Saturday, February 20, 2021

ताराखाेला गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न।

खगेन्द्र विश्वकर्मा, फागुन ८ शनिबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) ताराखाेला गाउँपालिका) अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । प्रमुख अतिथि गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले कार्यकर्ता प्रशिक्षण गर्नुभएको छ । उहाले विभिन्न अाधारहरुका कारण नेकपा सस्थापन यहीँ पार्टी हाे वा वलि पक्षदर हाे भन्नुभएको छ । महाधिवेशनले बनाएकाे अध्यक्ष बैधानिक हाे । पार्टीकाे संसद विगठन संबैधानिक छ यसका अाधारहरु छन यी अाधारहरुले विगठन गरेकाेले बैधानिक छ । जसलाई सर्बोच्चले न्याय दिन्छ । पार्टीले प्रधानमन्त्री समक्ष अविस्वासकाे प्रस्ताव लिनु नै दुर्घटनाको मिवाे भएकाे बताउनु भयाे ।प्रचण्डलाई अस्थिरता बनाउने उस्काउने प्रवृत्तिकाे असर हाे । हामिले बैधानिक पार्टीमा अाउनुस भनेका छाै यदि नअाएमा उहाहरुले दल दर्ता गर्नुपर्छ भन्नुभएको छ । अध्यक्ष दावि गर्नेहरुले महाधिवेशन कुर्न नसक्नु धैर्यता कायर भएकाे र अधिवेशनले बनाएकाे अध्यक्ष र प्रधानमन्त्रीलाई पार्टीकाे केन्द्रीय सदस्य बहुमत छ भन्नू नियम शब्द नभएको बताउनु भयाे । उहाले ताराखाेलाकाे विषयलाई संबाेधन गर्दै यहाकाे अालु,भाँगाे, च्याउ, कृषि ,सडक,शिक्षा,स्वास्थलाई गण्डकी प्रदेश सरकार र केन्द्रीय सरकारले विकास गर्न कुनै कदमबाट पनि अगाडि बढाउने प्रतिवद्दता दिनु भएकाे छ । यसै कार्यक्रम नेकपा ताराखाेला गापा अध्यक्ष एवम कार्यक्रम अध्यक्ष दिवश खत्रीले अब हामी कुनै हिसंात्मक गतिविधि नगर्ने र विकास र सम्वृदिमा लाने अभियानमा समर्पण गर्ने कुरा बताउनु भयाे । पार्टी गुटकाे सर्दर्भका खत्रीले हाम्रो वैधानिक पार्टी भएकाे र सस्थापनकाे सदस्यहरु अलमलमा नरहेकाे बताउनु भयाे । खत्रीले ताराखाेलाकाे विकासकाे लागि विभिन्न प्रस्ताव तथा कागजात माथि प्रदेश सरकार तथा संघिय सरकारले उपयुक्त बजेट सदर गरिदिन प्रदेश अर्थमन्त्रीलाई प्रतिवद्दता जाहेर गर्नुभएको थियोे । भेलामा विशिष्ट अतिथि नेकपा केन्द्रीय सदस्य मनकुमारि केसी , केन्द्रीय सदस्य बानपा प्रमुख जनक पाैडेल, जिल्ला अध्यक्ष कृष्ण पाठक लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा ऋिषिराम राेका , अनेरा स्ववियु जिल्ला कमिति भावना खड्का , वडान १ का अध्यक्ष चन्द्रकुमार नाईसा, मुक्ति प्रसाद राेका, पुर्णबहादुर राेका, मनविर विक,पार्टी कार्यालय सदस्य मनबहादुर लामिछाने , लगाएकाे पदाअधिकारि र निकट संगठनका शिक्षक, बुद्धिजीवी,काे उपस्थिति थियोे ।ताराखाेला कार्यकर्ता भेलामा पुर्ण जनमुक्ति सेना कमान्ड राजेश घर्ती पनि उपस्थिति हुनुभएको थियोे । त्यसै गरि कांग्रेस कार्यकर्ता सम्म सहभागी थिए कांग्रेसका केही युवाहरु यश संम्वद पार्टीमा प्रेवेश गर्ने तयारि रहेकाे र छलफल अन्तिम चरणमा पुगेकाे अध्यक्ष दिवश खत्रीले बताएका छन् । कार्यक्रममा अपेक्षा भन्दाबढि उपस्थित भएकाे थिए ।हलमा न अताएर हल बाहिर समेट अावाजमा प्रशिक्षित कार्यक्रम अगाडि बढेकाे थियोे । याे उपस्थितिले थप हाैसला मिलेकाे समीक्षा भएकाे छ । कार्यक्रममा १० बर्षे जनयुद्धका सहिदकाे तस्बिर राखिएकाे काेठामा खचाखच उपस्थित गाउले परिवेशका अगुवा कार्यकर्ताकाे उपस्थितती र परिवेशले जनयुद्ध ताकाकै प्रशिक्षण जस्ताे अनुभत गराएकाे थियोे । ताराखाेलामा भेला तारा गाउकाे वडा कार्यालयमा गरिए थियाे । भेला कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष दिवस खत्रीकाे अध्यक्षता कार्यालय सदस्य मनबहादुर लामिछानेकाे स्वागत सचिव धनप्रसाद बुढाको संचालनमा कार्यक्रम सम्पन्न भएकाे थियोे ।कार्यक्रममा निकै अनुशासीत तथा भद्र थियोे जहाँ अप शव्द अाराेप प्रतिअाराेप थिएन्।

No comments:

Post a Comment