Monday, February 12, 2018

महाशिवरात्रीकाे सम्पूर्ण तयारी पूरा

महाशिवरात्रीकाे सम्पूर्ण तयारी पूरा
सुरेश छन्त्याल/पाण्डबखानी
महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि मोहरात्रि सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ ।त्यसैगरि बागलुङको नगलकाेट नगरपालिका १० पाण्डबखानी रहेकाे शिवालय मन्दिरमा पनि भाेलि हुने शिवरात्रिकाे अवसरमा गरिने पुजा अाजाकाे तयारी गरिएको छ।सुनापनी शिवालय मन्दिर ज्याथर शिवालय फुर्से र रमुवा शिव दुरीमा हुने पुजा अाजाकाे पुर्ण तयारी भएको बताएको छ।त्यस्तै भक्तजनहरुलाइ पुजा गर्न सहज हाेस् भनी सुनपानी शिवालय मन्दिरमा पुर्णा व्यवस्थापन गरिकाे व्यवस्थापन संयाेजक गंगा बहादुर घर्तीले जानकारी दिनु भएको छ।

No comments:

Post a Comment