पाण्डबखानीमा मगर दिवस सम्पन्न, लखन थापाले देखाएको बाटोमा लाग्नुपर्ने जोड् ।
सुरेश छन्त्याल
फागुन, १५ शनिवार
सम्पुर्ण मगरहरु एक जुद हौं भन्ने नाराका साथ ३९ औं राष्ट्रिय मगर दिवस तथा १४४ औंं प्रथम लखन थापा मगर स्मृति दिवस आज गलकोट नगरपालिका १० पाण्डबखानीमा सम्पन्न भएको छ । नेपाल मगर संघ गलकोट नगरपालिका कार्य समिति बागलुङको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका सविभान सभा संसद नरबहादुर पुन निरजले मगर जातिहरुको हक र अधिारका लागि सधै एक जुट भएर जानुपर्ने बताउदै उहाँले प्रथम सहित लखन थापाले देखाएको बाटोमा सधै लाग्नुपर्ने कुरामा जोड् दिनुभएको थियो । कार्यक्रममा गलकोट नगरपालिका १० का वडा अध्यक्ष तिलक घर्ति, गलकोट नगरपालिका ११ का वडा अध्यक्ष डम्मर श्रीस, नेपाल मगर बौद्घ समाज प्रदेश समितिका केन्द्रिय सदस्य ललित श्रीस, पाण्डबखानी माविका व्यस्थापन समितिका अध्यक्ष मानसिह छन्त्याल, राष्ट्रिय मगर संघका पूर्व केन्द्रिय सदस्य याम श्रीस लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रमा बागलुङ जिल्लाकै प्रचलित घाटु नाच, सोरठी, यानीमाया तथा विभिन्न वडाबाट अँएका कलाकार तथा स्थानीयले साँस्कृतिक प्रस्तुति देखाएका थिए । कार्यक्रम स्थल देखि सुरु भएको र्याली लेङ्गुरेे, बाइगाउ, बगर, गैराभाटी, काफे हुदै कार्यक्रम स्थलमै आएर कोण सभामा परिणत भएको थियो भने नेपाल मगर संघ गलकोट नगर कार्य समितिका अध्यक्ष विष्णु रानाको अध्यक्षता उपाध्यक्ष कौशिला घर्तिको स्वागत सचिव योगेश भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
No comments:
Post a Comment