Tuesday, November 27, 2018

गलकोटको सबैतिर पर्यटकीय क्षेत्र, विकास गर्न नगरले गुरुयोजना तयार गर्ने

गलकोटको सबैतिर पर्यटकीय क्षेत्र, विकास गर्न नगरले गुरुयोजना तयार गर्ने
सुरेश छन्त्याल/ बागलुङ
पर्यटनको माध्यमबाट वाडलाई आर्थिक टेवा दिने उदेश्यले गलकोट पाण्डवखानीको सिद्धथान डाडाँमा १० लाखको लागतमा रमणिय वनभोज स्थल निर्माण गरिएको छ । गलकोट नगरपालिकाबाट गत वर्ष विनियोजित १० लाखको बजेटबाट ५ रोपनी जग्गामा तारबार गर्नुका साथै ३ ओटा टहरा समेत निर्माण गरिएको होे । गलकोटको पर्यटकीय क्षेत्र घुम्टे जाने बाटोको आडैमा भएर पनि प्रचुर सम्भावना बोकेको पर्यटकीय क्षेत्र सिद्धथान ओझेलमा परेको छ ।
पाण्डवखानीका विभिन्न क्षेत्रहरुसँगै रिघा, गुल्मीका विभिन्न भागको दृश्य देख्न सकिने सिद्धथान महत्वपूर्ण पर्यटकीय क्षेत्र हो तर प्रचार प्रसारको अभावमा आन्तरिक पर्यटक समेत निकै न्युन देखिएको छ । भौतिक पूर्वाधारको विकास नहुँदा पर्यटकलाई त्यहाँ पुग्न समस्या हुने गरेको छ । अग्लो स्थान भएकाले सिद्धथान मनोरम हिम श्रृंखला अवलोकन गर्न सकिन्छ । प्रत्येक वर्ष बैशाख पुर्णिमाका दिन उक्त स्थानमा ठूलो मेला लाग्ने गर्दछ ।
मेला लाग्ने ठाउँसँगै जोडिएको उक्त स्थानलाई विकास गर्नका लागि वाड कार्यालयले विशेष योजना बनाएको वाड अध्यक्ष तिलक घर्तिले बताए ।
घर्तीका अनुसार उक्त स्थानमा पहिलो चरणमा प्रवेशद्वार, बगैचा, खानेपानीको ब्यवस्था गर्ने बताए । वडालाई समृद्ध गराउनका लागि सिद्धथानलाई वनभोज स्थलको रुपमा विकास गनुपर्ने आवश्यकता देखिएको घर्तीको भनाई छ । नजिकै करिब १ लाख ५० हजारको लागतमा महिला र पुरुषका लागि शौचालय समेत निर्माण गरेको बताए ।
समथर भू–भाग भएका कारण पनि सिद्धथान वनभोज स्थलका लागि उपयुक्त गन्तव्य मानिएको समाजसेवी मानसिङ छन्त्यालले बताए । समुन्द्री सतहदेखि करिब १९ सय मिटर उचाईमा रहेको सिद्धथान डाडाँमा प्रत्येक वर्ष विद्यालय, विभिन्न संघ, सस्था, आमा समुह, क्लवहरु वनभोजका लागि जाने गर्छन् । भ्यू टावर, वनभोज स्थलको निर्माण सर्न सके पर्यटक भित्राउन सकिने वाड अध्यक्ष घर्तिको भनाई छ ।
स्थानीय तहको आर्थिक स्रोतलाई वृद्धि गर्न यस्तो प्राकृतिक स्थलको विकासमा ध्यान दिनुपर्ने आवश्यकता रहेको स्थानीयको भनाई छ । सिद्धथानमा सुन्दर पोखरी समेत रहेको छ । उक्त स्थानमा अहिलेसम्म दर्जनौ गितहरुको छायाङकन समेत गरिएको छ । पोखरी र मन्दिरले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि समेत यसले मद्दत गर्नसक्छ । मन्दिर र पोखरीको समेत संरक्षण गर्न सके आन्तरिक र बाह्य पर्यटन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
गलकोटको महत्वपूर्ण धार्मिक एवं पर्यटकीय स्थल घुम्टे, निलुवा लगायतका ठाउँमा घुम्न आउने पर्यटकहरुलाई सिद्धथान घुमाउनसके गलकोट नगरपालिकाको आर्थिक गतिविधिमा वृद्धि हुन सक्ने स्थानीयको भनाई छ । सिद्धथान सहित समग्र गलकोटको पर्यटकीय क्षेत्रको विकास लागि गुरुयोजना बनाएर अघि बढ्ने सोँच रहेको गलकोट नगरपालिकाका नगर उप–प्रमुख रेनुका काउचा मगरले बताईन् ।

No comments:

Post a Comment