Thursday, February 1, 2018

चिसोले घुम्टे लेक घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घट्यो !

चिसोले घुम्टे लेक घुम्न आउने पर्यटकको संख्या ह्वात्तै घट्यो !
२०७४ माघ १८,बिहिवार
चिसो मौसमका कारण घुम्टे चढ्ने पर्यटकको संख्यामा कमि आएको छ । अन्य समयमा दैनिक सयौ पर्यटक घुम्टे चढे पनि अहिलेको सिजनमा आन्तरिक एवं वाह्य पर्यटकहरुको संख्या ह्वात्तै घटेको गल्कोट घुम्टे पर्यटन बिकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए ।मङ्सिर महिना सुरु भएसँगै घुम्टेमा अत्यधिक चिसो बढेको छ ।मङ्सिरदेखि चैतसम्म घुम्टेमा चढ्ने पर्यटकहरु कम हुने बस्नेतको भनाई छ ।माघ महिनामा पुजा आज नहुने भएका कारण यस महिनामा कम मात्रामा घुम्टे चढ्ने पर्यटकहरु आउने र फागुन महिनामा पुजा गर्न हुने भएपनि गर्मी मौसममा जस्तो भक्तजनहरु नचढ्ने बरिष्ठ उपाध्यक्ष राज थापाको भनाई छ ।चिसोसँगै पदमार्गको अधिकांश स्थानमा तुसारो पर्ने भएकाले चढ्न समस्या हुने हुनाले मङ्सिर महिना सुरु भएसँगै पर्यटकको आगमन ह्वात्तै घटेको सचिव शेर बहादुर थापाले बताए ।

No comments:

Post a Comment