Monday, October 12, 2020

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु ।

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु ।
सुरेश छन्त्याल 
गलकाेट,२६ असाेज

गलकाेट नगरपालिका १० पाण्डबखानीमा खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु भएको छ। 
तर नेपाल सरकारद्वारा धेरै पहिले देखिनै राेक्का गरि राखेकाेले उख्खनन कार्यमा कठिनाइ भएको छ। राज्यले यस्ता समस्याकाे समयमा नै समाधानकाे उपाय नखोज्ने हो, भने दिर्घगामी असर एबम प्रतिब्यग्ती आएमा समेत असर गर्न देखिन्छ। साथै खानी उत्खनन् कम्पनिका संचालक श्याम शर्मा तथा चिनियाँ नागरिक वरिष्ठ इन्जिनियर को टोलि ले अध्ययन कार्य थालनी गरेको छ।गलकाेट नगरपालिका१० मा तामा ,सिसा,फलाम लगाएत धातु प्रयाप्त रहेको उनीहरुको भनाइ छ। राज्यले यस्तो प्रकारको सम्भावना रहेको ठाउमा लगानी गरि उद्योग संचालन गरेमा सिङ्गो रास्ट्र को आर्थिक क्षेत्रमा टेवा  पुग्ने साथै नागरिकको प्रत्यक्ष जिवनमा समेत फाइदा हुने गलकाेट नगरपालिका १० पाण्डबखानीका  वडाध्यक्ष तिलक घर्ती मगरले बताउनु भयो।

No comments:

Post a Comment