Wednesday, February 14, 2018

गुल्मीको फोक्सिङमा बागलुङे चेली सृष्टिको धमका

गुल्मीको फोक्सिङमा बागलुङे चेली सृष्टिको धमका
हिमालय साँस्कृतिक युवा समाज कालीगण्डकी गाउँपालिका फोक्सिङमाले महाशिवरात्रीको अवसरमा आयोजना गरेको साँस्कृतिक कार्यक्रममा बागलुङे चेली पाण्डबखानीकी छाेरी सृष्टि पुनलले गुल्मेली हजारौँ दर्शकलाई झुमाएकी हुन् । उनले आफ्ना आधा दर्जन भन्दा बढी गीतमा त्यहाँका युवा युवती लगाएका मेला अवलोकन गर्न आएका दर्शकहरुलाई छमछमी नचाएकि हुन् । त्यस्तै हाँस्य कलाकार पुरुषोत्तम भन्डारी ‘पुर्खे’ बाले मेला भर्न आएका दर्शकहरुलाई पेट मिचीमिची हाँस्ने गराएका थिए ।त्यस्तै कार्यक्रममा लोक गायक गोविन्द श्रीस मगर र विरेन्द्र श्रेष्ठ लगाएतका कलकारहरुले पनि दर्शकहरुलाई मनोरंजन दिएका हुन् ।त्यस्तै क्लवका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । सयौँँ सख्यामा पूजाआजा गर्न आएका भक्तजनहरु पनि नाचेर हासेर मनोरञ्जन लिएका थिए ।

No comments:

Post a Comment