Saturday, November 24, 2018

पत्रकार सधै स्थायी प्रतिपक्ष भएको अध्यक्ष आचार्यको भनाई

पत्रकार सधै स्थायी प्रतिपक्ष भएको अध्यक्ष आचार्यको भनाई
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार सधै स्थायी प्रतिपक्ष रहेको बताए । उनले नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ११ औँ साधारण सभालाई सम्बोधन गर्दै पत्रकार सधै लोकतन्त्रको पक्षमा, राष्ट्रको पक्षमा र जनताको हितको पक्षमा हुने बताए । आचार्यले पत्रकार आवाज विहीनहरुको आवाज भएकाले कुनै राजनीतिक दलसँग नजिक नभई पत्रकारिताको आचारसंहिता भित्र रहेर कलम चलाउनु पर्नेमा जोड दिए । उनले थप बोल्दै देशमा संघीयता आए पनि पत्रकारितामा भने संघीयता नआएको बताउँदै गाउँ–गाउँमा सिंहदरबार आयो भने पनि पत्रकारहरुको लागि केन्द्रमै सिमित भएको दाबी गरे । पत्रकारहरुले सामान्य प्रेस काड ९पत्रकार परिचय पत्र० लिनको लागि राजधानी नै धाउनु पर्ने बाध्यता रहेको गुनासो गरे । उनले संचार माध्यमहरु स्थापना गरी संचालनमा ल्याएका पत्रकारहरुले नै अन्य पत्रकारहरुलाई तलब नदिई श्रम शोषण गर्नेहरूको थुप्रै रहेको बताए । कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले मुलुक संघीयतामा गए पनि सामान्तवादको अन्त्य नभएको बताए । उनले नेपाली समाजको लागि बाधक बनेको सामन्ती चिन्तन रहेको बताउँदै यसलाई हटाउन नसकेसम्म देशमा परिवर्तन आउन नसक्ने जिकिर गरे । सापकोटाले देशमा संघीयता सफल नभए देश खतरा तिर जाने बताए । सामन्तवादको पत्रकारहरूले भण्डाफोर गर्न जरुरी रहेको बताउँदै यसको भण्डाफोर नभएसम्म देशले मुहार फेर्न नसक्ने बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दिपेन्द्र थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावली, प्रगतिशील पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्मा, धौलागिरी टेलिभिजनका प्रबन्ध निर्दशक प्रकाश पौडेल, नागरिक समाजका संयोजक काजी गाउँले श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य हरिनारायण गौतम, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ज्ञामनाथ गैरे, तमान खोला गाउँपालिकाका अध्यक्ष जोगलाल बुढा, लगायतले मनतव्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माणका निम्ती महत्वपूर्ण भूमिका खेलेको भन्दै महासंघले ३ जनालाई सम्मान गरेको थियो । निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी भागिरथ पाण्डे र युवराज अधिकारीलाई सम्मान गरेको थियो ।

No comments:

Post a Comment