Tuesday, June 28, 2022

पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै...उपप्रमुख निउरे ।

पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै...उपप्रमुख निउरे । 

सुरेश छन्त्याल/ गलकाेट 

गलकाेट नगरपालिका १० पाण्डबखानीमा 
गरिबी निवारण लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ३ महिने ढाका कपडा बुनाई सीप विकास तालिम सम्पन्न भएको छ । 
गलकाेट नगरपालिका नगर कार्यपालिकाकाे आयाेजनामा भएको तालिममा २२ जना महिलाहरुकाे सहभागीता रहेकाे थियाे। तालिमकाे समापन कार्यक्रममामा गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेकाे प्रमुख आतिथियतामा भएको कार्यक्रममा बाेल्दै गलकाेट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले तालिममा लिएको सीप व्यापारमा लिन व्यवसायीक बन्न सिकेका सिप- सीपमा परिवर्तन गर्न आग्रह गर्दै नगरपालिकाकाे सधैब साथ र सहयोग रहने बद्धवद्धता गर्नु भएको थियाे, त्यस्तै नगरपालिका भित्र पाण्डबखानी वडा लाई नगरले छुट्टै नजरले हेरेका छाै र पाण्डबखानीकाे समस्यालाई छिट्टै समाधानबाट मुक्त गर्ने घाेषणा गर्नु भयाे । त्यस्तै तालिममा उद्यमी महिलाहरुले नगर प्रमुख निउरेलाइ मागपत्र समेत हस्तान्तरण गरेका थिए । तालिमकाे सहज तालिम सहजकर्ता भावना पुनले गर्नु भएको थियाे। कार्यक्रममा गलकाेट नगरपालिका १० का वडा अध्यक्ष भक्तबहादुर काउचाकाे अध्यक्षता र लघु उद्यम विकास गलकाेटका सहजकर्ता गुलाब बादीकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियाे।

Monday, June 27, 2022

पहिलोपटक रमुवा पुगि एकीकृत सम्पति तथा भुमिकर संकलन ।

पहिलोपटक रमुवा पुगि एकीकृत सम्पति तथा भुमिकर संकलन । 
सुरेश छन्त्याल/गलकाेट 

गलकाेट नगरपालिका वार्ड नम्बर १० पाण्डबखानी अन्तर्गत रमुवा गाउँमा पुगि पहिलोपटक एकीकृत सम्पति तथा भुमिकर संकलन कार्य सम्पन्न भएको छ। 
गलकाेट नगरपालिकाे सबैभन्दा टाढा रहेकाे पाण्डवखानीकाे रमुवामा  गलकाेट नगरपालिका वडा नं १० का वडा सदस्य कुमार पुनकाे पहलमा वडा सचिव ठाकुर तिमिल्सेनाकाे सहभागितामा संकलित एकीकृत सम्पति तथा भुमिकर संकलनमा कार्यमा सिङ्गाे गाउँनै सहभागी भइ सेवा (लाभान्वित) लिएका थिए । 
यसैबीच पशु सेवा केन्द्र पाण्डवखानीका सेवा केन्द्रका प्रमुख शिव आचार्यले एफएमडी, पिपिआर र यचएसविक्यू खाेप सेवा संचालन मार्फत रमुवाकाे सिङ्गो गाउँ नै लाभान्वित हुने गरि सेवा प्रदान गर्नुभएको थियाे। यसरी हाम्रो घरदैलोमा आएर सेवा प्रदान गर्नु भएकोमा धन्यवाद दिदै सेवा लिन पाउदा सिङ्गो गाउँनै खुसि भएका छा‌ै स्थानीय उदिप घर्तिले बताउनु भयाे, त्यस्तै सेवा प्रदान गर्नु  हुने वडा कार्यालय, वडा सदस्य कुमार पुन, वडा सचिव ठाकुर तिमिल्सेना, र पाण्डवखानी पशु सेवा केन्द्रका प्रमुख शिव आचार्यलाई धन्यवाद समेत दिनु भएको थियाे । रमुवामा स्थानीय लाइनकाे समस्या हुदा प्रशासनिक काम गर्न धेरै असजिलो भएको र रमुवामा केन्द्रीय लाइनकाे तार थर्याउने काम संगै पछिल्लो समयमा पगाउँमै इन्टरनेट जडान भएपछि आफुहरुलाइ काम गर्न निकै सहज भएको वडा सचिव ठाकुर तिमिल्सेनाले बताउनु भयाे।
सामान्य वडाकाे कुनै पनि सेवा लिन रमुवादेखि तल वडा कार्यालय सम्म आउदा जादा समय लाग्ने र विशेषगरी माेटरबाटाे सुधार नहुदा यश गाउँका जनसमुदायलाई कठिनाइ भएको र स्वयम आफैले यस्ता समस्याहरु झेल्नुपरेको भन्दै अब वडाका रहेक काम रमुवामै पुगेर सेवा प्रदान गर्ने र त्यहि अनुसारकाे वातावरण मिलाउनु पर्ने भएको वडा सदस्य कुमार पुनले जानकारी दिनुभएकाे छ ।

Monday, June 20, 2022

पाण्डबखानीकाे रमुवामा स्यालकाे आतंक

पाण्डबखानीकाे रमुवामा स्यालकाे आतंक
सुरेश छन्त्याल

गलकाेट नगरपालिका १० पाण्डबखानी रमुवामा करिव एक महिना अगाडि देखि स्यालकाे विगविगी बढेको छ ।
स्यालले दिनमा एक घरबाट १३ ओटा कुखुरा, चल्ला खाइदिने गरेकाे छ। पछिल्लो क्रममा झन दिनानाैदिन सक्रियरुपमा घरमा मानिस नभएको समयमा र रातकाे समयमा आएर खान थाले पछि त्यस गाउँका मानिसहरु निरास भएका छन् स्याल कुकुर जस्ताे जनावर भएकोले हुनाले घरमा रहेकाे कुकुरले केही गर्न नसकेपछि स्याल दिनप्रतिदिन प्रत्येक घर-घरमा पुगि कुखुराहहरु नष्ट गरेकाे स्थानीय उदिम घर्तीले जानकारी गराउनु भयाे ।
त्यस्तै दिनप्रतिदिन हावाहुरी सहित वर्षा हुदा कृषकहरुले लगाएकाे मकै संगै बारीमा लगाएकाे खेति भर्खरै केही उम्रिन र केहि खान लायक भएको तरकारी नष्ट हुदा यस क्षेत्रका मानिसहरु दुखित भएका छन् । गत वर्ष लामाे समय सम्म पानी नपरेपछि पानी पार्ने पुजा गरियाे , याे वर्ष छिट्टै वर्खा लाग्याे स्थानीय एक  कृषकले बताए हामिले दुख गरि लगाएकाे खेती यसरीनै हावाहुरीले नष्ट गर्दै जाने हाे भने हामिले किन खेति गर्नेपर्याे भन्दै यसमा कृषि प्राविधिकले पनि हामीलाई केही राहत संग‌ै कृषक सम्बन्धि जानकारी गराउन आग्रह गर्दै स्थानीय कृषक भिमा घर्तिले जानकारी गराउनु भयाे ।

Saturday, June 18, 2022

गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत ।

गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत ।
सुरेश छन्त्याल/गलकाेट

सुनाैलाे गलकाेट बाल संजाल भन्ने मुल नाराका साथ
गलकाेट नगरपालिका स्तरीय बालमैत्री कार्यक्रम अन्तर्गत आज गलकाेट नगरपालिकाकाे कार्यलयमा सम्पन्न भएको कार्यक्रममा बालविवाह अन्त्य गर्ने, फाेहाेर व्यवस्थापन गर्ने, बैठककाे समीक्षा, बाल भेला गरि विभिन्न विषयमा भागकाे प्रस्ताव, नगर स्तरीय भवन, तालिम,  र काेष व्यवस्थापन गर्ने लगाएत विषयमा छलफल तथा प्रस्ताव गरिएको थियाे । 

त्यस्तै बाल मैत्री बागलुङ जिल्ला अध्यक्षमा निर्वाचित राेशन परिवारलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियाे। कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले अब गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत रहेकाे भन्दै काेराेना तथा विविध कारणवस बालमैत्री सम्बन्धित कार्यक्रम राेकिएकाे र अब नियमित कार्यक्रमलाई अगाडि बढाएर लैजाने र पूरा नभएका सुचुकहरु पूरा गरि दिगाे बालमैत्री घाेषणा गर्ने र बाल अधिकार नागरिक अधिकार भित्र रहेकाे बताउनु भयाे, त्यस्तै गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्माले बालमैत्रीले नगरपालिकामा ठुलाे उपलब्धि गरेकाे बताउद‌ै विद्यार्थी जिवनदेखि धेरै कुराहरुकाे अनुभव रहेकाे धारणा व्यक्त गर्नु भएको थियाे। 
कार्यक्रम बालमैत्री नगरस्तरीय अध्यक्ष मदन परिवारकाे अध्यक्षतामा भएको कार्यक्रममा गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्माकाे प्रमुख आथितियता गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्मा, गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि.क, प्रत्येक वडाका बालमैत्रीका सहजकर्ता, प्रत्येक वडाका बालमैत्रीका अध्यक्ष, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन नगर स्तरीय बालमैत्रीका सह सचिव प्रेम दर्जिले गर्नु भएको थियाे, त्यस्तै आजै प्रत्येक वडाका बालमैत्रीका सहजकर्ताहरुकाे नियमित भेला पनि सम्पन्न भएको छ ।




Friday, June 17, 2022

पाण्डबखानी स्वास्थ चाैकीलाइ नगरपालिकाद्धारा ल्याब उपलब्ध ।

पाण्डबखानी स्वास्थ चाैकीलाइ नगरपालिकाद्धारा ल्याब उपलब्ध ।
सुरेश छन्त्याल/पाण्डबखानी 

स्थानीय श्राेतकाे उपभाेग, स्वामित्व र सहभागीता पुर्ण खाेप सुनिश्चितता हाम्रो प्रतिवद्धता, पुर्ण खाेप सुरक्षित भविष्य वडा स्तरीय खाेप कार्यक्रमकाे समीक्षा खाेप कार्यक्रमकाे सुदृढीकरण र पुर्ण खाेप घाेषणा तथा दिगाेपनाकाे याेजना तयारी बैठक सम्पन्न भएको छ। 
कार्यक्रममा पाण्डबखानी स्वास्थ्य चाैकीकी अनमि प्रतिमा पुनले खाेपकाे परिभाषा, खाेप भनेकाे के हाे, खाेप किन आवश्यक छ, खाेप किन महत्त्व छ र भ्याक्सिनकाे बारेमा प्रकाश पार्नु भएको थियाे । 
byc (ग्रामीण स्वास्थ सुधार परियाेना) बागलुङद्धारा पहुँचदेखि बाहिरबाट आउने दुई सुत्केरी र कुरुवालाई दुई बेड र विस्तरा उपलब्ध गराएकाे छ, त्यस्तै गलकाेट नगरपालिकाद्धारा एक ल्याब उपलब्ध गराएकाे छ । 

गलकाेट नगरकार्यपालिका सदस्य राम प्रसाद वि.कले नगरबाट पाउने प्रत्येक महिनाकाे रकम बापत प्रत्येक सुत्केरीहरुलाइ खर्चकाे व्यवस्था गर्ने घाेषणा गर्नु भयाे ।
कार्यक्रममा नव तथा निवर्तमान जनप्रतिनिधि, महिला स्वास्थ स्वयंसेवीका, शिक्षक, पत्रकार लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन स्वास्थ चाैकिकि प्रमुख रत्ना सुनारले गर्नेु भएको थियाे ।

Tuesday, June 14, 2022

रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने, रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट पुग्याे।

रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने, रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट पुग्याे।
सुरेश छन्त्याल/ गलकाेट


मिति २०७९ असार १ गते देखि मतदाता नामावलीमा नाम छुट्न गएका वा थप नयाँ उमेर पुगेका नेपाली नागरिकता प्रमाणपत्र लिएका नागरिकका लागि एक महिना भित्र मतदाता परिचयपत्र भर्न निर्वाचन आयाेगले जानकारी गराएकाे छ । उक्त अवसरमा गलकाेट नगरपालिका १० रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने नेपाली काग्रेसका क्षेत्र नं २ (क) बागलुङका सभापति तिलक घर्ती मगरले बताउनुभयो । यश भन्दा पहिला निर्वाचन आयाेग नियमअनुसार ५ सय भन्दा बढी मतदाता संख्या हुनुपर्नेमा राख्न नसकिरहेको समेत घर्तीले स्पष्ट पार्नुभयाे। हाल छुट्न गएका र नया थप गरि ५ सय भन्दा बढी हुने अनुमानका साथ जानकारी गराउनु भयाे ।
त्यस्तै रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट सेवा सुचारु गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ काे वडा कार्यलयबाट विनाेजित रु. तीन लाख बराबरको रकमले दुर्गम गाउँलाई ईन्टरनेट सेवा संग जाेड्ने लक्ष्यका साथ निवर्तमान वडा अध्यक्ष तिलक घर्तिकाे पहलमा पहिलो पटक ईन्टरनेट सेवा विस्तार भएको छ। गलकाेट जिलिङ्क प्रालिद्धारा रमुवामा पहिलोपटक ३२ घरमा इन्टरनेट जडान गरिएको गलकाेट जिलिङ्क प्रालिका संचालक प्रमुख डम्बर बहादुर केसिले जानकारी गराउनु भयाे । ईन्टरनेट पुग्दा स्थानियबासी खुसी भएका छन् भने ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन यश अघि टेलिकमले टूजी र थ्रीजी संगै 4 जि पनि सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयाे ।
पहिले मोबाइल सेवा नहुँदा दुख पाएका नागरिकले टेलिकमको टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ। टावर निर्माण सँगै त्यस क्षेत्रको प्रचार प्रसार र सूचना आदान प्रदानको निमित्त थप सहज भएको स्थानियले बताएका छन्।

Sunday, June 12, 2022

पार्टीकाे निर्णय विपरीत कार्य गरेका ३ जिम्मेवारी व्यक्ति कार्वाहीकाे सुचीमा

पार्टीकाे निर्णय विपरीत कार्य गरेका ३ जिम्मेवारी व्यक्ति कार्वाहीकाे सुचीमा

नेपाली कांग्रेस बडिगाड गाउँपालिका १ काे बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयमा सम्पन्न भएको बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पार्टीकाे निर्णय बिपरित किर्याकलाप गर्ने ३ जनालाई कार्बाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएकाे छ। कार्बाहीकाे सुचीमा परेका  बडिगाड १ कार्यसमितिका सचिव टोमे गिरी, क्रियासिल सदस्य निर्मल सलामी, र क्रियासिल सदस्य हिरा बहादुर बुढाठोकी रहेका छन ।
उक्त कार्यक्रमकाे अध्यक्षता बडिगाड गाउँपालिमा १ कार्यसमितिका सभापति राम प्रसाद सिंजालीकाे सभापतित्याे नेपाली काग्रेस बागलुङ निर्वाचन क्षेत्र न. २ प्रदेश (क) का सहसचिव राजु थापाकाे प्रमुख आतिथियतामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका बागलुङ निर्वाचन क्षेत्र न. २ प्रदेश (क) का सहसचिव राजु थापाले नेपाली काग्रेस पार्टी लाेकतान्त्रिक पक्षमा विश्वास गर्ने पार्टी भएकाे र पार्टी भित्र रहेर यस्ता कार्य गर्ने जुनसुकै पदमा बसेर पार्टीको नियम विपरीत काम गर्ने व्यक्तिलाई पार्टीले कार्वाही गर्नु पर्छ भन्ने कुरा व्यक्त गर्नु भएको थियाे।
भने कार्यक्रमकाे संचालन बडिगाड गाउँपालिका १  कार्यसमितिका सह-सचिव पनराम घर्तिले गर्नुभएको थियो।

सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।

सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।
सुरेश छन्त्याल/ पाण्डबखानी

गलकाेट नगरपालिका १० अन्तरर्गत सुनपानी देखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग निर्माणका लागि सर्वे गरिएको छ। गलकाेट नगरपालिकाबाट प्रधानमन्त्री स्वराेजगार अन्तर्गत रु ५ लाख बजेटबाट सुनपानीदेखि घुम्टे लेकसम्म जाने पदमार्ग मध्ये आज गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सचिव ठाकुर तिमिल्सिना, सव इन्जिनियर पवन वली, टाेल विकास संस्था सुनपानीका अध्यक्ष गंगा घर्ती पुन, टाेल विकास संस्था सुनपानीका उपाध्यक्ष खगप्रसाद घर्ति, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्ती, पत्रकार सुरेश छन्त्यालकाे टाेलिले ७ सय मिटर बाटाे सर्वे गरेका थिए ।प्रत्येक वर्ष वैशाखे पुर्णिामामा मेला लाग्ने र घुम्टे चढ्नका लागि छिमेकी वडा रिघा, सिसाखानी, जलजला, रणसिंहकिटेनी लगाएत पाण्डबखानीका जनसमुदाय प्राय यहि बाटाेदेखि घुम्टे लेक चढ्ने भएको हुनाले पदमार्गलाइ विशेष प्राथमिकताका साथ सर्वे गरिएको छ। 

Wednesday, June 8, 2022

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।
सुरेश छन्त्याल/ गलकाेट


बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा चट्याङ लाग्दा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएकाे छ। 
स्थानीय लालबहादुर श्रीसकाे जानकारी अनुसार करिव दिउसो साडे ४ बजे घरमा परिवार संग बसेकाे अवस्थामा चट्याङ लाग्दा ७० वर्षिय श्रीसकाे मृत्यु भएको हाे । ५ जना परिवार बसिरहेकाे अवस्थामा एक्कासी चट्याङ लाग्दा श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएको छ।
त्यस्तै २९ वर्षिय उनका कान्छा छाेरा भुवाल श्रीसलाई पनि चट्याङ लागेकाे र करिव २० मिनेटपछि उनी सामान्य अवस्थामा आएकाे पुर्व गाविस अध्यक्ष दिलबहादुर पुनले जानकारी दिनु भयाे। थप जानकारी आउन बाकि रहेकाे स्थानीयले बताउँछन् ।








Monday, June 6, 2022

पाण्डबखानी समाज काठमाडौले गर्याे भेटघाट ।

पाण्डबखानी समाज काठमाडौले गर्याे भेटघाट
सुरेश छन्त्याल/ गलकाेट


काेराेनाकाे कारण लामाे समय सम्म भेटघाट तथा कुनै पनि कार्यक्रम हुन नपाउदा अहिले जेठ २० काे अवसर पारेर पाण्डबखानी समाज काठमाडौको आयाेजनामा भएको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा टेकु सरुवा रोगका विशेषज्ञ डा. सेर ब पुन, र डा.दिपक काउचा, डा. लाल कुमार पुन, त्यसै पाण्डबखानी रमुवा घर भै हाल नेपाली सेनामा सेवारत कर्नेल पदम बुढा, कलाकार दिलु सलामी र ज्ञानु राना लगाएत पाण्डबखानी देखी काठमाडौमा बसेर विभिन्न पेसामा आबद्ध हुनु भएका पाण्डवखानीको नाम उच्च स्थानमा राख्न सफल ब्याक्तित्वहरुलाइ सम्मान तथा बधाई कार्यक्रम संगै गाउँकाे परम्परा चलन अनुसार समाजिक कार्यमा प्रयाेग गर्न काेषमा जम्मा गरिएको पाण्डबखानी समाज काठमाडौका अध्यक्ष शेरबहादुर पुनले जानकारी दिनुभयाे त्यस्तै परम्परागत चलिरहेको सरस्वती पुजा पनि गरिएको थियाे। पाण्डबखानी समाज काठमाडौंले विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

उत्प्रेरणात्मक कार्यशाला कार्यक्रम सम्पन्न ।

उत्प्रेरणात्मक कार्यशाला कार्यक्रम सम्पन्न ।
सुरेश छन्त्याल/ गलकाेट

सुसंस्कृत समाज निर्माणमा नागरिक सचेतना आजकाे आवश्यकता भन्ने नाराका साथ आज गलकाेट नगरपालिका १० पाण्डबखानीमा उत्प्रेरणात्मक कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। गलकाेट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयकाे आयाेजनामा भएको कार्यक्रममा
गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सदस्य कुमार पुनकाे अध्यक्षता संविधानसभाका  निवर्तमान संसद निरज पुनकाे प्रमख आतिथियतामा भएको कार्यक्रम विभिन्न दलका राजनीतिदलका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व वडा अध्यक्ष तथा नेपाली काग्रेस क्षेत्र नम्बर २(क) का प्रदेश सभापति तिलक घर्ती, शिक्षक, शिक्षिका, आमा समूह, विभिन्न संस्थाका कर्मचारी, पत्रकार, बाल मैत्री पाण्डबखानीका सहजकर्ता रामु शाहि, विद्यार्थी लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे सहजिकरण बरिस्ठ माेटिभेटर डाक्टर तारा जि र
प्रध्यापक संस्कृतिविद डाक्टर तुलसी प्रभासले आफ्नो घर- समाज कसरी परिवर्तन गर्ने, शिक्षक विद्यार्थी र अविभावक विचकाे सम्बन्ध कसरी राख्ने, महात्मा गान्धी, नेसनल मन्डेला, वराक आेभमाकाे उदाहरण सहित विविध विषयमा प्ररिक्षण गर्नु भएको थियाे भने कार्यक्रमकाे संचालन वडा सचिव ठाकुर तिमिल्सिनाले गर्नुभएको थियाे ।

Wednesday, June 1, 2022

गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा रमुवामा तार विस्तार ।

गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा रमुवामा तार विस्तार ।
सुरेश छन्त्याल/ पाण्डबखानी

गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत रमुवामा गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा १८ हजार मिटर बराबरकाे वाईफाइकाे तार विस्तार गरिएछ ।
 पाण्डबखानीमा करिव ७० सालदेखि सुरुवाटमा ४ जना व्यक्तिले जडान गरेका थिए ।पछिल्लो क्रममा विभिन्न संघसंस्था र व्यक्तिले जडान गरिसकेका छन् । पाण्डबखानीमा नेपाल टेलिकमको नमस्ते नेर्टवक भएता पनि राम्रो संग इन्टरनेट नचलेपनि गलकाेट जिलिङ्क डटकम प्रालिका संचालक प्रमुख डम्बरबहादुर केसी र सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का प्रबन्धक दिप घर्ती र केही व्यक्तिकाे सल्लाह अनुसार पाण्डबखानीमा वाईफाइकाे व्यवस्थापन गरेकाे गलकाेट जिलिङ डटकम प्रालिका संचालक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिनुभयाे। 
त्यस्तै इन्टरनेट नहुदा सुचना आदानप्रदान संगै विभिन्न सुचनाबाट बन्चित हुदा कहाँ के भयाे, भन्ने केही खबर नहुदा अन्धकार भएको जस्ताे अनुभव भएको र अहिले इन्टरनेट व्यवस्थित भए लगत्तै सुचना आदानप्रदान गर्न सहज भएकाे पत्रकार सुरेश छन्त्यालले जानकारी दिनुभयाे। 
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयबाट विनाेजित रु.३ लाखकाे बजेतबाट रमुवाकाे लागि तार विस्तार गरिएको र अहिले हाम्रो ग्राहक करिव १२५ जना रहेकाे साथै केन्द्रीय लाइन र  स्थानीय लाइन नभएको समयमा पनि ब्याकअपले काम गर्ने हुदा सहजरुपमा वाईफाइ प्रायाेग गर्न पाउने गलकाेट जिलिङ्क डटकम प्रालिले जनाएको छ।