सुरेश छन्त्याल/ पाण्डबखानी
गलकाेट नगरपालिका १० पाण्डबखानी अन्तर्गत रमुवामा गलकाेट जिलिङ्क डटकम प्रालिद्धारा १८ हजार मिटर बराबरकाे वाईफाइकाे तार विस्तार गरिएछ ।
पाण्डबखानीमा करिव ७० सालदेखि सुरुवाटमा ४ जना व्यक्तिले जडान गरेका थिए ।पछिल्लो क्रममा विभिन्न संघसंस्था र व्यक्तिले जडान गरिसकेका छन् । पाण्डबखानीमा नेपाल टेलिकमको नमस्ते नेर्टवक भएता पनि राम्रो संग इन्टरनेट नचलेपनि गलकाेट जिलिङ्क डटकम प्रालिका संचालक प्रमुख डम्बरबहादुर केसी र सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि.का प्रबन्धक दिप घर्ती र केही व्यक्तिकाे सल्लाह अनुसार पाण्डबखानीमा वाईफाइकाे व्यवस्थापन गरेकाे गलकाेट जिलिङ डटकम प्रालिका संचालक प्रमुख डम्बरबहादुर केसीले जानकारी दिनुभयाे।
त्यस्तै इन्टरनेट नहुदा सुचना आदानप्रदान संगै विभिन्न सुचनाबाट बन्चित हुदा कहाँ के भयाे, भन्ने केही खबर नहुदा अन्धकार भएको जस्ताे अनुभव भएको र अहिले इन्टरनेट व्यवस्थित भए लगत्तै सुचना आदानप्रदान गर्न सहज भएकाे पत्रकार सुरेश छन्त्यालले जानकारी दिनुभयाे।
गलकाेट नगरपालिका १० पाण्डबखानीकाे वडा कार्यालयबाट विनाेजित रु.३ लाखकाे बजेतबाट रमुवाकाे लागि तार विस्तार गरिएको र अहिले हाम्रो ग्राहक करिव १२५ जना रहेकाे साथै केन्द्रीय लाइन र स्थानीय लाइन नभएको समयमा पनि ब्याकअपले काम गर्ने हुदा सहजरुपमा वाईफाइ प्रायाेग गर्न पाउने गलकाेट जिलिङ्क डटकम प्रालिले जनाएको छ।
No comments:
Post a Comment