पाण्डबखानीकाे रमुवामा स्यालकाे आतंक
सुरेश छन्त्याल
गलकाेट नगरपालिका १० पाण्डबखानी रमुवामा करिव एक महिना अगाडि देखि स्यालकाे विगविगी बढेको छ ।
स्यालले दिनमा एक घरबाट १३ ओटा कुखुरा, चल्ला खाइदिने गरेकाे छ। पछिल्लो क्रममा झन दिनानाैदिन सक्रियरुपमा घरमा मानिस नभएको समयमा र रातकाे समयमा आएर खान थाले पछि त्यस गाउँका मानिसहरु निरास भएका छन् स्याल कुकुर जस्ताे जनावर भएकोले हुनाले घरमा रहेकाे कुकुरले केही गर्न नसकेपछि स्याल दिनप्रतिदिन प्रत्येक घर-घरमा पुगि कुखुराहहरु नष्ट गरेकाे स्थानीय उदिम घर्तीले जानकारी गराउनु भयाे ।
त्यस्तै दिनप्रतिदिन हावाहुरी सहित वर्षा हुदा कृषकहरुले लगाएकाे मकै संगै बारीमा लगाएकाे खेति भर्खरै केही उम्रिन र केहि खान लायक भएको तरकारी नष्ट हुदा यस क्षेत्रका मानिसहरु दुखित भएका छन् । गत वर्ष लामाे समय सम्म पानी नपरेपछि पानी पार्ने पुजा गरियाे , याे वर्ष छिट्टै वर्खा लाग्याे स्थानीय एक कृषकले बताए हामिले दुख गरि लगाएकाे खेती यसरीनै हावाहुरीले नष्ट गर्दै जाने हाे भने हामिले किन खेति गर्नेपर्याे भन्दै यसमा कृषि प्राविधिकले पनि हामीलाई केही राहत संगै कृषक सम्बन्धि जानकारी गराउन आग्रह गर्दै स्थानीय कृषक भिमा घर्तिले जानकारी गराउनु भयाे ।
No comments:
Post a Comment