Sunday, February 28, 2021

पाण्डबखानीमा तरुणदल विस्तार, जनताले राजनैतिक दलहरुलाइ बिश्वास गर्ने वातावरण बनाउन आग्रह ।

पाण्डबखानीमा तरुणदल विस्तार, जनताले राजनैतिक दलहरुलाइ बिश्वास गर्ने वातावरण बनाउन आग्रह ।
सुरेश छन्त्याल/पाण्डबखानी
फागुन/ १६ आइतबार
गलकाेट नगरपालिका १० पाण्डबखानीमा नेपाल तरुण दल वडा कमिटी गठन गरिएको छ। जसमा अध्यक्ष कुमार पुन, उपाध्यक्ष लाल प्रसाद पुन र दानश काउचा, सचिव कमल श्रीस, सह सचिव युवराज शाहि, काेषा अध्यक्ष कमला थापा, सदस्यहरुमा दिपक काउचा, रामु शाहि गरि २१ सदस्य चयन गरिएको छ। कार्यक्रममा बाेल्दै संविधानसभा सदस्य नरबहादुर पुन निरजले पाण्डबखानीमा नेपाली काग्रेसकाे पकद रहेता पनि राजनैतीक शुद्धिकरण हुन जरुरी रहेको प्रस्त्याउनु भयो। जनताले राजनैतिक दलहरुलाइ बिश्वास गर्ने वातावरण बनाउन भातृ तथा सुवेच्छुक संघ को ठुलाे भुमिका रहेकाे हुदा देश ब्यापी रुपमा विस्तार गर्ने अभियानमा लाग्न सम्पुर्ण तरुण हरुलाइ आग्रह गर्नु भयो । त्यस्तै नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सचिव तिलक घर्तीले लोकतन्त्रमा मात्र जनताको अधिकार सुनिश्चित हुने भएको हुदा आम जनतालाइ लोकतान्त्रिक अभियानमा सरिक गराउन नेता तथा कार्यकर्ता मा अपिल गर्नु भयो । नेपाली काग्रेस वडा कार्य समिति पाण्डबखानीकाे आयाेजनामा भएको भेटघाट कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर २ का सचिव तिलक घर्ती, जिल्ला सदस्य रामप्रसाद वि.क, नेपाल प्रेस युनियन जिल्ला सदस्य सुरेश छन्त्याल, नगर प्रतिनिधि तथा तरुण दलका जिल्ला सदस्य नवीन शेरचन, जिल्ला काेषाअध्यक्ष देवेन्द्र बहादुर घर्ती, तरुण दलका नगर सभापति गाेरख भण्डारी, विपि काेइराला युवा नेतृत्व विकास गलकाेटका सभापति रविन बाेहाेरा लगाएतकाे सहभागीता रहेकाे थियाे । सभापति देवराज पुनकाे सभापतित्याे सचिव ज्ञान श्रीसकाे संचालनमा सम्पन्न भएको थियाे।

Saturday, February 27, 2021

पाण्डबखानीमा मगर दिवस सम्पन्न, लखन थापाले देखाएको बाटोमा लाग्नुपर्ने जोड् ।

पाण्डबखानीमा मगर दिवस सम्पन्न, लखन थापाले देखाएको बाटोमा लाग्नुपर्ने जोड् ।
सुरेश छन्त्याल
फागुन, १५ शनिवार
सम्पुर्ण मगरहरु एक जुद हौं भन्ने नाराका साथ ३९ औं राष्ट्रिय मगर दिवस तथा १४४ औंं प्रथम लखन थापा मगर स्मृति दिवस आज गलकोट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ । नेपाल मगर संघ गलकोट नगरपालिका कार्य समिति बागलुङको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सविभान सभा संसद नरबहादुर पुन निरजले मगर जातिहरुको हक र अधिारका लागि सधै एक जुट भएर जानुपर्ने बताउदै उहाँले प्रथम सहित लखन थापाले देखाएको बाटोमा सधै लाग्नुपर्ने कुरामा जोड् दिनुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ति, गलकोट नगरपालिका ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल मगर बौद्घ समाज प्रदेश समितिका केन्द्रिय सदस्य ललित श्रीस, पाण्डबखानी माविका व्यस्थापन समितिका अध्यक्ष मानसिह छन्त्याल, राष्ट्रिय मगर संघका पूर्व केन्द्रिय सदस्य याम श्रीस लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमा बागलुङ जिल्लाकै प्रचलित घाटु नाच, सोरठी, यानीमाया तथा विभिन्न वडाबाट अँएका कलाकार तथा स्थानीयले साँस्कृतिक प्रस्तुति देखाएका थिए । कार्यक्रम स्थल देखि सुरु भएको र्याली लेङ्गुरेे, बाइगाउ, बगर, गैराभाटी, काफे हुदै कार्यक्रम स्थलमै आएर कोण सभामा परिणत भएको थियो भने नेपाल मगर संघ गलकोट नगर कार्य समितिका अध्यक्ष विष्णु रानाको अध्यक्षता उपाध्यक्ष कौशिला घर्तिको स्वागत सचिव योगेश भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Friday, February 26, 2021

ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल शुक्रबारेेेेेेेेेेेेेेेेेेेे कार्यक्रम सम्पन्न ।

ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल शुक्रबारेेेेेेेेेेेेेेेेेेेे कार्यक्रम सम्पन्न ।
सबिता खत्री/ हिल
फागुन/१४
ब्राइट लोट्स एकेडेमी बोर्डिङ स्कुल हिल मा शुक्रवारे कार्यक्रम अन्तर्गत आज नर्सरी देखि युकेजि सम्म को दौड प्रतियोगिता भएको छ जसमा नर्सरी बाट प्रथम समिप खत्री दिर्तिय बिक्रम साहानी र तिर्तिय आयिसा थापा एलकेजी  बाट प्रथम दिवान थापा दिर्तिय समीप खत्री तिर्तिय दिपिका कंडेल र यु केजी बाट प्रथम रिजन बुढाथोकी दिर्तिय सुवास खड्का तिर्तिय रोसनी थापा हुनुभएको थियो। 
कार्यक्रम रुपा खत्री र उर्मिला कार्की को नेतृत्वमा संचालन गरिएको थियो त्यस्तै कक्षा एक देखि कक्षा सात सम्म को भने कुर्सी दौड प्रतियोगिता सम्पन्न भएको छ जसमा छात्रा तर्फ बाट प्रथम बिबिसा क्षेत्री  दिर्तिय दिपान्जली  सिउतानी मगर छात्र तर्फबाट प्रथम निर्मल कार्की दिर्तिय डेक्सन चोखाल हुनुभएको थियो र सानो कक्षा एक र दुई तर्फबाट भने निरु कार्की प्रथम र एबिना गौतम दिर्तिय हुनुभएको थियो।
कार्यक्रम शिक्षिका सबिता खत्री (शान्ति )र एलिसा थापाको संचालनमा सम्पन्न भएको थियो।

Tuesday, February 23, 2021

नेपाल विद्युत प्राधिकरणले पहिलो पटक गलकाेट नगरपालिका १० पाण्डबखानीमा विद्युत सेवा सुचारू गरेकाे छ ।

नेपाल विद्युत प्राधिकरणले पहिलो पटक गलकाेट नगरपालिका १० पाण्डबखानीमा विद्युत सेवा सुचारू गरेकाे छ ।
सुरेश छन्त्याल/
फागुन/११ 
लामो समय देखि लघु जलविद्युतको भरमा गुजारा गर्दै आएका पाण्डबखानीबासी पहिलो पटक केन्द्रिय विद्युत बलेपछि हर्षित भएका छन । केन्द्रिय विद्युतको आगमनले मन नै उज्यालो बनाएको छ । भौगोलिक विकटता सँगै लघु जलविद्युत मर्मत सम्भारमा पटक पटक हुने समस्याले गर्दा लामो समय देखि हैरानी खेप्नु परेको स्थानीय व्यवसायीक देव नारायण श्रीसले बताउनु भयाे। स्थानियले सामूहिक लगानीमा निर्माण गरेको लघु जलविद्युतमा भोल्टेजको क्षमता कम हुनुका साथै नियमित नहुँदा उद्योग, ब्यबसायमा समस्या झेल्दै आएकोमा अब भने यी समस्या हटेर जाने स्थानीय दिपक घर्तिले बताउनु भयाे। ग्रामीण विद्युतीकरण कार्यक्रम अन्तर्गत विद्युतीकरण गरिएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । विकट अनि दुरदराजका जनतालाई विद्युत सेवा उपलब्ध गराउँदै उपभोक्ताको दैनिकीमा सहजता ल्याउने कार्यमा विद्युत प्राधिकरणले आफ्नो कार्यलाई निरन्तरता दिएको उहाँको भनाई छ । आवश्यकता अनुरूप ट्रान्सफर्मर, पोल सँगै अन्य विद्युतिय सामाग्री व्यवस्थापन गरिने नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रका सुपरभाइजर रेशम गाैतमले जानकारी दिनुभयो । केन्द्रिय विद्युतको पहुँच पुगेसँगै अब स्थानीय श्रोत र साधनको सदुपयोग गर्दै जनतालाई आर्थिक सम्वृद्धिमा जोड्न सहज हुने गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा अध्यक्ष तिलक घर्तिले बताउनु भयो । उहाँले भन्नुभयो यस्ता कार्यमा वडाले आवश्यक सहयोग गर्ने छ । केन्द्रिय विद्युत यहाँका जनतालाई निकै आवश्यक थियो अब भने, उद्योग, व्यवसाय सञ्चालन गर्न यसले सहयोग पुग्ने विश्वास रहेकाे पत्रकार सुरेश छन्त्यालले बताउनु भयो । केन्द्रिय विद्युतलाई क्रमशः टाेल- टाेलमा विस्तार सँगै माग अनुरुप व्यवस्थापन गर्दै लैजाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

पाण्डबखानी माविमा साइभर क्रयम, घरेलुु हिम्सा सम्बन्धि प्रशिक्षण सम्पन्न ।

सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानीमा रहेकाे पाण्डबखानी माद्यामिक विद्यालयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तरगर्त जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । माविका कक्षा १०,११, र १२ का विद्यार्थीहरु विच बालविवाह, लागू अाैषध, साइभर क्रयम, घरेलुु हिम्सा सम्बन्धि प्रशिक्षण अनुप केसीले गर्नु भएको थियाे। बागलुङ देखि सशस्त्र प्रहरी र हरिचाैर र ताराखाेला देखि नेपाल प्रहरी गरि करिव १७/१८ जनाकाे ग्रुपमा गाेष्ठीका क्रममा पाण्डबखानी आएका थिए । पछिल्लो क्रममा बलत्कार, हिंसा, लागू अाैषध जस्ता जगन्ने अपराध कार्यमा धेरै जस्ताे युवाहरु पसेकाे हुदा यसलाई न्युनिकरण गर्न गाेष्ठीमा आएकाे बताइएकाे छ। 

Saturday, February 20, 2021

वौद्ध धर्मावलम्वीहरु भ्रमण

फागुन,९ रिघा
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ११ स्थित उदय वौद्ध विहारमा वागलुङ नगरपालिका स्थित ज्ञानोदय वौद्ध विहारका वौद्ध महिला संघ, ज्ञानोदय विहार व्यवस्थापन समिती लगायत वौद्ध धर्मावलम्वीहरु भ्रमण गरेका छन् ।
बौद्ध बिहार भ्रमणका लागि आएका वौद्ध धर्मावलम्विहरुलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर वहादुर श्रीस, विहारका अध्यक्ष सेर वहादुर काउचा लगायतले स्वागत गर्नुभएको थियो ।
भ्रमणमा सहभागि वौद्ध धर्मावलम्विहरुको टोलिले उदय विहारमा ज्ञानमाला, भजन, वौद्ध पुजा, परियानशुुत्र लगायतका पुजा गरेको ज्ञानोद्धय वौद्ध विहार बागलुङका निवर्तमान अध्यक्ष सुनुमाया थापा मगरले जानकारी दिनुभयो । करिव ६० जनाको सङख्यामा बौद्ध बिहार पुगेका धर्मावलम्विहरुको भ्रमणले आन्तरिक पर्यटन पर्वद्धन सँगै धर्मप्रति सचेतना जगाउने काम भएको उदय बौद्ध विहार रिघाका अध्यक्ष सेर बहादुर काउचाले जानकारी दिनुभयो ।









ताराखाेला गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न।

खगेन्द्र विश्वकर्मा, फागुन ८ शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ताराखाेला गाउँपालिका) अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले कार्यकर्ता प्रशिक्षण गर्नुभएको छ । उहाले विभिन्न अाधारहरुका कारण नेकपा सस्थापन यहीँ पार्टी हाे वा वलि पक्षदर हाे भन्नुभएको छ । महाधिवेशनले बनाएकाे अध्यक्ष बैधानिक हाे । पार्टीकाे संसद विगठन संबैधानिक छ यसका अाधारहरु छन यी अाधारहरुले विगठन गरेकाेले बैधानिक छ । जसलाई सर्बोच्चले न्याय दिन्छ । पार्टीले प्रधानमन्त्री समक्ष अविस्वासकाे प्रस्ताव लिनु नै दुर्घटनाको मिवाे भएकाे बताउनु भयाे ।प्रचण्डलाई अस्थिरता बनाउने उस्काउने प्रवृत्तिकाे असर हाे । हामिले बैधानिक पार्टीमा अाउनुस भनेका छाै यदि नअाएमा उहाहरुले दल दर्ता गर्नुपर्छ भन्नुभएको छ । अध्यक्ष दावि गर्नेहरुले महाधिवेशन कुर्न नसक्नु धैर्यता कायर भएकाे र अधिवेशनले बनाएकाे अध्यक्ष र प्रधानमन्त्रीलाई पार्टीकाे केन्द्रीय सदस्य बहुमत छ भन्नू नियम शब्द नभएको बताउनु भयाे । उहाले ताराखाेलाकाे विषयलाई संबाेधन गर्दै यहाकाे अालु,भाँगाे, च्याउ, कृषि ,सडक,शिक्षा,स्वास्थलाई गण्डकी प्रदेश सरकार र केन्द्रीय सरकारले विकास गर्न कुनै कदमबाट पनि अगाडि बढाउने प्रतिवद्दता दिनु भएकाे छ । यसै कार्यक्रम नेकपा ताराखाेला गापा अध्यक्ष एवम कार्यक्रम अध्यक्ष दिवश खत्रीले अब हामी कुनै हिसंात्मक गतिविधि नगर्ने र विकास र सम्वृदिमा लाने अभियानमा समर्पण गर्ने कुरा बताउनु भयाे । पार्टी गुटकाे सर्दर्भका खत्रीले हाम्रो वैधानिक पार्टी भएकाे र सस्थापनकाे सदस्यहरु अलमलमा नरहेकाे बताउनु भयाे । खत्रीले ताराखाेलाकाे विकासकाे लागि विभिन्न प्रस्ताव तथा कागजात माथि प्रदेश सरकार तथा संघिय सरकारले उपयुक्त बजेट सदर गरिदिन प्रदेश अर्थमन्त्रीलाई प्रतिवद्दता जाहेर गर्नुभएको थियोे । भेलामा विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य मनकुमारि केसी , केन्द्रीय सदस्य बानपा प्रमुख जनक पाैडेल, जिल्ला अध्यक्ष कृष्ण पाठक लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा ऋिषिराम राेका , अनेरा स्ववियु जिल्ला कमिति भावना खड्का , वडान १ का अध्यक्ष चन्द्रकुमार नाईसा, मुक्ति प्रसाद राेका, पुर्णबहादुर राेका, मनविर विक,पार्टी कार्यालय सदस्य मनबहादुर लामिछाने , लगाएकाे पदाअधिकारि र निकट संगठनका शिक्षक, बुद्धिजीवी,काे उपस्थिति थियोे ।ताराखाेला कार्यकर्ता भेलामा पुर्ण जनमुक्ति सेना कमान्ड राजेश घर्ती पनि उपस्थिति हुनुभएको थियोे । त्यसै गरि कांग्रेस कार्यकर्ता सम्म सहभागी थिए कांग्रेसका केही युवाहरु यश संम्वद पार्टीमा प्रेवेश गर्ने तयारि रहेकाे र छलफल अन्तिम चरणमा पुगेकाे अध्यक्ष दिवश खत्रीले बताएका छन् । कार्यक्रममा अपेक्षा भन्दाबढि उपस्थित भएकाे थिए ।हलमा न अताएर हल बाहिर समेट अावाजमा प्रशिक्षित कार्यक्रम अगाडि बढेकाे थियोे । याे उपस्थितिले थप हाैसला मिलेकाे समीक्षा भएकाे छ । कार्यक्रममा १० बर्षे जनयुद्धका सहिदकाे तस्बिर राखिएकाे काेठामा खचाखच उपस्थित गाउले परिवेशका अगुवा कार्यकर्ताकाे उपस्थितती र परिवेशले जनयुद्ध ताकाकै प्रशिक्षण जस्ताे अनुभत गराएकाे थियोे । ताराखाेलामा भेला तारा गाउकाे वडा कार्यालयमा गरिए थियाे । भेला कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष दिवस खत्रीकाे अध्यक्षता कार्यालय सदस्य मनबहादुर लामिछानेकाे स्वागत सचिव धनप्रसाद बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियोे ।कार्यक्रममा निकै अनुशासीत तथा भद्र थियोे जहाँ अप शव्द अाराेप प्रतिअाराेप थिएन्।

घुम्टे बचत तथा श्रृण सहकारी संस्था लि.काे ११ अौं साधारणसभा सम्पन्न , पत्रकार छन्त्याल सम्मानित

सुरेश छन्त्याल/ गलकाेट
फागुन,८ शनिबार 

घुम्टे बचत तथा श्रृण सहकारी संस्था लि. गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको ११ अौं साधारणसभा सम्पन्न भएको छ।सहकारीका अध्यक्ष चन्द्रा कुमारी श्रीसकाे सभापतित्याे संस्थापक अध्यक्ष दिलमाया श्रीसकाे प्रमुख आथितियतामा भएको कार्यक्रममा जेष्ठ नागरिकफ , एकल महिला, अपांग शेयर सदस्य, अशल श्रृणी, १०+२ का विद्यार्थी लाई सम्मान, पाण्डबखानीदेखि विभिन्न संचार माध्यमबाट विभिन्न गतिविधि संगै समाचार सम्प्रेषण गरेकाे र अझै प्रगतिकाे कामना गर्दै पत्रकार सुरेश छन्त्याल लाई डाहिरी र कलम मार्फत सम्मान गरिएको थियाे। सहकारीका काेषाअध्यक्ष तेजकुमारी पुनकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव कर्ण कुमारी काउचाले गर्नु भएको थियाे। कार्यक्रममा अध्यक्ष चन्द्रा कुमारी श्रीसले अध्यक्ष प्रतिवेदन, सशिराम काउचाले लेखा प्रतिवेदन, गिरिप्रसाद थापाले आर्थिक बर्षकाे आय-व्याय प्रस्तुत गर्नु भएको थियाे । ५३३ शेयर सदस्य, ८४७ बाल तथा बचतकर्ता रहेकाे सहकारी २०५४ मा स्थापना भएको थियाे। 

Friday, February 19, 2021

ब्राइट लोट्स एकेडेमीक बोर्डिङ स्कुल हिल मा शुक्रबारे कार्यक्रम सम्पन्न ।

फागुन, ७ शुक्रबार 
ब्राइट लोट्स एकेडेमीक स्कुल घुस्मेलीमा आज शुक्रवारे कार्यक्रम अन्तर्गत ४ देखि ७ कक्षा सम्म को कबडी प्रतियोगिता सम्पन्न भएको छ ।जसमा दुई समुहमा जम्मा जम्मी १८ जना विद्यार्थीको सहभागी रहेको थियो। एक समुहमा नौ जना हुनुहुन्थ्यो, जसमा समुह A प्रथम भएको छ । प्रथम हुनेमा दिपेश खत्री ,सन्दिप बस्नेत ,मधु बि.क एलिसा थापा ,रोहित गिरि ,देब खत्री ,बिबेक क्षेत्री ,एलिना थापा,सुबास थापा  प्रथम हुनु भएको थियो कार्यक्रम शिक्षक फोम नाउसा र सागर कार्की को संचालन मा सम्पन्न भएको थियो। त्यस्तै नर्सरी देखि ३ कक्षा सम्म को भने सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीको चाहाना लाई मध्यनजर गर्दै हरेक शुक्रवार कार्यक्रम गर्दै आएको र कार्यक्रम लाई निरन्तरता दिने शिक्षिका शान्ती खत्री (सबिता)ले बताउनु भयो। खत्री का अनुसार गत माघ २८ गते देखि ६ गते सम्म संचालन भएको परिक्षाको परिक्षाफल फाल्गुन १४ गते प्रकासन गर्ने समेत बताउनु भयो।

Wednesday, February 17, 2021

पाण्डबखानीमा एक पसलमा चाेरी ।

सुरेश छन्त्याल/पाण्डबखानी
फागुन, ६ बिहीबार
गलकाेट नगरपालिका १० पाण्डबखानीमा एक पसलमा चाेरी भएको छ । स्थानीय ह. गंग बहादुर घर्ती पुनकाे पसलबाट पैसा राख्ने बाक्स चाेरी भएको छ । रातकाे समयमा चाेरी भएको हाे । साझ चट्याङ सहित पानी परिरहेकाे अवस्थामा चाेरि भएको आशंका गरिएको छ, बाक्समा करिव ९,१० हजार पैसा, महत्त्वपूर्ण कागज र आइसी पैसा चाेरी भएको छ । यश पनि साेहि पसलबाट चाेकाेपन, मिठाई चाेरि भएको थियाे ।

भने साेहि दिन अर्का स्थानीय खिम काउचाकाे पसलबाट करिब ६/७ हजारकाे रिचार्ज कार्ड र खुद्रा पैसा चाेरि भएको थियाे ।

Sunday, February 14, 2021

अरुको आलोचना गर्ने त यो दुनियाँमा धेरै नै छन

                        मुक्तक
१. मौसम चिसो छ पिउनलाई रहर त कति थियो कति ।
तिमी संगै हरेक पल जिउनलाई रहर त कती थियो कति।
भने जस्तो सोचे जस्तो नहुदो रहेछ यो जिन्दगीमा प्रिय
दुईवटै मुटु एउटै गरि सिउनलाई रहर त कति थियो कति।

२.संसार देख्ने ती आखाले मलाई पनि हेर्नू पर्छ है।
मायाको पछेउरी ले अंगालोमा सधै बेर्नु पर्छ है।
मैले तिमी लाई माया गरेको भन्ने बुझ्दैनौ भने त
विकल्पमा हाम्रै जिबन कहानी यहाँ केर्नु पर्छ है ।

३.साथ दिने छु हरेक पल तिमिलाई सास रहेसम्म।
निभाउने छु आफ्नो जिम्मेवारी केही आस रहेसम्म ।
अरुको आलोचना गर्ने त यो दुनियाँमा धेरै नै छन
केही हुदैन सम्बन्धमा एकअर्कामा बिस्वास रहेसम्म।
       
                           सबिता खत्री (शान्ति )
                          ताराखोला गा.पा ३ बाग्लुङ

Wednesday, February 10, 2021

नागरिकसँग नगरप्रमुख कार्यक्रम अन्तर्गत नगरप्रमुख गैरे रिघामा

गलकाेट, २८ माघ
ईश्वर सुवेदी 
गलकोट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका नागरिकहरु नगर सदरमुकाम तथा जनप्रतिनिधिसगं सम्पर्कमा आउन नसक्दा पछाडी परेको समुदायस्तरमा भेटघाट कार्यक्रम संचालन गरिरहेको छ । यसै वीच आज गलकोट नगरपालिका वडा नम्वर ११ को किम्ले प्राथमिक विद्यालयमा अनुगमन गर्नुभएको छ । संघिय संरचना अनत्रगर्तका सरकारको अनुगमन समेत पर्न नसक्दा अझेलमा परेको किम्ले प्राथमिक बिद्यालयको आज गलकोृट नगरपालिकाका नगर प्रमखु गैरेले अनुगनम गर्नुभएको हो । । 
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा लगायतको टोलिले विद्यालयको निरीक्षण तथा शैक्षिक व्यवस्थापनको अनुगमन गर्नुभएको थियो । विद्यालयको अनुगमन पश्चात गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले विद्यालयको भौतिक पुर्वाधारको लागि नगरले विशेष सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । 
उहाँले भौतिक संरचनाको ब्यबस्थापन नहुदाँ शिक्षणशिकाई क्रियाकलाप प्रभाकारी नुहने भएको बताउदैं बिद्यालयको पुर्वाधार् बिकासमा नगरपालिकाकाले बिशेष सहयोग गर्ने बताउनुभयो । 
 गलकोट नगरपालिकाले चालु आर्थिक वर्षमा विद्यालयको भवन मर्मतको लागि ३ लाख रुपैया विनियोजन गरेको छ । करिब २५ जना विद्यार्थि र ३ जना शिक्षक दरवन्दिमा रहेको बिद्यालयलाई उत्कृष्ट बिद्यालय बनाउन बिद्यालयका शिक्षकलाई नगर उपप्रमुख रेनुका काउचाले  आग्रह गर्नुभयो  वताउनुभयो । सो अबसरमा बिद्यालयको भौतिक संरचना ममर्तको लागी नगरप्रमुख गैरेलाई मागपत्र समेत प्रदान गरिएको थियो ।  
त्यस्तै नगरप्रमुख सहितको टोलिले गलकोट नगरपालिका वडा नम्वर ११ को खेरादिमा नयाँ निर्मीत मोटरवाटोको अवलोकन गर्नुभएको थियो । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्थानिय संग छलफल कार्यक्रममा नागरिकहरुसँग प्रत्यक्ष रुपमा भेटघाट एवम् नागरिकहरुको समस्या र समाधानको लागि आफु र आफ्नो स्थानिय सरकारले गर्न सक्ने र गर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।