सुरेश छन्त्याल/गलकाेट
सुनाैलाे गलकाेट बाल संजाल भन्ने मुल नाराका साथ
गलकाेट नगरपालिका स्तरीय बालमैत्री कार्यक्रम अन्तर्गत आज गलकाेट नगरपालिकाकाे कार्यलयमा सम्पन्न भएको कार्यक्रममा बालविवाह अन्त्य गर्ने, फाेहाेर व्यवस्थापन गर्ने, बैठककाे समीक्षा, बाल भेला गरि विभिन्न विषयमा भागकाे प्रस्ताव, नगर स्तरीय भवन, तालिम, र काेष व्यवस्थापन गर्ने लगाएत विषयमा छलफल तथा प्रस्ताव गरिएको थियाे ।
त्यस्तै बाल मैत्री बागलुङ जिल्ला अध्यक्षमा निर्वाचित राेशन परिवारलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको थियाे। कार्यक्रममा बाेल्दै प्रमुख अथिति समेत रहनु भएका गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले अब गलकाेट भित्र रहेकाे समाजमा बाल मैत्रीले ठुलाे परिवर्तन ल्याउने संकेत रहेकाे भन्दै काेराेना तथा विविध कारणवस बालमैत्री सम्बन्धित कार्यक्रम राेकिएकाे र अब नियमित कार्यक्रमलाई अगाडि बढाएर लैजाने र पूरा नभएका सुचुकहरु पूरा गरि दिगाे बालमैत्री घाेषणा गर्ने र बाल अधिकार नागरिक अधिकार भित्र रहेकाे बताउनु भयाे, त्यस्तै गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्माले बालमैत्रीले नगरपालिकामा ठुलाे उपलब्धि गरेकाे बताउदै विद्यार्थी जिवनदेखि धेरै कुराहरुकाे अनुभव रहेकाे धारणा व्यक्त गर्नु भएको थियाे।
कार्यक्रम बालमैत्री नगरस्तरीय अध्यक्ष मदन परिवारकाे अध्यक्षतामा भएको कार्यक्रममा गलकाेट नगरपालिकाका नगर प्रमुख भरत शर्माकाे प्रमुख आथितियता गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत हरिप्रसाद शर्मा, गलकाेट नगरपालिकाका प्रशासकीय अतिकृत तुलबहादुर वि.क, प्रत्येक वडाका बालमैत्रीका सहजकर्ता, प्रत्येक वडाका बालमैत्रीका अध्यक्ष, पत्रकार सुरेश छन्त्याल लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन नगर स्तरीय बालमैत्रीका सह सचिव प्रेम दर्जिले गर्नु भएको थियाे, त्यस्तै आजै प्रत्येक वडाका बालमैत्रीका सहजकर्ताहरुकाे नियमित भेला पनि सम्पन्न भएको छ ।
No comments:
Post a Comment