पाण्डबखानीमा त्तीपाइले राेग निवारण सम्बन्धि १ दिने अभियान सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
फागुन ८-मंगलबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा हात्तीपाइले राेग निवारण सम्बन्धि १ दिने अभियान अाज पाण्डबखानी स्वास्थ्य चाैकीमा सम्पन्न भएको छ।स्वास्थ्य चाैकिका ईन्चार्ज अनिता कार्कीले हात्तीपाईले राेग भनेकाे के हाे कसरी र किन लाग्छ। याे राेगबाट बच्ने उपाय यसकाे परिचय र अाैषधी कस्तो व्याक्तिले प्रयाेग गर्ने लगाएतकाे जानकारी गराउनु भएको थियाे।पाण्डबखानी स्वास्थ्य चाैकिकाे अायाेजनामा भएको कार्यक्रममा गलकाेट नगरपालिका १०का अध्यक्ष तिलक घर्ती मगर,नगर समन्वय समितिका सदस्य गनेश शेरचन,वडा सदस्य धनबहादुर सुनार,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,पत्रकार सुरेश छन्त्याल,शिक्षक शिक्षिका,पशु सेवा केन्द्र पाण्डबखानीका प्राविधिक महेन्द्र खड्का,समाजसेवी लगाएको सहभागीता रहेकाे थियाे।हात्ती पाइले राेग लाग्न बाट अाफु बचाै र अरुलाइ पनि बचाहाैं भन्ने नारका साथ यहि महिनाकाे १२/१३/।१४ गतेकाे कार्यक्रममा सम्पूर्ण लाई सहभागी भैदिनु हुन ईन्चार्ज अनिता कार्कीले बताउनु भएको छ।
Tuesday, February 20, 2018
पाण्डबखानीमा हात्तीपाइले राेग निवारण सम्बन्धि १ दिने पाण्डबखानीमा त्तीपाइले राेग निवारण सम्बन्धि १ दिने अभियान सम्पन्न ।
Monday, February 19, 2018
दिपक के सी ले पहिलोपटक जापानबाट दुनियाँ हसाउने माया भिडियो सहित सार्वजनिक गरे
दिपक के सी ले पहिलोपटक जापानबाट दुनियाँ हसाउने माया भिडियो सहित सार्वजनिक गरे
मेघराज रिष्मेली
जापान
२०१८-०२-२०
रोजगारीको शिलशिलामा जापान छिरेका यवाहरुले लोक दोहोरी गीत बजारमा ल्याउने क्रम अहिले निकै बढेको पाइन्छ । यसै क्रममा बाग्लुङ जिल्ला गल्कोट नगरपालिका वार्ड ९ जन्म भई रोजगारीको लागि जापानको ओसाकालाई कर्मथलो गराउँदै आएका दिपक के सी ले दुनियाँ हसाउने माया बोलको गीत भर्खरै मात्र यु ट्युव मार्फत बजारमा सार्वजनिक गरेका छन ।
उक्त गीतमा दिपक के सी र बहु चर्चित लोक गायिका देबि घर्तीको स्वर गल्कोटे कलाकार ईश्वर सिंह को लय र दिपक के सी को शब्द रहेको छ भने यस गितमा सुरेश के सी र सितला अधिकारीको अभिनय रहेको छ ।
यश गितको छायांकन श्रीकान्त सिग्देलले गरेका छन भने यसको निर्देशन हस्त के सीले गरेका छन यश गीतलाई बल्याक फिल्म प्रोडक्सनले बजारमा पठाएको छ ।
हेर्नुहोस भिडियो
https://www.youtube.com/watch?v=VMH08PcJW1A
प्रजातन्त्र दिवशमै प्रजातन्त्र माविको बार्षिकोत्सव ‘जीवनोपयोगी सीपका लागि सिकाई महत्वपूर्ण’ सचिव खत्री
प्रजातन्त्र दिवशमै प्रजातन्त्र माविको बार्षिकोत्सव
‘जीवनोपयोगी सीपका लागि सिकाई महत्वपूर्ण’ सचिव खत्री
कृष्ण कडेल/ताराखाेला
बागलुङ फागुन ७
ताराखोला गाउँपालिका वडा नम्बर–१ माझखर्कमा रहेको प्रजातन्त्र माध्यमिक विदालयले प्रजतन्त्र दिवशकै अवसर पारेर आफ्नो ५६ औँ वार्षिकोत्सव मनाईएको छ ।
वार्षिकोत्सव उद्घाटन कार्यक्रममा बोल्दै सामुदायिक विद्यालय व्यवस्थापन महासंघ बागलुङका सचिव दिवश खत्री पदमले वालबालिकाको व्यवहारमा सकारात्मक परिवर्तन गर्दै जीवनोपयोगी सीप प्रदान गर्न विद्यालयमा हुने सिकाईको महत्वपूर्ण भुमिका रहने बताए । उनले व्यवहारिक, व्यवसायिक र रोजगारमूलक शिक्षाले मात्र बालबालिकालाई असल नागरिक बनाउन सकिने भन्दै यसतर्फ ध्यान दिन शिक्षकलाई आग्रह गरे । प्रधानाध्यापक, अभिभावक र विद्यालय व्यवस्थापन समितिले समेत विद्यालयको शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन आवश्यक उत्तरदायित्व पूरा गर्नुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष नन्दलाल गैरे, ताराखोला गाउँपालिका वडा नम्बर–१ वडा सदस्य खड्कबहादुर घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रधानाध्यापक भिमबहादुर रोकाले विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्र्रश्तुत गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा भएको सदनस्तरीय छात्र भलिवल प्रतियोगितामा लालिगुराँस सदन प्रथम र मखमली सदन द्वितिय भएका छन् । अभिभावक म्युजिकल चियर प्रतियोगितामा होमा रोका विजयी भईन् । प्रावि तहको हाँजिरजवाफ प्रतियोगितामा लालिगुराँस सदन प्रथम, गोदावरी सदन द्वितिय र मखमली सदन तृतिय भएका छन् ।
कार्यक्रमको अवसरमा स्वर्गीय पूर्णबहादुर रोका स्मृति अक्षयकोष, स्वर्गीय गंगाधर मनरुपा गैरै स्मृति अक्षयकोष र शिवलेकाली जीवन ज्योती युवा क्लवको तर्फबाट विद्यार्थीलाई छात्रवृत्ति रकमसहित पुरस्कृति गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार नाईसाको अध्यक्षता, शिक्षक बमबहादुर घर्तीको स्वागत र अर्का शिक्षक बलबहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको थियो ।
पाण्डबखानी अायाेडिन नुन सम्बन्धि १ दिने जनचेतना कार्यक्रम सम्पन्न।
पाण्डबखानी अायाेडिन नुन सम्बन्धि १ दिने जनचेतना कार्यक्रम सम्पन्न।
सुरेश छन्त्याल/पाण्डबखानी
फागुन-७/साेमबार
अायाे नुन खाआैं स्वस्थ रहाैं भन्ने नाराका साथ बागलुङको गलकाेट नगरपालिका १० पाण्डबखानीमा साल्ट ट्रेडिङ कपेरिशन लिमिटेड बागलुङको अायाेजनामा १ दिने जनचेतना कार्यक्रम सम्पन्न भएको छ।गलकाेट नगरपालिका १० पाण्डबखानीका अध्यक्ष तिलक घर्ती मगरकाे अध्यक्षतामा महिला व्यापि जनचेतना अभियानका साथ अाज पाण्डबखानीमा कार्यक्रम भएको हाे।कार्यक्रममा अायाे नुन के मा पाइन्छ,अायाेडिन कस्काे लागि वदि अावश्यक छ।भन्ने विषयमा साल्ट ट्रेडिङ कपेरिशन लिमिटेड बागलुङका प्रमुख मनाेज श्रेष्ठले प्रकाश पार्नु भएको थियाे।पाण्डबखानी स्वास्थ चाैकीका ईन्चार्ज अनिता कार्कीकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा गलकाेट नगरपालिका १० पाण्डबखानीका वडा सदस्य धनबहादुर सुनार,राधिका पुन,पत्रकार सुरेश छन्त्याल,समाजसेवी लालबहादुर वि.क,पृर्थ श्रीस विद्यार्थी,सुनाैला दिनका महिला लगाएतकाे सहभागीता रहेकाे कार्यक्रममा जना जनजाति जेनदार गरिव गरि २० जनालाइ अायाेडिन भएको व्याक र हजाराै दिनका २०जना महिलाहरुलाइ अायाेडिन नुन प्रदान गरिएको थियाे।
भने कार्यक्रमकाे संञ्चालन पाण्डबखानी स्वास्थ्य चाैकीका अहेब देविन्द्र गरेरीले गर्नु भएको
Wednesday, February 14, 2018
गुल्मीको फोक्सिङमा बागलुङे चेली सृष्टिको धमका
गुल्मीको फोक्सिङमा बागलुङे चेली सृष्टिको धमका
हिमालय साँस्कृतिक युवा समाज कालीगण्डकी गाउँपालिका फोक्सिङमाले महाशिवरात्रीको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा बागलुङे चेली पाण्डबखानीकी छाेरी सृष्टि पुनलले गुल्मेली हजारौँ दर्शकलाई झुमाएकी हुन् । उनले आफ्ना आधा दर्जन भन्दा बढी गीतमा त्यहाँका युवा युवती लगाएका मेला अवलोकन गर्न आएका दर्शकहरुलाई छमछमी नचाएकि हुन् । त्यस्तै हाँस्य कलाकार पुरुषोत्तम भन्डारी ‘पुर्खे’ बाले मेला भर्न आएका दर्शकहरुलाई पेट मिचीमिची हाँस्ने गराएका थिए ।त्यस्तै कार्यक्रममा लोक गायक गोविन्द श्रीस मगर र विरेन्द्र श्रेष्ठ लगाएतका कलकारहरुले पनि दर्शकहरुलाई मनोरंजन दिएका हुन् ।त्यस्तै क्लवका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सयौँँ सख्यामा पूजाआजा गर्न आएका भक्तजनहरु पनि नाचेर हासेर मनोरञ्जन लिएका थिए ।
Tuesday, February 13, 2018
नव प्रतिभाको २२ अाैं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न।अाफ्नाे घर परिवार सम्पन्न भए समाजनै सम्पन्न हुने र ईमानदार हुन्छ।
नव प्रतिभाको २२ अाैं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न।अाफ्नाे घर परिवार सम्पन्न भए समाजनै सम्पन्न हुने र ईमानदार हुन्छ।
सुरेश छन्त्याल/पाण्डबखनी
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा रहेकाे नव प्रतिभा सास्कृतिक साेरमनेकाे २२ अाैं वार्षिकोत्सब उट्घाटन संगै सम्पन्न भएको छ।क्लबका अध्यक्ष दानश काउचाकाे सभापत्तित्याे गलकाेट नगरपालिका उप प्रमुख रेनुका काउचा मगरकाे प्रमुख अाथितियतामा क्लबका संरक्षक ससिराम काउचाकाे स्वागत मन्त्वयबाट सुरू भएको कार्यक्रममा विभिन्न सास्कृतिक तथा विभिन्न प्रतियोगिता सम्पन्न भएको छ।जसमा खुल्ला महिला भलिबलमा प्रथम अायाेजक दाेस्राे ज्थाथर पाण्डबखानी खुल्ला पुरुष भलिबलमा प्रथम रुस्ति युवा क्लब हरिचाैर दाेस्राे एक्टिभ ग्रुप बाईगाउ पाण्डबखानी भएका थिए।भने कार्यक्रमकाे संचालन राजु काउचा र खिम काउचाले गर्नु भएको थियाे।पाण्डबखानीका राष्ट्रिय कलाकार नवीन राना मगर साथमा स्थानीय कलाकारहरुकाे विजाेर प्रस्तुति रहेकाे थियाे।
Monday, February 12, 2018
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाडकाे सम्पूर्णमा शुभकामना
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाडकाे सम्पूर्णमा शुभकामना
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको पि्रय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ।निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् ।
शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरणकालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ ।
पूजन वा शिवार्चनमा इशानमूर्तिलाई दूधले स्नान गराइन्छ । अघोरमूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेवमूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् त्यस्तै बागलुङ गलकाेट नगरपालिका १० मा रहेकाे शिवालय मन्दिरहरुमा पनि अाजैकै दिन शिवकाे पुजा अार्दना गरि रातभरि जागरम बस्ने परम्परा छ।रिपोर्टिङका:-सुरेश छन्त्याल दर्पण
गलकाेट नगरपालिका १०पाण्डबखानी,बागलुङ
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाडकाे सम्पूर्णमा शुभकामना
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाडकाे सम्पूर्णमा शुभकामना
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।
महाशिवरात्रीकाे सम्पूर्ण तयारी पूरा
महाशिवरात्रीकाे सम्पूर्ण तयारी पूरा
सुरेश छन्त्याल/पाण्डबखानी
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।त्यसैगरि बागलुङको नगलकाेट नगरपालिका १० पाण्डबखानी रहेकाे शिवालय मन्दिरमा पनि भाेलि हुने शिवरात्रिकाे अवसरमा गरिने पुजा अाजाकाे तयारी गरिएको छ।सुनापनी शिवालय मन्दिर ज्याथर शिवालय फुर्से र रमुवा शिव दुरीमा हुने पुजा अाजाकाे पुर्ण तयारी भएको बताएको छ।त्यस्तै भक्तजनहरुलाइ पुजा गर्न सहज हाेस् भनी सुनपानी शिवालय मन्दिरमा पुर्णा व्यवस्थापन गरिकाे व्यवस्थापन संयाेजक गंगा बहादुर घर्तीले जानकारी दिनु भएको छ।
Saturday, February 10, 2018
समाज परिवर्तन गर्न युवाहरुकाे भुमिका
समाज परिवर्तन गर्न युवाहरुकाे भुमिका
नमस्कार,
बागलुङ जिल्लाकाे सदरमुकामदेखि पश्चिम क्षेत्र १६ काेषमा पर्ने साविक पाण्डबखानी गाविस हाल गलकाेट नगरपालिका १० पाण्डबखानी यहाँ हामी सबै जात जाति बस्ने गाउँ पाँच पाण्डब अाएर खानी खनेकाे स्थान अनि जहाँ घाटु नाच,साेरठी,भैच साहिलाे,यानीमाया जस्ता साँस्कृतिक अनि मृर्ग घाेरल,डाफे जस्ता राष्ट्रिय जनावर पाइहिन्छ�।हाम्रो गाउँ सबैमा धनी छ।तर गाउमा विराेजकारका कारण यहिलेका युवा पुस्ता विदेशिनु बाध्यता छ।जहाँ मलामि जादा युवाहरु कम मात्रमा देखिन्छन्।हामिले यहि अाफ्नै गाउमा बसेर केही गर्न सकिन्छ।त्याे भनेकाे अात्मनिर्भर हुनु।साथै गाउँ समाज राम्राे हुनु हाे।त्यसैले त युवा हरुलाइ केही गर्न गाउमा केही गर्नु पर्छ।त्यसैले पाण्डबखानीमा रहेका युवाहरु एकजुट भएर गाउमा केही गर्छाै।भनेर pfc क्लब संञ्चालन गरेकाे हाे।हामिले पहिलाे वार्षिकोत्सब पनि सम्पन्न गयाैं।अहिले हामी रिघामा हुन गैरहेकाे फुटबल खेलका लागि तयारीमा छाै।त्यहिले हामिलाइ विभिन्न स्थानबाट सहयाेग र साथ मिल्दै गएकाेछ।खुसि लाग्छ।भनिन्छ नि खाचो माटाे भनेर तर त्याे खाचो माटाेलाइ सहि स्थानमा प्रयाेग गर्याे भने काम लाग्छ।
त्यसैले त युवाहरुलाइ सहयाेग र साथ दिनुहाेाेस्।पाण्डबखानीमा रहेकाे विकृति विसंगति हटाउन युवाहरुकाे भुमिका जरुरी छ।
मेराे विचार राम्राे या नराम्राे कस्तो लाग्याे।कमेन्ट गर्न नबुल्नु हाेला।
लेखक:-सुरेश छन्त्याल दर्पण
गलकाेट नगरपालिका १० पाण्डबखानी,बागलुङ
Tuesday, February 6, 2018
सबैको मन रूहाउने मौलिक लोकगीत संगै उदाइन्, पुजा मगर “लास ” भिडियो सहित “
सबैको मन रूहाउने मौलिक लोकगीत संगै उदाइन्, पुजा मगर “लास ” भिडियो सहित “
सुरेश छन्त्याल/
पाण्डबखानी अनलाइन खबर
नेपाली बजारमा फेरी एकपटक संगीतले कोल्टो फेरेको छ।यो गीतमा पुरानो संस्कृति बिर्सिदै गएको बेलामा फेरी बजारमा मौलिक लोक गीत बजारमा आएको छ। यस्तो गीत हामी अहिले धेरै कम मात्रामा भेट्ने गर्दछौ।साथै सुन्ने गर्दछाै।तर फेरी पुरानो गीत संगीतको याद दिलाएको छ। यो गीतले निकै बियोकान्त अनि सबैको मन र्हाउने गरि यो गीत अनि भिडियो बजारमा आएको छ ।“माया लाउदा भए मा बदनामी त्यागे प्राण आउनु है मलामी लास हेर्दै नरोउ धुरुरु मुर्छा परि नढ्ले निरमाया मेरो लास चितामा जल्दा हुरुरु ” यो सब्द ले कसको मन रुदैन होला र यहाँ हरुको माझमा फेरी यो गीतले केहि संदेश अवस्य दिने छ।भन्ने आस गरेका छौ,भने यश गितकाे सब्द सर्जक बागलुङको पाण्डबखानीका युवा नव सर्जक यमु घर्ती हुनुन्छ।भने मिठो संगीत भर्नु भएको छ।चित्र बहादुर सापकोटाले भने सुपा देउराली म्युजिकले यसलाई बजारमा लिएको छ ।बागलुङकाे जलजलामा जन्मनु भएकी पुजा मगरको निकै मिठो आवाज रहेको छ यो गीतमा पुजा मगर नेपाली चेली हुन् तर पनि नेपाल छोडेर अहिले दुबैमा आफ्नो दुख पिडा हरु लुकाउदै आफ्नो कर्मथलो उतै बनाएकी छिन भने सानैदेखि गीत गाउनेरुचि भएकी उनि अहिले २ वटा गीतमा आवाज भरि सकेकी छिन पहिलो गीत ” चित्कार ” नामको गीत बजारमा लिएकी उनि अहिले फेरी मुर्छा परि नामक गीत बजारमा लिएर आएकी हुन्
पुजा मगर आफ्नो सानै देखिको सपना लाइ परदेस बाटै भय पनि आफ्नो बेदना हरु आफ्नो आवाज बाट पस्किरहेकी छन् तेही क्रममा यो उनको दोस्रो गीत बजारमा आएको हो भिडियो निर्माण क्रममा यमन खनालको निर्देशन , शक्ति प्रजोल घिमिरेको छ्याकंन तथा सम्पादन रहेको छ भने दृस्य निर्माण पनि सुपा देउराली म्युजिकले नै गरेको छ यमन खनालको म्युजिक एरेञ्जमा बनेको अडियो लाइ पनि निर्देशकले कथा बस्तुमा उतारेका छन् ।म्युजिक भिडियोमा चर्चित मोडेल अनि आसे भनेर चिनिने आसा खडका अनि गोपाल भट्टराइ को दमदार अभिनय रहेको छ ।
https://youtu.be/MFlXObz0TSQ हेर्नका लागि
Saturday, February 3, 2018
सुरेशकाे मलामि गैदिनु,श्रद्धाञ्जली दिनु।।
सुरेशकाे मलामि गैदिनु,श्रद्धाञ्जली दिनु।।
पागल हुदैछु म तिम्राे कारणले
विवश हुदैछु म तिम्राे मायाले।
पलपल रुदैछु।तिम्राे निम्ति
अन्त्य हुन्छु,अब तिम्राे पर्खाइमा।।
न साेध मलाई किन यस्तो निर्णय गर्याे भनेर
समाज र परिवारलाई न साेध सुरेशले के गर्याे याे भनेर।।।
नसोध ! किन दिवान यस्तो भो ?
नसोध ! किन दिवान यस्तो भो ?
मलाई पागल ठानौली पक्कै
सायद ढुङ्गाले हानौली पक्क
नसोध किन दिवान यस्तो भो
कारण आफैले जानौली पक्कै !
*अरुको जिन्दगी क्या हराभरा
Thursday, February 1, 2018
चिसोले घुम्टे लेक घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घट्यो !
चिसोले घुम्टे लेक घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घट्यो !
२०७४ माघ १८,बिहिवार
चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि आएको छ । अन्य समयमा दैनिक सयौ पर्यटक घुम्टे चढे पनि अहिलेको सिजनमा आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या ह्वात्तै घटेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए ।मङ्सिर महिना सुरु भएसँगै घुम्टेमा अत्यधिक चिसो बढेको छ ।मङ्सिरदेखि चैतसम्म घुम्टेमा चढ्ने पर्यटकहरु कम हुने बस्नेतको भनाई छ ।माघ महिनामा पुजा आज नहुने भएका कारण यस महिनामा कम मात्रामा घुम्टे चढ्ने पर्यटकहरु आउने र फागुन महिनामा पुजा गर्न हुने भएपनि गर्मी मौसममा जस्तो भक्तजनहरु नचढ्ने बरिष्ठ उपाध्यक्ष राज थापाको भनाई छ ।चिसोसँगै पदमार्गको अधिकांश स्थानमा तुसारो पर्ने भएकाले चढ्न समस्या हुने हुनाले मङ्सिर महिना सुरु भएसँगै पर्यटकको आगमन ह्वात्तै घटेको सचिव शेर बहादुर थापाले बताए ।