Tuesday, November 27, 2018

रिघाको बौद्ध बिहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी

रिघाको बौद्ध बिहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न जरुरी
सुरेश छन्त्याल/बागलुङ
गलकोट नगरपालिका कै एक मात्रै बिहार उदय रिघा बुद्ध बिहार गलकोट नगरपालिका–११ को आमभेला सम्पन्न भएको छ । भेलाको उद्घाटन गर्दै वडा अध्यक्ष डम्बर बहादुर श्रीसले गलकोट कै एकमात्र बौद्ध बिहारलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न काम गरि रहेको भन्दै आवश्यक सहयोग गर्न स्थानीयलाई आग्रह गरेका छन् । रिघामा बौद्ध बिहारलाई प्रमुख मानी होम स्टे लगाएतको विकास गरि आन्तरिक पर्यटन पर्वद्धन गर्न सकिने भन्दै अध्यक्ष श्रीसले आफ्नो ठाउँ निर्माण गर्ने अभियानमा सबैजना लाग्नुपर्ने बताए ।
भेलाले बिहार व्यावस्थापन समितिको पुर्नगठन गरेको छ । जसको अध्यक्षमा शेर बहादुर काउचा, उपाध्यक्षमा भिम बहादुर श्रीस, सचिवमा देवेन्द्र पुन, कोषाध्यक्षमा भिमला घर्ति, सह–सचिव पदम काउचा लगाएत ११ सदस्यीय समितिको गठन गरेको छ । भेलाले झम काउचाको संयोजकत्वमा दान बहादुर श्रीस, टंक बहादुर श्रीस, नाम बहादुर पुन, आशा राना रहेको अनुगमन समितिको गठन गरेको छ । त्यस्तै वडा अध्यक्ष डम्बर बहादुर श्रीसको संयोजकत्वमा तुल बहादुर श्रीस र तारा बहादुर पुन रहेको सल्लाहकार समितिको गठन गरेको छ ।
भेला अध्यक्ष शेर बहादुर काउचा को अध्यक्षता तथा सचिव देवेन्द्र पुनको संचालनमा सम्पन्न भएको थियो । भेलामा स्थानीय जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो । भेलामा कोषाध्यक्ष भिमला घर्तीले ५९ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । गलकोटको एक मात्र बिहारको लागि संसद विकास कोषबाट पनि १० लाख विनियोजन भएको छ ।

No comments:

Post a Comment