सुनपानीदेखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग सर्वे ।
सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० अन्तरर्गत सुनपानी देखि प्रसिद्ध घुम्टे लेक चढ्ने पदमार्ग निर्माणका लागि सर्वे गरिएको छ। गलकाेट नगरपालिकाबाट प्रधानमन्त्री स्वराेजगार अन्तर्गत रु ५ लाख बजेटबाट सुनपानीदेखि घुम्टे लेकसम्म जाने पदमार्ग मध्ये आज गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सचिव ठाकुर तिमिल्सिना, सव इन्जिनियर पवन वली, टाेल विकास संस्था सुनपानीका अध्यक्ष गंगा घर्ती पुन, टाेल विकास संस्था सुनपानीका उपाध्यक्ष खगप्रसाद घर्ति, घुम्टे साँस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च पाण्डबखानीका सचिव दिप घर्ती, पत्रकार सुरेश छन्त्यालकाे टाेलिले ७ सय मिटर बाटाे सर्वे गरेका थिए ।प्रत्येक वर्ष वैशाखे पुर्णिामामा मेला लाग्ने र घुम्टे चढ्नका लागि छिमेकी वडा रिघा, सिसाखानी, जलजला, रणसिंहकिटेनी लगाएत पाण्डबखानीका जनसमुदाय प्राय यहि बाटाेदेखि घुम्टे लेक चढ्ने भएको हुनाले पदमार्गलाइ विशेष प्राथमिकताका साथ सर्वे गरिएको छ।
No comments:
Post a Comment