Sunday, October 11, 2020

पाण्डबखानी स्वास्थ चौकीमा आमुल परिवर्तन......

पाण्डबखानी स्वास्थ चौकीमा आमुल परिवर्तन...... 

                    हेर्ने दृष्टिकोण 

बागलुङ जिल्ला सदरमुकामदेखि करिव ६५ किलो मिटरमा रहेको गलकोट नगरपालिका हटियादेखि करिव २६ किलो मिटर जिर्ण सडक दुरीमा रहेको गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको पाण्डबखानी स्वास्थ चौकी २०५२ सालमा स्थापना भएको थियो । गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको स्वास्थ चौकी एउटा सानो भवनमा अस्तव्यस्त तरिकाले स्वास्थ संस्था संचालनमा थियो । जुन समयमा संक्रमण रोगथामका लागि न्युनतम पूर्वधार समेत नभएको र मापदण्ड समेत नअपनाएको थियो । संस्थागत सुत्केरी गराउनका लागि तयार गरिएको बर्डिङ सेन्टरमाब्गतय Auto Clave Mechine विग्रनु साथै Delivery Bed  मा खिया लागर संक्रमणके अति जोखिम रहनुका साथै अन्य Table  कुर्ची समेत जिर्ण अवस्थामा थियो । स्वास्थ संस्थाको स्वास्थ सेवा प्रति स्वास्थकर्मी नै सन्तुस्त थिएनान् । स्वास्थकर्मीको तिब्र र इच्छा शक्ति  नेपाल सरकारले उपलब्ध बनाएको भवन र ग्रामिण स्वास्थ सुधार परियोजनाको प्रविधिक सहयोगबाट स्वास्थ संस्था कायापलत बनेको छ । स्थानीय जनप्रतिनिधिको प्रमुख चासोको रुपमा रहेको स्वास्थ चौकी व्यवस्थित देखिएकोमा वडा अध्यक्ष तिलक घर्ति मगर सन्तुष्ट हुनुन्छ ।Fair Med Faundation तथा BYC  बागलुङको साझेदारीमा संचालित ग्रामिण स्वास्थ सुधार परियोजनाबाट दुई दिने संक्रमण रोगथामको तालिका र परियोजनाके सामाजिक परिचालकको निमित सहयोगको साथै स्वास्थ संस्था कायपलत भएको स्वास्थ चौकी प्रमुख रत्नामाया सुनारले बताउनुभयो । स्वास्थकर्मीहरु सम्झनुहुन्छ, विग्रिएको Auto Clave खिया लागेको Delivery Bed  खिया लागेको दराज अस्तव्यस्त औषधी खिया लागेको Dressing Set बाट दिएका सेवाहरु अहिले स्वास्थ कर्मीहरु आफै उत्प्रेरित भई सम्पूउर्ण खिया लागेको सामाग्रीहरु सफा गरी खिया हटाएर रङरोगन समेत आफै गरेका छन् । भने विग्रिएका B.P Set Weigh Mechine Auto Clave Mechine लगाएतका सम्पुर्ण सामाग्रीहरु म्मृत सम्भार गरी व्यवस्थित देखिन्छ । स्वास्थ चौकी भित्र छिर्दा यस्तो देखिन्छ, की कुनै Private Nussing Home भ भित्र छिरेको छु की जस्तो लाग्दछ । रङहरु नभएका दराजहरु तल्किएका छन् । खियाले जिर्ण भएका Delivery Bed  धपक्क बलेको छ । हिलामय देखिने Birthing Center को  कोचा Tile लगाएर चतक्क देखिएको छ । स्वास्थ संस्थाको रहेक भित्तामा स्वास्थ  सुचना तासिएको छ । गर्भवती जाय गर्ने Bed, सुत्केरी सुत्ने Bed र साधारण विरामी सुत्ने द्यभम देख्दै आराम गर्न बसम की जस्तो लाग्ने छन् । समग्रमा स्वास्थ संस्था छोटो समयमा धेरै परविर्तन भैई नमुना स्वास्थ चौकी जस्तो देखिएको छ । स्थानीय जनताले स्वास्थ संस्थालाई विश्वास गरी स्वास्थ संस्थाबाट प्रवाह हुने स्वास्थ सेवाहरु सगर्भ लिन सक्ने वातावरण बनेको छ । यसलाइृ निरन्तरता दिने हो भने स्थानीय जनताका लागि आधारभुत स्वास्थ सेवा गुणस्तरिय ढङ्गले प्रवाह गरी स्वास्थ सेवा र स्वास्थ स्थिसतमा सुधार ल्याउन सकिन्छ । यस स्वास्थ चौकीदेखि पाण्डबखानी बाहेक साविक छिमिकी गाविस अर्थात हालको अन्य वडाका जनताहरुले सेवाहरु पाइराखेका छन् ।
                   सुरेश छन्त्याल दर्पण
गलकोट नगरपालिका १० पाण्डबखानी, बागलुङ

No comments:

Post a Comment