Wednesday, October 21, 2020

पाण्डबखानीमा 4G सेवा सुचारू

पाण्डबखानीमा 4G सेवा सुचारू
गलकाेट,५ कार्तिक
गलकाेट नगरपालिका १० पाण्डबखानीमा 4G जडान कार्य सम्पन्न भएको छ ।
हाल सम्म पाण्डबखानीमा 3G संचालन भएता पनि राम्रोसँग काम नगरेपछि पाण्डबखानीमा 4G काे आवश्यकता रहेकाे भन्दै पत्रकार सुरेश छन्त्याल र थम्मन थापाले नेपाल टेलिकम प्रमुख तथा बरिस्ठ इन्जिनियर केशब शर्मा संग नियमित सम्पर्क गरि माग गरेपछि पाण्डबखानीमा 4G संचालन गरेकाे पत्रकार छन्त्यालले बताउनु भयाे, त्यस्तै गलकाेट बजार हटिया र रिघामा पनि 4G काे सेवा लिन सकिने नेपाल टेलिकम कार्यालय बागलुङका प्रमुख तथा बरिस्ठ इन्जिनियर केशव शर्माले जानकारी गराउनु भयाे। *444# डाइल गरि 4G सुचारु गर्न सकिने टेलिकम बागलुङका प्रमुख शर्माले जानकारी गराउनु भयाे।

No comments:

Post a Comment