Tuesday, August 7, 2018

यो बर्ष को तीजमा अस्ट्रलिया तताउदई चर्चित कलाकारहरू

यो बर्ष को तीजमा अस्ट्रलिया तताउदई चर्चित कलाकारहरू
सुरेश छन्त्याल/बागलुङ
नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा अष्ट्रेलियामा भ ब्य रुपमा तीजको कार्यक्रमको आयोजना गरिने भएको छ । यही अगष्ट १८ तारिखका तीन अष्ट्रेलियाको सिड्नी स्थित आष्फिल्ड पार्कमा आयोजना हुने बृहत कार्यक्रममा प्रवेश शुल्क नलाग्ने आयोजकले जनाएको छ ।
नेप्लिज स्क्वाड इन्टरटेनमेन्ट, बाबा एजुकेशन कन्सल्टेन्सी तथा आरकेएस अष्ट्रेलियाको प्रस्तुतीमा हुन गइरहेको कार्यक्रममा नेपालका चर्चित कलाकारहरु सन्तु थापा, पशुपति शर्मा, मञ्जु पौडेल, देवी घर्ति , चर्चित मोडेल तथा डान्सर बिजय जंग थापा लगायतका कलाकारहरुको धमाकेदार प्रस्तुती रहने छ , यस कार्यक्रम को उद्घोषण राम न्यौपाने ज्यु ले गर्नुहुनेछ।
अष्ट्रेलियाको बिभिन्न प्रमुख ठाउहरुमा कार्यक्रम भब्यताको साथ प्रस्तुत हुने आयोजक को तर्फ बाट बीरेन्द्र दिप मल्ल ज्यु ले जानाकारि दिनुभयको छ
निम्न मिति र स्थानमा कार्यक्रम तय गरियको छ
11 August मा Melborne
12 August मा Albury, Wodonga
17 August मा Canberra,
25 August मा Brisbane र
26 August मा Perth हुने जानाकारि प्राप्त भयको छ!!!
उक्त कार्यक्रम को लागि नेपाल बाट चर्चित कलाकारहरु 9th August मा अष्ट्रेलिया प्रस्थान गर्दैछन । घर्ती मगर सानै देखि ,स्कुल पढ्नेबेला सम्म निकै चन्चले थिए। र अहिले प्राय स्टेश कार्यक्रम मा निकै व्यस्त रहने गर्दछन् उनी बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा उर्के उहीँकाे स्कुल मा पढे खेले अहिले पछिल्लो समय मा देवि लाई नचिन्ने कमै हुन सक्छ।उनी धेरै स्यस्त छन्।

No comments:

Post a Comment