Saturday, February 20, 2021

घुम्टे बचत तथा श्रृण सहकारी संस्था लि.काे ११ अौं साधारणसभा सम्पन्न , पत्रकार छन्त्याल सम्मानित

सुरेश छन्त्याल/ गलकाेट
फागुन,८ शनिबार 

घुम्टे बचत तथा श्रृण सहकारी संस्था लि. गलकाेट नगरपालिका १० पाण्डबखानी बागलुङको ११ अौं साधारणसभा सम्पन्न भएको छ।सहकारीका अध्यक्ष चन्द्रा कुमारी श्रीसकाे सभापतित्याे संस्थापक अध्यक्ष दिलमाया श्रीसकाे प्रमुख आथितियतामा भएको कार्यक्रममा जेष्ठ नागरिकफ , एकल महिला, अपांग शेयर सदस्य, अशल श्रृणी, १०+२ का विद्यार्थी लाई सम्मान, पाण्डबखानीदेखि विभिन्न संचार माध्यमबाट विभिन्न गतिविधि संगै समाचार सम्प्रेषण गरेकाे र अझै प्रगतिकाे कामना गर्दै पत्रकार सुरेश छन्त्याल लाई डाहिरी र कलम मार्फत सम्मान गरिएको थियाे। सहकारीका काेषाअध्यक्ष तेजकुमारी पुनकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमकाे संचालन सचिव कर्ण कुमारी काउचाले गर्नु भएको थियाे। कार्यक्रममा अध्यक्ष चन्द्रा कुमारी श्रीसले अध्यक्ष प्रतिवेदन, सशिराम काउचाले लेखा प्रतिवेदन, गिरिप्रसाद थापाले आर्थिक बर्षकाे आय-व्याय प्रस्तुत गर्नु भएको थियाे । ५३३ शेयर सदस्य, ८४७ बाल तथा बचतकर्ता रहेकाे सहकारी २०५४ मा स्थापना भएको थियाे। 

No comments:

Post a Comment