फागुन,९ रिघा
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्वर ११ स्थित उदय वौद्ध विहारमा वागलुङ नगरपालिका स्थित ज्ञानोदय वौद्ध विहारका वौद्ध महिला संघ, ज्ञानोदय विहार व्यवस्थापन समिती लगायत वौद्ध धर्मावलम्वीहरु भ्रमण गरेका छन् ।
बौद्ध बिहार भ्रमणका लागि आएका वौद्ध धर्मावलम्विहरुलाई गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, उपप्रमुख रेनुका काउचा मगर, वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर वहादुर श्रीस, विहारका अध्यक्ष सेर वहादुर काउचा लगायतले स्वागत गर्नुभएको थियो ।
भ्रमणमा सहभागि वौद्ध धर्मावलम्विहरुको टोलिले उदय विहारमा ज्ञानमाला, भजन, वौद्ध पुजा, परियानशुुत्र लगायतका पुजा गरेको ज्ञानोद्धय वौद्ध विहार बागलुङका निवर्तमान अध्यक्ष सुनुमाया थापा मगरले जानकारी दिनुभयो । करिव ६० जनाको सङख्यामा बौद्ध बिहार पुगेका धर्मावलम्विहरुको भ्रमणले आन्तरिक पर्यटन पर्वद्धन सँगै धर्मप्रति सचेतना जगाउने काम भएको उदय बौद्ध विहार रिघाका अध्यक्ष सेर बहादुर काउचाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment