Saturday, November 24, 2018

उज्यालो नगर बनाउने गलकोट नगरको योजना

उज्यालो नगर बनाउने गलकोट नगरको योजना
उज्यालो हरिचौर अभियानको सफलताको लागि सहकार्य गर्न तयार रहेको गलकोट नगरपालिकाले जनाएको छ । अभियान सकारात्मक परिवर्तनको आधार रहेको बताउँदै नगर उप–प्रमुख रेनुका काउचाले गलकोट नगरपालिकालाई नै उज्यालो बनाउने सुरुवातको काम हरिचौरबाट भएको बताइन् । काउचाले भनिन् ‘समृद्धि र सुरक्षित आभाषको सुचक समेत उज्यालो हो, अभियान सुरुवात गलकोट नगरपालिकाकै युवाहरुको सक्रियाताबाट भएको छ, नगरपालिकाले अभियानमा साथ दिन तयार छ ।’ काउचाले अभियानको उद्देश्य बमोजिम काम गर्नुपर्ने बताउदै, नगरपालिकाले युवाको साथमा काम गर्ने योजना रहेको बताइन् । काउचाले गलकोटका सबै सडक, नगरपालिकाका भित्रका सम्पुर्ण बजार क्षेत्र लगाएतका स्थानमा अभियान सञ्चालन गरी उज्यालो नगर बनाउने योजनामा रहेको बताईन् । संघीय सांसद देवेन्द्र पौडेलले भैली अभियानमा तत्कालै ५१ हजार सहयोग गरी दिगो तथा व्यवस्थित रुपमा अभियान सञ्चालन भएमा अझै सहयोग गर्ने तथा प्रदेश र केन्द्रमा समेत पहल गर्ने बताएका अभियानका सदस्यहरु बताउछन् । गलकोट नगरपालिका नगर कार्यपालिका सदस्य कमला ढकालले उज्यालो अभियान, सुन्दर सडक बिस्तार, लगाएतका काम गर्न सकेमा पर्यटकको आर्कषण समेत बढ्ने बताइन् । उज्यालो हरिचौर अभियानको पहिलो चरणको काम शनिबार सम्पन्न भएको छ । गलकोट नगरपालिका वाड नम्बर ५ हरिचौरमा सञ्चालन गरिएको उक्त अभियान अन्तरगत तल्लो बजारदेखि हरिचौर बजार हुँदै विद्युत सव स्टेशनसम्मको क्षेत्रमा विद्युत तथा वल्ब जडान कार्य सम्पन्न भएको अभियानका सयोजक हिरा बहादुर थापाले जनाकारी दिए । बागलुुङ जिल्लाकै एैतिहासिक क्षेत्र २०१७ चैत्रसम्म हरिचौरमा जिल्ला सदरमुुकाम रहेको क्षेत्र एवं गलकोटे राजाको दरबारले परिचित हरिचौर पछिल्लो समय उज्यालो हरिचौरको रुपमा चर्चामा आएको छ । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ मा गलकोट नगरपालिका वडा नम्बर ५ को मुख्य सडक उज्यालो बनाउन सोलार स्टेट लाईट को योजनामा केही बजेट विनियोजन गरेको भएपनि काम सुरु हुन सकेको थिएन् । वाडमा कुनै त्यस्तो यस वर्षको योजना निर्माण नभएको भएपनि उज्यालो हरिचौर बनाउने लक्ष्य अनुसार अहिले दिन प्रतिदिन सुन्दर हरिचौर, उज्यालो हरिचौर, नमुना हरिचौरको अभियानले सार्थकता पाएको सदस्य इल्सन थापाको बुुझाई छ । अहिलेसम्म हरिचौरको बजार क्षेत्रमा तथा बजार जोड्ने सडकमा करिब ४५ ओटा वल्बको जडान गरिएको भरत खत्रीले जनाकारी दिए । करिब १ सय ६६ घर परिबारलाई प्रत्यक्ष फाईदा हुने गरि सञ्चालन गरिएको अभियानको पहिलो चरणमा ४० ओटा बिद्युुतिय पोलमा बल जडान गरिएको सुमन बस्नेतले जनाकारी दिए । बिहान बेलुकाको अध्यारो समयमा बत्तीले साहारा दिने भएकोले उज्यालो हरिचौर अभियान सबैको साथि बन्ने स्थानीय दल बहादुर पुनले बताए । पुनले सबैले साथ दिए राम्रो कामको सुरुबात हुन्छ भन्ने उदाहरणको रुपमा उज्यालो हरिचौर अभियानलाई लिनुुपर्ने बताए । हरिचौर बजार क्षेत्र सगंै अहिले वडा नम्बर ५ को भैसे बजार क्षेत्रमा समेत अभियान सञ्चालन गर्न स्थानियले आग्रह गरको अभियानका सदस्य मिलन केसीले जानकारी दिए । उनले भने ‘देउसी भैलीबाट संकलित रकम कम छ, तै पनि हामी सिसिटिभि तथा सोलार लाईटको लागी पहलमा छौँ, सहयोग पाएमा उक्त क्षेत्रलाईपनि उज्यालो पार्ने बनाउने छौँ ।’ उज्यालो हरिचौर अभियानको रुपमा सडक बत्ति जडान लगायतका काम गर्न पाउदा खुसी लागेको स्थानिय सुमन शर्मा निउरे र किसान ढकालको भनाई छ ।

No comments:

Post a Comment