Thursday, November 29, 2018

बृद्धबृद्धा र अशक्त लाई पाण्डबखानी पुगेर प्रभु बैंकले सामाजिक सुरक्षा भत्ता वितरण,

बृद्धबृद्धा र अशक्त लाई पाण्डबखानी पुगेर प्रभु बैंकले सामाजिक सुरक्षा भत्ता वितरण,
सुरेश छन्त्याल/ पाण्डबखानी
प्रभु बैंक लिमिटेड गलकाेट , गलकाेट नगरपालिका कार्यालय र गलकाेट नगरपालिका १० पाण्डबखानीकाे संयुक्त अायाेजनामा अाज दाेस्राे दिन पाण्डबखानी वडा कार्यालयबाट अशक्त अपांग बृद्धबृद्धाहरुकाे लागि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ। सेवाग्राहीहरुलाई प्रमु बैंक गलकाेटका शाखा प्रबन्धक कृष्ण हरि भण्डारी ,संञ्चालन प्रमुख शिशिर बम मल्ल, सम्बन्ध अधिकृत प्रकाश सुवेदी,प्रशिक्षार्थी राेशन बस्नेत,बैंकका सुरक्षा गार्ड  खिमबहादुर मल्ल,वडाका अध्यक्ष तिलक घर्ती तथा वडा जनप्रतिनिधि र पत्रकार सुरेश छन्त्यालकाे टाेलिले भत्ता वितरण गरेकाे थियाे। भत्ता बुझ्न हटिया जादा धेरै खर्च संगै दुख समेत हुने हुदा हामी जस्तो बृद्धबृद्धाहरुलाइ अाफ्नै घरमा अाएर भत्ता दिएकाेमा खुसि हुँदै धन्यवाद समेत दिएका थिए । अाज भएको भत्ता वितरण कार्यक्रममा  बृद्धबृद्धा,अपांग दलित गरि भत्ता २३२ जनालाइ वितरण भएको सञ्चालन प्रमुख शिशिर मल्लले जानकारी दिनुभएको छ। त्यस्तै हिजाे पाण्डबखानीकाे रमुवामा पुगेर ७५ जनालाई भत्ता वितरण गरेकाे  मल्लले बताउनुभयो। साथमा रमुवादेखि पाण्डबखानी अाउने क्रममा विच बाटाेमा रहेका बयाेबुद्ध तथा अपांगहरुलाइ घर दैलाे गरि सामाजिक सुरक्षा भत्ता वितरण गरिएको समेत शाखा प्रबन्धक कृष्ण हरि भण्डारीले जानकारी दिनु भएको छ। भत्ता जम्मा गरि ३०७ जनालाई वितरण भएको बताएको छ।

Tuesday, November 27, 2018

गलकोटको सबैतिर पर्यटकीय क्षेत्र, विकास गर्न नगरले गुरुयोजना तयार गर्ने

गलकोटको सबैतिर पर्यटकीय क्षेत्र, विकास गर्न नगरले गुरुयोजना तयार गर्ने
सुरेश छन्त्याल/ बागलुङ
पर्यटनको माध्यमबाट वाडलाई आर्थिक टेवा दिने उदेश्यले गलकोट पाण्डवखानीको सिद्धथान डाडाँमा १० लाखको लागतमा रमणिय वनभोज स्थल निर्माण गरिएको छ । गलकोट नगरपालिकाबाट गत वर्ष विनियोजित १० लाखको बजेटबाट ५ रोपनी जग्गामा तारबार गर्नुका साथै ३ ओटा टहरा समेत निर्माण गरिएको होे । गलकोटको पर्यटकीय क्षेत्र घुम्टे जाने बाटोको आडैमा भएर पनि प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र सिद्धथान ओझेलमा परेको छ ।
पाण्डवखानीका विभिन्न क्षेत्रहरुसँगै रिघा, गुल्मीका विभिन्न भागको दृश्य देख्न सकिने सिद्धथान महत्वपूर्ण पर्यटकीय क्षेत्र हो तर प्रचार प्रसारको अभावमा आन्तरिक पर्यटक समेत निकै न्युन देखिएको छ । भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकलाई त्यहाँ पुग्न समस्या हुने गरेको छ । अग्लो स्थान भएकाले सिद्धथान मनोरम हिम श्रृंखला अवलोकन गर्न सकिन्छ । प्रत्येक वर्ष बैशाख पुर्णिमाका दिन उक्त स्थानमा ठूलो मेला लाग्ने गर्दछ ।
मेला लाग्ने ठाउँसँगै जोडिएको उक्त स्थानलाई विकास गर्नका लागि वाड कार्यालयले विशेष योजना बनाएको वाड अध्यक्ष तिलक घर्तिले बताए ।
घर्तीका अनुसार उक्त स्थानमा पहिलो चरणमा प्रवेशद्वार, बगैचा, खानेपानीको ब्यवस्था गर्ने बताए । वडालाई समृद्ध गराउनका लागि सिद्धथानलाई वनभोज स्थलको रुपमा विकास गनुपर्ने आवश्यकता देखिएको घर्तीको भनाई छ । नजिकै करिब १ लाख ५० हजारको लागतमा महिला र पुरुषका लागि शौचालय समेत निर्माण गरेको बताए ।
समथर भू–भाग भएका कारण पनि सिद्धथान वनभोज स्थलका लागि उपयुक्त गन्तव्य मानिएको समाजसेवी मानसिङ छन्त्यालले बताए । समुन्द्री सतहदेखि करिब १९ सय मिटर उचाईमा रहेको सिद्धथान डाडाँमा प्रत्येक वर्ष विद्यालय, विभिन्न संघ, सस्था, आमा समुह, क्लवहरु वनभोजका लागि जाने गर्छन् । भ्यू टावर, वनभोज स्थलको निर्माण सर्न सके पर्यटक भित्राउन सकिने वाड अध्यक्ष घर्तिको भनाई छ ।
स्थानीय तहको आर्थिक स्रोतलाई वृद्धि गर्न यस्तो प्राकृतिक स्थलको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीयको भनाई छ । सिद्धथानमा सुन्दर पोखरी समेत रहेको छ । उक्त स्थानमा अहिलेसम्म दर्जनौ गितहरुको छायाङकन समेत गरिएको छ । पोखरी र मन्दिरले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि समेत यसले मद्दत गर्नसक्छ । मन्दिर र पोखरीको समेत संरक्षण गर्न सके आन्तरिक र बाह्य पर्यटन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गलकोटको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल घुम्टे, निलुवा लगायतका ठाउँमा घुम्न आउने पर्यटकहरुलाई सिद्धथान घुमाउनसके गलकोट नगरपालिकाको आर्थिक गतिविधिमा वृद्धि हुन सक्ने स्थानीयको भनाई छ । सिद्धथान सहित समग्र गलकोटको पर्यटकीय क्षेत्रको विकास लागि गुरुयोजना बनाएर अघि बढ्ने सोँच रहेको गलकोट नगरपालिकाका नगर उप–प्रमुख रेनुका काउचा मगरले बताईन् ।

रिघाको बौद्ध बिहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी

रिघाको बौद्ध बिहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी
सुरेश छन्त्याल/बागलुङ
गलकोट नगरपालिका कै एक मात्रै बिहार उदय रिघा बुद्ध बिहार गलकोट नगरपालिका–११ को आमभेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्बर बहादुर श्रीसले गलकोट कै एकमात्र बौद्ध बिहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न काम गरि रहेको भन्दै आवश्यक सहयोग गर्न स्थानीयलाई आग्रह गरेका छन् । रिघामा बौद्ध बिहारलाई प्रमुख मानी होम स्टे लगाएतको विकास गरि आन्तरिक पर्यटन पर्वद्धन गर्न सकिने भन्दै अध्यक्ष श्रीसले आफ्नो ठाउँ निर्माण गर्ने अभियानमा सबैजना लाग्नुपर्ने बताए ।
भेलाले बिहार व्यावस्थापन समितिको पुर्नगठन गरेको छ । जसको अध्यक्षमा शेर बहादुर काउचा, उपाध्यक्षमा भिम बहादुर श्रीस, सचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा भिमला घर्ति, सह–सचिव पदम काउचा लगाएत ११ सदस्यीय समितिको गठन गरेको छ । भेलाले झम काउचाको संयोजकत्वमा दान बहादुर श्रीस, टंक बहादुर श्रीस, नाम बहादुर पुन, आशा राना रहेको अनुगमन समितिको गठन गरेको छ । त्यस्तै वडा अध्यक्ष डम्बर बहादुर श्रीसको संयोजकत्वमा तुल बहादुर श्रीस र तारा बहादुर पुन रहेको सल्लाहकार समितिको गठन गरेको छ ।
भेला अध्यक्ष शेर बहादुर काउचा को अध्यक्षता तथा सचिव देवेन्द्र पुनको संचालनमा सम्पन्न भएको थियो । भेलामा स्थानीय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । भेलामा कोषाध्यक्ष भिमला घर्तीले ५९ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गलकोटको एक मात्र बिहारको लागि संसद विकास कोषबाट पनि १० लाख विनियोजन भएको छ ।

Sunday, November 25, 2018

फटाहा मेयर : कोरिया भ्रमणको खर्च पालिकालाई तिराउने निर्णय गरे

फटाहा मेयर : कोरिया भ्रमणको खर्च पालिकालाई तिराउने निर्णय गरे
बागलुङ नगरपालिकाले नगर प्रमुख जनकराज पौडेलको कोरिया भ्रमण गर्दाको खर्च व्योहर्ने भएको छ । करिब २ महिना अघि पालिकामा कुनै पनि जानकारी नगराई कोरिया भ्रमण गरेका पौडेलको खर्च भुक्तानी गर्ने भएको हो । अघिल्लो कार्तिक २० गते बसेको पालिकाको बैठकले मेयर पौडेलको खर्च भुक्तानी गर्ने निर्णय गरेको हो ।
केही जनप्रतिनिधिको असहमतिका बावजुद पालिकाले सरकारी नियमानुसार भुक्तानी गर्ने निर्णय गरेको बताइएकोे छ तर भ्रमणमा अहिलेसम्म कति खर्च भयो भन्ने सहि बिल प्राप्त नभएको बताईन्छ । पालिकामा अनुमति नगराई कोरिया भ्रमण गरेका पौडेलले अहिलेसम्म एकिन बिल समेत पेश नगरेको प्रमुख प्रशासकीय अधिकृत भिम बहादुर कुँवरले बताए । ‘कुन, के कार्यक्रममा गएका हुन् त्यो पनि थाहा छैन तर एक्कासी कोरिया भ्रमणको बजेट भुक्तानीको लागि विषय उठेपछि मात्र थाहा भयो उनी कारिया भ्रमण गरेका रहेछन्’ एक श्रोतले बताएको छ । कोरिया भ्रमणको सक्कली बिल समेत नगरपालिकामा पेश नभएको बताईन्छ ।
नगर प्रमुख पौडेलको कोरिया भ्रमणबारे धेरै पछि मात्र सार्वजनिक भएको छ । पालिकालाई जानकारी गराउनु पर्ने व्यवस्था भए पनि उनले कुनै जानकारी नगराई भ्रमण गरेका थिए । भ्रमणको खर्च भुक्तानीको लागि पालिकामा बिल पेश भएको बारे पछिल्लो समयमा सार्वजनिक रुपमै टिकाटिप्पणी हुन थालेको छ ।
नगरबासीले दुःखका साथ तिरेको कर जनप्रतिनिधिले विदेश भ्रमण, खानपिन र मोजमस्तीमा सक्न थालेको भन्दै नगर प्रमुख पौडेलको सर्वत्र आलोचना हुन थालेको छ । संस्थामा औपचारिक जानकारी नगराई कोरिया भ्रमण गरेका पौडेलले खर्च भुक्तानीको लागि पालिकामा बिल पेश गर्नुले जनप्रतिनिधिहरुले राष्ट्रको धनलाई ‘मामाको धन फूपुको श्राद्ध’को रुपमा प्रयोग गरेको टिप्पणी हुन थालेको छ ।
नगर प्रमुख पौडेल र नेपाल कम्युनिष्ट पार्टीका नेता कृष्ण केसी गत भदौ ३० गते कोरिया भ्रमणमा गएका थिए । उनीहरु दक्षिण कोरियाको राजधानी सोलमा भएको ‘उर्वान टुरिज्म’ लाई लिएर संयक्त राष्ट्रसंघको विश्व पर्यटन संगठनको ७ औँ विश्व पर्यटन सम्मेलनमा सहभागी भएका थिए ।
नगरको तर्फबाट नगर प्रमुखले कार्यक्रममा के प्रस्तुत गरे ? के गरे ? त्यहाँबाट के सिके र बागलुङ नगरपालिकाले त्यसबाट के सिक्यो भन्ने कुनै पनि खालको प्रतिवेदन समेत नबुझाएको उल्लेख गरिएको छ । पालिकाले खर्च भुक्तानी गर्ने निर्णय गरे पनि अहिलेसम्म भुक्तानी नभईसकेको बताईएको छ । पालिकाले भुक्तानी गर्ने निर्णय ग¥योे तर कति खर्च भयो र कति भुक्तानी गर्ने भन्ने बारे निर्णय भईसकेको छैन ।
भ्रमणबारे सक्कली बिल पेश गर्न अनुरोध गरिए पनि अहिलेसम्म सक्कली बिल पेश नहुनुले थुप्रै आशंका बढाएको टिप्पणी हुन थालेको छ । अँझ ‘सरकारी नियमानुसार भुक्तानी गर्ने’ भन्ने निर्णयले रकम दुरुपयोग हुने आशंका तीव्र्र रहेको उल्लेख गरिएको छ ।
यसबारेमा नगर प्रमुख जनक पौडेलले कोरिया भ्रमण आफुहरुको औपचारिक भ्रमण भएको र हालसम्म पालिकाबाट कुनै पनि रकम भुक्तानी नभएको बताएका छन् । पौडेलले कोरिया भ्रमण गर्दाको बिल भुक्तानी गर्न निर्णय गराउनुले सत्ताधारी दलका जनप्रतिनिधिहरु सत्ताको दुरुपयोगमा लागि परेको प्रष्ट हुने नागरिक समाजका एक व्यक्तिले बताए ।
साभार:- इपरी

Saturday, November 24, 2018

बडिगाडमा मोटरसाईकल दुर्घटना हुँदा २ जना गम्भीर घाईते

बडिगाडमा मोटरसाईकल दुर्घटना हुँदा २ जना गम्भीर घाईते
मध्य पहाडी लोकमार्ग अन्तगरत बडिगाड गाउँपालिका–२ को सक्नयार आकाशे पुल नजिकै ग १० प ८६४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका–३ का अन्दाजी वर्ष ३५ का युवराज खड्का र रुकुम बरायाला ९ वर्ष २६ का नविन बुढाथोकी घाइते भएको प्रहरीले जनाएको छ । शक्त घाइते दुवै जनालाई उद्धार गरी खर्वाङमा प्राथमिक उपचार पछि पाल्पा पठाइएको खर्बाङ प्रहरीले जनाएको छ । खड्काको टाउकोमा चोट लागेको र बुढाथोकीको खट्टा तथा हात दुवै भाँचिएको प्रहरीले जनाएको छ । बडिगाड महोत्सव हेरेर फर्किने क्रममा सडकबाट मोटरसाइकल २ सय मिटर तल बडिगाड खोलामा पुगेको र दुवै घाइतेलाई खोला किनाराबाट निकालिएको प्रहरीले जनाएको छ ।दुई हप्ता अगाडि पनि सोहि स्थानमा मोटरसाइकल खोलामा खस्दा एक जनाको ज्यान गएको थियो ।

पत्रकार सधै स्थायी प्रतिपक्ष भएको अध्यक्ष आचार्यको भनाई

पत्रकार सधै स्थायी प्रतिपक्ष भएको अध्यक्ष आचार्यको भनाई
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार सधै स्थायी प्रतिपक्ष रहेको बताए । उनले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ११ औँ साधारण सभालाई सम्बोधन गर्दै पत्रकार सधै लोकतन्त्रको पक्षमा, राष्ट्रको पक्षमा र जनताको हितको पक्षमा हुने बताए । आचार्यले पत्रकार आवाज विहीनहरुको आवाज भएकाले कुनै राजनीतिक दलसँग नजिक नभई पत्रकारिताको आचारसंहिता भित्र रहेर कलम चलाउनु पर्नेमा जोड दिए । उनले थप बोल्दै देशमा संघीयता आए पनि पत्रकारितामा भने संघीयता नआएको बताउँदै गाउँ–गाउँमा सिंहदरबार आयो भने पनि पत्रकारहरुको लागि केन्द्रमै सिमित भएको दाबी गरे । पत्रकारहरुले सामान्य प्रेस काड ९पत्रकार परिचय पत्र० लिनको लागि राजधानी नै धाउनु पर्ने बाध्यता रहेको गुनासो गरे । उनले संचार माध्यमहरु स्थापना गरी संचालनमा ल्याएका पत्रकारहरुले नै अन्य पत्रकारहरुलाई तलब नदिई श्रम शोषण गर्नेहरूको थुप्रै रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले मुलुक संघीयतामा गए पनि सामान्तवादको अन्त्य नभएको बताए । उनले नेपाली समाजको लागि बाधक बनेको सामन्ती चिन्तन रहेको बताउँदै यसलाई हटाउन नसकेसम्म देशमा परिवर्तन आउन नसक्ने जिकिर गरे । सापकोटाले देशमा संघीयता सफल नभए देश खतरा तिर जाने बताए । सामन्तवादको पत्रकारहरूले भण्डाफोर गर्न जरुरी रहेको बताउँदै यसको भण्डाफोर नभएसम्म देशले मुहार फेर्न नसक्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दिपेन्द्र थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावली, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, धौलागिरी टेलिभिजनका प्रबन्ध निर्दशक प्रकाश पौडेल, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे, तमान खोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढा, लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका निम्ती महत्वपूर्ण भूमिका खेलेको भन्दै महासंघले ३ जनालाई सम्मान गरेको थियो । निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी भागिरथ पाण्डे र युवराज अधिकारीलाई सम्मान गरेको थियो ।

उज्यालो नगर बनाउने गलकोट नगरको योजना

उज्यालो नगर बनाउने गलकोट नगरको योजना
उज्यालो हरिचौर अभियानको सफलताको लागि सहकार्य गर्न तयार रहेको गलकोट नगरपालिकाले जनाएको छ । अभियान सकारात्मक परिवर्तनको आधार रहेको बताउँदै नगर उप–प्रमुख रेनुका काउचाले गलकोट नगरपालिकालाई नै उज्यालो बनाउने सुरुवातको काम हरिचौरबाट भएको बताइन् । काउचाले भनिन् ‘समृद्धि र सुरक्षित आभाषको सुचक समेत उज्यालो हो, अभियान सुरुवात गलकोट नगरपालिकाकै युवाहरुको सक्रियाताबाट भएको छ, नगरपालिकाले अभियानमा साथ दिन तयार छ ।’ काउचाले अभियानको उद्देश्य बमोजिम काम गर्नुपर्ने बताउदै, नगरपालिकाले युवाको साथमा काम गर्ने योजना रहेको बताइन् । काउचाले गलकोटका सबै सडक, नगरपालिकाका भित्रका सम्पुर्ण बजार क्षेत्र लगाएतका स्थानमा अभियान सञ्चालन गरी उज्यालो नगर बनाउने योजनामा रहेको बताईन् । संघीय सांसद देवेन्द्र पौडेलले भैली अभियानमा तत्कालै ५१ हजार सहयोग गरी दिगो तथा व्यवस्थित रुपमा अभियान सञ्चालन भएमा अझै सहयोग गर्ने तथा प्रदेश र केन्द्रमा समेत पहल गर्ने बताएका अभियानका सदस्यहरु बताउछन् । गलकोट नगरपालिका नगर कार्यपालिका सदस्य कमला ढकालले उज्यालो अभियान, सुन्दर सडक बिस्तार, लगाएतका काम गर्न सकेमा पर्यटकको आर्कषण समेत बढ्ने बताइन् । उज्यालो हरिचौर अभियानको पहिलो चरणको काम शनिबार सम्पन्न भएको छ । गलकोट नगरपालिका वाड नम्बर ५ हरिचौरमा सञ्चालन गरिएको उक्त अभियान अन्तरगत तल्लो बजारदेखि हरिचौर बजार हुँदै विद्युत सव स्टेशनसम्मको क्षेत्रमा विद्युत तथा वल्ब जडान कार्य सम्पन्न भएको अभियानका सयोजक हिरा बहादुर थापाले जनाकारी दिए । बागलुुङ जिल्लाकै एैतिहासिक क्षेत्र २०१७ चैत्रसम्म हरिचौरमा जिल्ला सदरमुुकाम रहेको क्षेत्र एवं गलकोटे राजाको दरबारले परिचित हरिचौर पछिल्लो समय उज्यालो हरिचौरको रुपमा चर्चामा आएको छ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा गलकोट नगरपालिका वडा नम्बर ५ को मुख्य सडक उज्यालो बनाउन सोलार स्टेट लाईट को योजनामा केही बजेट विनियोजन गरेको भएपनि काम सुरु हुन सकेको थिएन् । वाडमा कुनै त्यस्तो यस वर्षको योजना निर्माण नभएको भएपनि उज्यालो हरिचौर बनाउने लक्ष्य अनुसार अहिले दिन प्रतिदिन सुन्दर हरिचौर, उज्यालो हरिचौर, नमुना हरिचौरको अभियानले सार्थकता पाएको सदस्य इल्सन थापाको बुुझाई छ । अहिलेसम्म हरिचौरको बजार क्षेत्रमा तथा बजार जोड्ने सडकमा करिब ४५ ओटा वल्बको जडान गरिएको भरत खत्रीले जनाकारी दिए । करिब १ सय ६६ घर परिबारलाई प्रत्यक्ष फाईदा हुने गरि सञ्चालन गरिएको अभियानको पहिलो चरणमा ४० ओटा बिद्युुतिय पोलमा बल जडान गरिएको सुमन बस्नेतले जनाकारी दिए । बिहान बेलुकाको अध्यारो समयमा बत्तीले साहारा दिने भएकोले उज्यालो हरिचौर अभियान सबैको साथि बन्ने स्थानीय दल बहादुर पुनले बताए । पुनले सबैले साथ दिए राम्रो कामको सुरुबात हुन्छ भन्ने उदाहरणको रुपमा उज्यालो हरिचौर अभियानलाई लिनुुपर्ने बताए । हरिचौर बजार क्षेत्र सगंै अहिले वडा नम्बर ५ को भैसे बजार क्षेत्रमा समेत अभियान सञ्चालन गर्न स्थानियले आग्रह गरको अभियानका सदस्य मिलन केसीले जानकारी दिए । उनले भने ‘देउसी भैलीबाट संकलित रकम कम छ, तै पनि हामी सिसिटिभि तथा सोलार लाईटको लागी पहलमा छौँ, सहयोग पाएमा उक्त क्षेत्रलाईपनि उज्यालो पार्ने बनाउने छौँ ।’ उज्यालो हरिचौर अभियानको रुपमा सडक बत्ति जडान लगायतका काम गर्न पाउदा खुसी लागेको स्थानिय सुमन शर्मा निउरे र किसान ढकालको भनाई छ ।

विकास निर्माणमा जनतासँग हातेमाले गर्ने–नगर प्रमुख नेपाली

विकास निर्माणमा जनतासँग हातेमाले गर्ने–नगर प्रमुख नेपाली
ढोरपाटन नगरपालिकाले नगरका सबै वडामा जनप्रतिनिधि तथा आम सर्वसाधरण सहितको संयुक्त वडा भेला अन्तरगत शुक्रबार वडा नम्बर १ को बुर्तिबाङमा गरेको छ । नगरपालिकाबाट आर्थिक वर्ष २०७५र०७६ को बजेट कार्यान्वयन तथा सम्पादनका सन्दर्भमा वडामा विनियोजित बजेटको आम जनतालाई जानाकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ । वडा भेलामा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले नगरको विकासमा जनतासंग हरदम हातेमाले गरेर अगाडी बढ्ने, जसका लागि जनताको प्रत्यक्ष्य सहभागीता रहनुपर्ने बताए । जनताको बजेट जनताले थाहा दिनुपर्ने भएकाले यस खालको कार्यक्रमको आयोजना गरिएको बताए । विकासका निम्ती आफु हरदम खटेको बताउदै, विनियोजित बजेटको दुरुपयोग हुन नदिने बताए । नेपालीले वडाबासीको समस्यालाई मध्यनजर गर्दै तत्काल समाधान नभएका समस्याहरुलाई अबका दिनमा आवश्यकता अनुसार समाधान गर्ने उनको भनाइ छ । भेलामा उठेको खानेपानीको समस्याका बारेमा बोल्दै तत्काल नगरपालिकाका सम्पूर्ण स्थानमा एक घर एक धारा दिन नसके पनि खानेपानीको अभाव हुन नदिने गरी कार्य सञ्चालन गर्ने बताइएको छ । थप बोल्दै नेपालीले स्वाथ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही आफै सक्रिय नभएसम्म नहुने बताउँदै साथै वडा नं १ को बुर्तिबाङ बजार छिट्टै पीच गर्ने अवधारणा रहेको उनको भनाइ छ । नगर सभाबाट नगरको वडा न २ मा विभिन्न २२ वटा योजना छनौट भएका छन् । जसमा ६९ लाख १२ हजार रुपैयाँ विनियोजित भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को नगर परिषदले त्यस वडाका विभिन्न स्थानमा बजेट विनियोजन गरेको र त्यसको कार्यानवयनका जनता सचेत रहन वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले आग्रह गरे । भण्डारीले त्यस अवसरमा बोल्दै, जनताको समस्या समाधान गर्नका लागि जनताकै घरदैलोमा पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए । भेलामा स्थानीय टीकाराम दमाई, दल बहादुर भण्डारी, गोपाल महत, सुरज विश्वकर्मा, गोरे बहादुर रसाईली, लक्ष्मण कुमाल, खगिसरा पाण्डे, सोम पौबी यामु, देव विक, अशोक विसी, बागदेउ विक, तारा कुमारी विक, त्रिदेवी छन्त्याल, दिपेन्द्र श्रेष्ठ, हेमप्रसाद विश्वकर्मा लगायतले आफ्नो जिज्ञासा राखेका थिए । उनीहरुले वडाको विकास बजेट निर्माण गर्दा स्थानीय जनतालाई टोल भेला गराई समस्याको प्राथमिकिकरण गरेर बजेट निर्माण गरिनु पर्ने, बिग्रिएका सडकको मर्मत, खानेपानी समस्या समाधान लगायतका विषयमा ध्यान दिनुपर्ने, कृषकहरुका लागि कृषि कार्यक्रम, तटबन्धन लगायतका क्षेत्रमा जनताको माग संबोधन हुनुपर्ने, त्यस्तै बुर्तिबाङ बजार भन्दा माथि रहेको गरी डाडा रात्माटा विकासित स्थानको अविकसीत स्थान रहेको गुनासो गर्दै समाधानको उपाय लगायतका माग राखेका थिए ।