स्वास्थ्यलाई प्रमुख विषय मानेयाैं भने त्यहाबाट विकास हुने वडा अध्यक्ष घर्ती
सुरेश छन्त्याल
गलकाेट,२ कार्तिक
गलकाेट नगरपालिका १० पाण्डबखानीमा ग्रामीण स्वस्थ्य सुधार परियाेजनाद्धारा संचालित स्वास्थ संस्थामा गरिएको कामकाे सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । गरिबी निवारणका लागि वातावरणीय स्वास्थ शिक्षा र सामुदायिक रेडियो दाेरपाटन एफएम १०४.१ मेगाहर्जकाे सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हाे। वडा अध्यक्ष तिलक घर्तिकाे अध्यक्ष्यता पाण्डबखानी स्वास्थ चाैकीकी प्रमुख रत्ना सुनारकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बाेल्दै वडा अध्यक्ष तिलक घर्तिले स्वास्थ्यलाई प्रमुख विषय मानेयाैं भने त्यहाबाट विकास हुने बताउदै स्वास्थ व्यवस्थापनकाे तालिमबाट हाम्रो अाँखा खुलेकाे र स्वास्थ्यलाई तल्लो विषय मानेयाैं भने नागरिककाे स्वास्थ्यलाई जनस्तरबाट स्वास्थ्यलाई प्रमुख विषय मानेयाैं भने त्यहाबाट विकास हुने बताउनु भयाे। कार्यक्रममा वडा सदस्य धनबहादुर सुनार, चन्द्रकुमारी श्रीस, स्वास्थ्य स्वयंसेविका थममाया काउचा लगाएतले मन्तव्य संगै कमि कम्जोरी राखेका थिए , साथै सहभागी सुनाैला दिनका अामाहरुले पनि आफ्-अाफ्ना विचार राखेका थिए । भने कार्यक्रमकाे सहजिकरण सामुदायिक रेडियो दाेरपाटन एफएम १०४.१ मेगाहर्जका स्टेशन प्रमुख छविलाल पाण्डेले गर्नु भएको थियाे।
No comments:
Post a Comment