१. मौसम चिसो छ पिउनलाई रहर त कति थियो कति ।
तिमी संगै हरेक पल जिउनलाई रहर त कती थियो कति।
भने जस्तो सोचे जस्तो नहुदो रहेछ यो जिन्दगीमा प्रिय
दुईवटै मुटु एउटै गरि सिउनलाई रहर त कति थियो कति।
२.संसार देख्ने ती आखाले मलाई पनि हेर्नू पर्छ है।
मायाको पछेउरी ले अंगालोमा सधै बेर्नु पर्छ है।
मैले तिमी लाई माया गरेको भन्ने बुझ्दैनौ भने त
विकल्पमा हाम्रै जिबन कहानी यहाँ केर्नु पर्छ है ।
३.साथ दिने छु हरेक पल तिमिलाई सास रहेसम्म।
निभाउने छु आफ्नो जिम्मेवारी केही आस रहेसम्म ।
अरुको आलोचना गर्ने त यो दुनियाँमा धेरै नै छन
केही हुदैन सम्बन्धमा एकअर्कामा बिस्वास रहेसम्म।
सबिता खत्री (शान्ति )
ताराखोला गा.पा ३ बाग्लुङ
ताराखोला गा.पा ३ बाग्लुङ
No comments:
Post a Comment