गजल
रगतले लेखिएका प्रेम पत्रहरु च्यातेर
जल्यो सपनाको खाम भन्ने पनि भेटिए
भेट्न त भेटिए, राम भन्ने पनि भेटिए
कतै छाँया, कतै घाम भन्ने पनि भेटिए
रगतले लेखिएका प्रेम पत्रहरु च्यातेर
जल्यो सपनाको खाम भन्ने पनि भेटिए
पश्चिमी संस्कृति गाउँशहरमा भित्राउदै
पुरै शरीर नाङ्गिन पाम भन्ने पनि भेटिए
मेहनतकस वर्गको संर्घषको गाथालाई
गाली गलोज तथानाम भन्ने पनि भेटिए
दिनानुदिन राष्ट्रिय स्वाभिमान कुल्चिएर
मातृभूमि नै पारोैं झ्वाम भन्ने पनि भेटिए
सिताराम के.सी. "ध्रुव" प्युठान
Utkrist lagyo!
ReplyDeleteबधाइ ठ सर
ReplyDelete