Tuesday, February 20, 2018

पाण्डबखानीमा हात्तीपाइले राेग निवारण सम्बन्धि १ दिने पाण्डबखानीमा त्तीपाइले राेग निवारण सम्बन्धि १ दिने अभियान सम्पन्न ।

पाण्डबखानीमा त्तीपाइले राेग निवारण सम्बन्धि १ दिने अभियान सम्पन्न ।
सुरेश छन्त्याल/ पाण्डबखानी
फागुन ८-मंगलबार
बागलुङको गलकाेट नगरपालिका१० पाण्डबखानीमा हात्तीपाइले राेग निवारण सम्बन्धि १ दिने अभियान अाज पाण्डबखानी स्वास्थ्य चाैकीमा सम्पन्न भएको छ।स्वास्थ्य चाैकिका ईन्चार्ज अनिता कार्कीले हात्तीपाईले राेग भनेकाे के हाे कसरी र किन लाग्छ। याे राेगबाट बच्ने उपाय यसकाे परिचय र अाैषधी कस्तो व्याक्तिले प्रयाेग गर्ने लगाएतकाे जानकारी गराउनु भएको थियाे।पाण्डबखानी स्वास्थ्य चाैकिकाे अायाेजनामा भएको कार्यक्रममा गलकाेट नगरपालिका १०का अध्यक्ष तिलक घर्ती मगर,नगर समन्वय समितिका सदस्य गनेश शेरचन,वडा सदस्य धनबहादुर सुनार,बरिस्ठ समाजसेवी मानसिह छन्त्याल,पत्रकार सुरेश छन्त्याल,शिक्षक शिक्षिका,पशु सेवा केन्द्र पाण्डबखानीका प्राविधिक महेन्द्र खड्का,समाजसेवी लगाएको सहभागीता रहेकाे थियाे।हात्ती पाइले राेग लाग्न बाट अाफु बचाै र अरुलाइ पनि बचाहाैं भन्ने नारका साथ यहि महिनाकाे १२/१३/।१४ गतेकाे कार्यक्रममा सम्पूर्ण लाई सहभागी भैदिनु हुन ईन्चार्ज अनिता कार्कीले बताउनु भएको छ।

No comments:

Post a Comment