गलकाेट, २८ माघ
ईश्वर सुवेदी
गलकोट नगरपालिकाले आफ्नो नगर क्षेत्र भित्रका नागरिकहरु नगर सदरमुकाम तथा जनप्रतिनिधिसगं सम्पर्कमा आउन नसक्दा पछाडी परेको समुदायस्तरमा भेटघाट कार्यक्रम संचालन गरिरहेको छ । यसै वीच आज गलकोट नगरपालिका वडा नम्वर ११ को किम्ले प्राथमिक विद्यालयमा अनुगमन गर्नुभएको छ । संघिय संरचना अनत्रगर्तका सरकारको अनुगमन समेत पर्न नसक्दा अझेलमा परेको किम्ले प्राथमिक बिद्यालयको आज गलकोृट नगरपालिकाका नगर प्रमखु गैरेले अनुगनम गर्नुभएको हो । ।
गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा लगायतको टोलिले विद्यालयको निरीक्षण तथा शैक्षिक व्यवस्थापनको अनुगमन गर्नुभएको थियो । विद्यालयको अनुगमन पश्चात गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले विद्यालयको भौतिक पुर्वाधारको लागि नगरले विशेष सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो ।
उहाँले भौतिक संरचनाको ब्यबस्थापन नहुदाँ शिक्षणशिकाई क्रियाकलाप प्रभाकारी नुहने भएको बताउदैं बिद्यालयको पुर्वाधार् बिकासमा नगरपालिकाकाले बिशेष सहयोग गर्ने बताउनुभयो ।
गलकोट नगरपालिकाले चालु आर्थिक वर्षमा विद्यालयको भवन मर्मतको लागि ३ लाख रुपैया विनियोजन गरेको छ । करिब २५ जना विद्यार्थि र ३ जना शिक्षक दरवन्दिमा रहेको बिद्यालयलाई उत्कृष्ट बिद्यालय बनाउन बिद्यालयका शिक्षकलाई नगर उपप्रमुख रेनुका काउचाले आग्रह गर्नुभयो वताउनुभयो । सो अबसरमा बिद्यालयको भौतिक संरचना ममर्तको लागी नगरप्रमुख गैरेलाई मागपत्र समेत प्रदान गरिएको थियो ।
त्यस्तै नगरप्रमुख सहितको टोलिले गलकोट नगरपालिका वडा नम्वर ११ को खेरादिमा नयाँ निर्मीत मोटरवाटोको अवलोकन गर्नुभएको थियो । गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले स्थानिय संग छलफल कार्यक्रममा नागरिकहरुसँग प्रत्यक्ष रुपमा भेटघाट एवम् नागरिकहरुको समस्या र समाधानको लागि आफु र आफ्नो स्थानिय सरकारले गर्न सक्ने र गर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
No comments:
Post a Comment