विकास निर्माणमा जनतासँग हातेमाले गर्ने–नगर प्रमुख नेपाली
ढोरपाटन नगरपालिकाले नगरका सबै वडामा जनप्रतिनिधि तथा आम सर्वसाधरण सहितको संयुक्त वडा भेला अन्तरगत शुक्रबार वडा नम्बर १ को बुर्तिबाङमा गरेको छ । नगरपालिकाबाट आर्थिक वर्ष २०७५र०७६ को बजेट कार्यान्वयन तथा सम्पादनका सन्दर्भमा वडामा विनियोजित बजेटको आम जनतालाई जानाकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताइएको छ । वडा भेलामा बोल्दै ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले नगरको विकासमा जनतासंग हरदम हातेमाले गरेर अगाडी बढ्ने, जसका लागि जनताको प्रत्यक्ष्य सहभागीता रहनुपर्ने बताए । जनताको बजेट जनताले थाहा दिनुपर्ने भएकाले यस खालको कार्यक्रमको आयोजना गरिएको बताए । विकासका निम्ती आफु हरदम खटेको बताउदै, विनियोजित बजेटको दुरुपयोग हुन नदिने बताए । नेपालीले वडाबासीको समस्यालाई मध्यनजर गर्दै तत्काल समाधान नभएका समस्याहरुलाई अबका दिनमा आवश्यकता अनुसार समाधान गर्ने उनको भनाइ छ । भेलामा उठेको खानेपानीको समस्याका बारेमा बोल्दै तत्काल नगरपालिकाका सम्पूर्ण स्थानमा एक घर एक धारा दिन नसके पनि खानेपानीको अभाव हुन नदिने गरी कार्य सञ्चालन गर्ने बताइएको छ । थप बोल्दै नेपालीले स्वाथ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही आफै सक्रिय नभएसम्म नहुने बताउँदै साथै वडा नं १ को बुर्तिबाङ बजार छिट्टै पीच गर्ने अवधारणा रहेको उनको भनाइ छ । नगर सभाबाट नगरको वडा न २ मा विभिन्न २२ वटा योजना छनौट भएका छन् । जसमा ६९ लाख १२ हजार रुपैयाँ विनियोजित भएको छ । आर्थिक वर्ष २०७५÷०७६ को नगर परिषदले त्यस वडाका विभिन्न स्थानमा बजेट विनियोजन गरेको र त्यसको कार्यानवयनका जनता सचेत रहन वडा नम्बर १ का वडा अध्यक्ष चित्र बहादुर भण्डारीले आग्रह गरे । भण्डारीले त्यस अवसरमा बोल्दै, जनताको समस्या समाधान गर्नका लागि जनताकै घरदैलोमा पुगेर समस्या समाधान गर्ने प्रयास गरिरहेको बताए । भेलामा स्थानीय टीकाराम दमाई, दल बहादुर भण्डारी, गोपाल महत, सुरज विश्वकर्मा, गोरे बहादुर रसाईली, लक्ष्मण कुमाल, खगिसरा पाण्डे, सोम पौबी यामु, देव विक, अशोक विसी, बागदेउ विक, तारा कुमारी विक, त्रिदेवी छन्त्याल, दिपेन्द्र श्रेष्ठ, हेमप्रसाद विश्वकर्मा लगायतले आफ्नो जिज्ञासा राखेका थिए । उनीहरुले वडाको विकास बजेट निर्माण गर्दा स्थानीय जनतालाई टोल भेला गराई समस्याको प्राथमिकिकरण गरेर बजेट निर्माण गरिनु पर्ने, बिग्रिएका सडकको मर्मत, खानेपानी समस्या समाधान लगायतका विषयमा ध्यान दिनुपर्ने, कृषकहरुका लागि कृषि कार्यक्रम, तटबन्धन लगायतका क्षेत्रमा जनताको माग संबोधन हुनुपर्ने, त्यस्तै बुर्तिबाङ बजार भन्दा माथि रहेको गरी डाडा रात्माटा विकासित स्थानको अविकसीत स्थान रहेको गुनासो गर्दै समाधानको उपाय लगायतका माग राखेका थिए ।
Saturday, November 24, 2018
विकास निर्माणमा जनतासँग हातेमाले गर्ने–नगर प्रमुख नेपाली
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment