनुसार गोपाल निशानकी आमाले संचालन गरेको खाजा पसलका पुराना र नियमित ग्राहक थिए। उनको निशानसँग निकटता थियो। उनले नै आईतबार निशानको अपहरण गरे र सोही दिन हत्या गरेको आशंका प्रहरीको छ।
गोपाल र अजय प्रहरी ‘मुठभेड’मा मारिएका छन्। प्रहरीले गोपाल र अजयसँग हतियार बरामद भएको र उनीहरुले प्रहरीलाई लक्षित गरि फायर खोलेको दाबी गरेको छ। यो घटनामा प्रहरीको सुराकी संयन्त्रले महत्वपूर्ण काम गरेको देखिन्छ। पहिलो, अपहरणमा परेका बालक गाडिएको शब फेला पर्नु र दोस्रो अपहरणमा संलग्न घटनाको १५ घण्टापछि पनि घटनास्थलको आसपासमै फेला पर्नु सामान्य मान्न सकिँदैन।

No comments:

Post a Comment