नेपाली कांग्रेस बडिगाड गाउँपालिका १ काे बैठक सम्पन्न भएको छ । पार्टी कार्यालयमा सम्पन्न भएको बैठकले वैशाख ३० गते सम्पन्न भएको स्थानिय निर्वाचनमा पार्टीकाे निर्णय बिपरित किर्याकलाप गर्ने ३ जनालाई कार्बाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरिएकाे छ। कार्बाहीकाे सुचीमा परेका बडिगाड १ कार्यसमितिका सचिव टोमे गिरी, क्रियासिल सदस्य निर्मल सलामी, र क्रियासिल सदस्य हिरा बहादुर बुढाठोकी रहेका छन ।
उक्त कार्यक्रमकाे अध्यक्षता बडिगाड गाउँपालिमा १ कार्यसमितिका सभापति राम प्रसाद सिंजालीकाे सभापतित्याे नेपाली काग्रेस बागलुङ निर्वाचन क्षेत्र न. २ प्रदेश (क) का सहसचिव राजु थापाकाे प्रमुख आतिथियतामा भएको कार्यक्रममा प्रमुख अथिति समेत रहनु भएका बागलुङ निर्वाचन क्षेत्र न. २ प्रदेश (क) का सहसचिव राजु थापाले नेपाली काग्रेस पार्टी लाेकतान्त्रिक पक्षमा विश्वास गर्ने पार्टी भएकाे र पार्टी भित्र रहेर यस्ता कार्य गर्ने जुनसुकै पदमा बसेर पार्टीको नियम विपरीत काम गर्ने व्यक्तिलाई पार्टीले कार्वाही गर्नु पर्छ भन्ने कुरा व्यक्त गर्नु भएको थियाे।
भने कार्यक्रमकाे संचालन बडिगाड गाउँपालिका १ कार्यसमितिका सह-सचिव पनराम घर्तिले गर्नुभएको थियो।
No comments:
Post a Comment