Tuesday, June 14, 2022

रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने, रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट पुग्याे।

रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने, रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट पुग्याे।
सुरेश छन्त्याल/ गलकाेट


मिति २०७९ असार १ गते देखि मतदाता नामावलीमा नाम छुट्न गएका वा थप नयाँ उमेर पुगेका नेपाली नागरिकता प्रमाणपत्र लिएका नागरिकका लागि एक महिना भित्र मतदाता परिचयपत्र भर्न निर्वाचन आयाेगले जानकारी गराएकाे छ । उक्त अवसरमा गलकाेट नगरपालिका १० रमुवामा मतदान केन्द्र थप गर्नका लागि निर्वाचन आयाेगमा निवेदन गर्ने नेपाली काग्रेसका क्षेत्र नं २ (क) बागलुङका सभापति तिलक घर्ती मगरले बताउनुभयो । यश भन्दा पहिला निर्वाचन आयाेग नियमअनुसार ५ सय भन्दा बढी मतदाता संख्या हुनुपर्नेमा राख्न नसकिरहेको समेत घर्तीले स्पष्ट पार्नुभयाे। हाल छुट्न गएका र नया थप गरि ५ सय भन्दा बढी हुने अनुमानका साथ जानकारी गराउनु भयाे ।
त्यस्तै रमुवा गाउँमा पहिलोपटक ईन्टरनेट सेवा सुचारु गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ काे वडा कार्यलयबाट विनाेजित रु. तीन लाख बराबरको रकमले दुर्गम गाउँलाई ईन्टरनेट सेवा संग जाेड्ने लक्ष्यका साथ निवर्तमान वडा अध्यक्ष तिलक घर्तिकाे पहलमा पहिलो पटक ईन्टरनेट सेवा विस्तार भएको छ। गलकाेट जिलिङ्क प्रालिद्धारा रमुवामा पहिलोपटक ३२ घरमा इन्टरनेट जडान गरिएको गलकाेट जिलिङ्क प्रालिका संचालक प्रमुख डम्बर बहादुर केसिले जानकारी गराउनु भयाे । ईन्टरनेट पुग्दा स्थानियबासी खुसी भएका छन् भने ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन यश अघि टेलिकमले टूजी र थ्रीजी संगै 4 जि पनि सेवा विस्तार गरेको नेपाल टेलिकम बागलुङका प्रमुख एवं वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिनुभयाे ।
पहिले मोबाइल सेवा नहुँदा दुख पाएका नागरिकले टेलिकमको टुजी र थ्रिजी सेवा एकसाथ सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरिय डाटामार्फत इन्टरनेट चलाउन सहज भएको टेलिकमले जनाएको छ। टावर निर्माण सँगै त्यस क्षेत्रको प्रचार प्रसार र सूचना आदान प्रदानको निमित्त थप सहज भएको स्थानियले बताएका छन्।

No comments:

Post a Comment