Thursday, October 22, 2020

पाण्डबखानीमा काेराेना भाइरस सम्बन्धि बैठक सम्पन्न

पाण्डबखानीमा काेराेना भाइरस सम्बन्धि बैठक सम्पन्न
दिप घर्ती
गलकाेट,६ कार्तिक

विश्व व्यापी रुपमा फैलिएको काेराेना भाईरस काेभिड 19 काे कारण बडिगाड गाउँपालिका ३ सिसाखानीमा पनि काेराेना भाइरसकाे विरामी देखिएकाे जानकारी आएकाे हुदा गलकाेट नगरपालिका १० पाण्डबखानीमा वडा कार्यालय र पाण्डबखानी स्वास्थ्य चाैकीकाे संयुक्तमा बसेकाे बैठकले आम नागरिकहरुलाइ सचेत रहन आग्रह गर्दै यस्ताे माहामारीकाे अवस्थामा आफ् - आफ्नाे तह- तत्काबाट चार्ड पर्वकाे माैकामा निम्म कुराहरु नगर्न अनुरोध गरेकाे छ। विभिन्न मठ मन्दिरमा पुजा आजा गर्दा धेरै भिडभाड नगर्ने, टीका थाप्न आफ्नाे घर बाहेक अन्त नजाने, जुवातास, जस्ता कार्य नगर्न र नगराउने, यहि कार्तिक १२ गते राष्ट्रिय खाेप क्लिक भएको हुदा छिमेकी वडा नम्बर ३ सिसाखानी किटेनीदेखि खाेप सेवा लिन अर्काे सुचना प्रकासन नभए सम्म सहभागी नभैदिनु हुन अनुराेध गरेकाे छ। बैठकमा वडा सदस्य धनबहादुर सुनार, रामप्रसाद वि.क, स्वास्थ चाैकीकी ईन्चार्ज रत्ना सुनार, समाजसेवी मानसिह छन्त्याल, नव ज्याेति प्राविका प्र.ह चन्द्रकुमारी श्रीस, सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लि. का प्रबन्धक दिप घर्ती, पाण्डबखानी अनलाइन खबरका प्रबन्धक सुरेश छन्त्याल, लालबहादुर सुनार, पृर्थ श्रीस लगाएतकाे सहभागीता रहेकाे थियाे।

No comments:

Post a Comment