नसोध ! किन दिवान यस्तो भो ?
मलाई पागल ठानौली पक्कै
सायद ढुङ्गाले हानौली पक्क
नसोध किन दिवान यस्तो भो
कारण आफैले जानौली पक्कै !
*अरुको जिन्दगी क्या हराभरा
आफ्नो त सधैं भिरको पहरा
एउटा फूल मन परेको थियो
चुमी दियो आएर गुह्य भमरा !
**
जता गयो उतै अल्झिन सिकाउन
रुवाएर अरुलाई मस्किन सिकाउन
कृपया आज उपरान्त याद नपठाउनु
अरे तिमीले जस्तै बिर्सिन सिकाउन !!
***
दिवान घर्तिमगर
गलकाेट नगरपालिका ११ रिघा,बागलुङ
No comments:
Post a Comment