Monday, June 6, 2022

पाण्डबखानी समाज काठमाडौले गर्याे भेटघाट ।

पाण्डबखानी समाज काठमाडौले गर्याे भेटघाट
सुरेश छन्त्याल/ गलकाेट


काेराेनाकाे कारण लामाे समय सम्म भेटघाट तथा कुनै पनि कार्यक्रम हुन नपाउदा अहिले जेठ २० काे अवसर पारेर पाण्डबखानी समाज काठमाडौको आयाेजनामा भएको भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा टेकु सरुवा रोगका विशेषज्ञ डा. सेर ब पुन, र डा.दिपक काउचा, डा. लाल कुमार पुन, त्यसै पाण्डबखानी रमुवा घर भै हाल नेपाली सेनामा सेवारत कर्नेल पदम बुढा, कलाकार दिलु सलामी र ज्ञानु राना लगाएत पाण्डबखानी देखी काठमाडौमा बसेर विभिन्न पेसामा आबद्ध हुनु भएका पाण्डवखानीको नाम उच्च स्थानमा राख्न सफल ब्याक्तित्वहरुलाइ सम्मान तथा बधाई कार्यक्रम संगै गाउँकाे परम्परा चलन अनुसार समाजिक कार्यमा प्रयाेग गर्न काेषमा जम्मा गरिएको पाण्डबखानी समाज काठमाडौका अध्यक्ष शेरबहादुर पुनले जानकारी दिनुभयाे त्यस्तै परम्परागत चलिरहेको सरस्वती पुजा पनि गरिएको थियाे। पाण्डबखानी समाज काठमाडौंले विभिन्न समाजिक कार्यमा सहयोग गर्दै आइरहेको छ ।

No comments:

Post a Comment