Tuesday, September 11, 2018

हरितालिका तीजको अवसरमा रिघामा खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु !

हरितालिका तीजको अवसरमा रिघामा खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता सुरु !
गल्कोट २०७५ /भदौ/२६
बागलुङको गल्कोट नगरपालिका वडा नम्बर ११ रिघामा बिगतका बर्षमा जस्तै यस बर्षको हरितालिका तीजको अबसरमा खुल्ला वडा स्तरीय फुटबल प्रतियोगिता सहित तीज बिशेष कार्यक्रम आजदेखी सुरु भएको छ । धर्मापोखरी युवा परिवारले आयोजना गरेको तीज मेलाको अबसरमा बोल्दै रिघाका वडा अध्यक्ष डम्मर श्रीसले ग्रामीण क्षेत्रमा रहेको खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने र फुटबल खेलाडीहरुको उत्पादन गर्न यो प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले तीजपर्वको सम्पुर्णमा शुभकामना दिदै खेलाडीहरुलाई खेलाडी मात्र नबनी अनुुशासित र मेहेनती खेलाडी बन्न आग्रह गरे । कार्यक्रमको अबसरमा आयोजित खुल्ला वडास्तरीय पुरुष फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखौरा युवा क्लब बरेङले सिखर युवा परिवार रिघालाई पराजीत गरेको छ भने दोश्रो खेलमा बाल संरक्षण मञ्च रिघाले सिखर युवा पर्बिारलाई पराजीत गरको छ । २२ समुहको सहभागिता रहेको उक्त प्रतियोगिता भदौ २८ गते सम्म सञ्चालन हुने छ । कार्यक्रममा तीजगीत तथा नृत्य प्रतियोगिता समेत गरिने आयोजकले जनाएको छ ।कार्यक्रममा युवा तथा खेलकुद बिकास समतिका अध्यक्ष दान बहादुर श्रीस लगाएतले शुभकामना मन्तन्य राखेका थिए । कार्यक्रम धर्मपोखरी युवा परिवारका अध्यक्ष दिनेश श्रीसको अध्यक्षता सदस्य नरेन्द्र श्रीसको स्वागत तथा सचिव देबेन्द्र काउचाको सञ्चालन सम्पन्न भएको थियो ।

1 comment: