Saturday, October 3, 2020

तिम्रै नामको सिन्दुर सिउदोमा भरेर त हेर ।

तिम्रै नामको सिन्दुर सिउदोमा भरेर त हेर ।
मुक्तक
१.सुख सयल जिबन जिउन धन छैन के गरु ?
जता हेर्यो उजाड छ हराभरा बन छैन के गरु ?
कति सजिलै भन्छौ है तिमीले जाने भए जाउ 
तर मलाई तिमी बिना बाच्ने मन छैन के गरु ?

२.जिन्दगीका यात्रामा अगि संगै सरेर त हेर।
 तिम्रै नामको सिन्दुर सिउदोमा भरेर त हेर ।
कति माया गर्छु तर बिश्वास लाग्दैन तिमिलाई
 एकपटक मनैदेखी म संग माया गरेर त हेर ।
३.हरेक गल्ती सहन सक्छु सरि नभन्नु है।
 बर्खा लाग्यो खोला आफै तरि नभन्नु है।
मैले तिम्रो मन कहिल्यै दुखाउन चाहान्न
बिन्ती छ मलाई ठुला कुरा गरि नभन्नु है।

        सबिता खत्री (जिज्ञासु)
ताराखोला गाउँपालिका ३ बाग्लुङ

No comments:

Post a Comment