फागुन, ७ शुक्रबार
ब्राइट लोट्स एकेडेमीक स्कुल घुस्मेलीमा आज शुक्रवारे कार्यक्रम अन्तर्गत ४ देखि ७ कक्षा सम्म को कबडी प्रतियोगिता सम्पन्न भएको छ ।जसमा दुई समुहमा जम्मा जम्मी १८ जना विद्यार्थीको सहभागी रहेको थियो। एक समुहमा नौ जना हुनुहुन्थ्यो, जसमा समुह A प्रथम भएको छ । प्रथम हुनेमा दिपेश खत्री ,सन्दिप बस्नेत ,मधु बि.क एलिसा थापा ,रोहित गिरि ,देब खत्री ,बिबेक क्षेत्री ,एलिना थापा,सुबास थापा प्रथम हुनु भएको थियो कार्यक्रम शिक्षक फोम नाउसा र सागर कार्की को संचालन मा सम्पन्न भएको थियो। त्यस्तै नर्सरी देखि ३ कक्षा सम्म को भने सामुहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीको चाहाना लाई मध्यनजर गर्दै हरेक शुक्रवार कार्यक्रम गर्दै आएको र कार्यक्रम लाई निरन्तरता दिने शिक्षिका शान्ती खत्री (सबिता)ले बताउनु भयो। खत्री का अनुसार गत माघ २८ गते देखि ६ गते सम्म संचालन भएको परिक्षाको परिक्षाफल फाल्गुन १४ गते प्रकासन गर्ने समेत बताउनु भयो।
No comments:
Post a Comment