Wednesday, June 8, 2022

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।

सिसाखानीमा चट्याङ लाग्दा एक पुरुषकाे निधन ।
सुरेश छन्त्याल/ गलकाेट


बागलुङको वडिगाड गाउँपालिका ३ सिसाखानीमा चट्याङ लाग्दा अन्दाजी ७० वर्षिय रामप्रसाद श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएकाे छ। 
स्थानीय लालबहादुर श्रीसकाे जानकारी अनुसार करिव दिउसो साडे ४ बजे घरमा परिवार संग बसेकाे अवस्थामा चट्याङ लाग्दा ७० वर्षिय श्रीसकाे मृत्यु भएको हाे । ५ जना परिवार बसिरहेकाे अवस्थामा एक्कासी चट्याङ लाग्दा श्रीसकाे मृत्यु भएको जानकारी प्राप्त भएको छ।
त्यस्तै २९ वर्षिय उनका कान्छा छाेरा भुवाल श्रीसलाई पनि चट्याङ लागेकाे र करिव २० मिनेटपछि उनी सामान्य अवस्थामा आएकाे पुर्व गाविस अध्यक्ष दिलबहादुर पुनले जानकारी दिनु भयाे। थप जानकारी आउन बाकि रहेकाे स्थानीयले बताउँछन् ।








No comments:

Post a Comment