रक्सी पियपछी झुक्कियर पनि नगर्नुहोस् यी ५ काम नत्र तपाइको ज्यान जान सक्छ..
रक्सि पिउनु हाम्रो लागि सामान्या कुरा हो।जुनसुकै समय पनि हामी पिउने गर्छौ तर हजुरले ख्याल गर्नुभएको छ?यदि हामिले रक्सी पियपछी यी कुराको ख्याल राखेनौ भने हाम्रो ज्यान जान सक्छ?आउनुहोस् जानी राखौ
(१) औषधी नलिनुस्
रक्सी धेरै वा थोरै जति पिएपनि लगत्तै औषधी नखानुस् । रक्सी पिएर टाउको दुख्यो वा अरु कुनै समस्या आयो भनेर तुरुन्तै कुनै औषधी लिनुभयो भने तपाईको ज्यान पनि जान सक्छ । बेलायतको नेशनल इन्स्टिच्यूट अफ हेल्थले गरेको अनुसन्धानमा रक्सी र औषधीको फ्यूजन शरीरमा भए दिल, दिमाग दुवैमा असर गर्छ भनेर पुष्टि गरिएको छ । यति मात्रै होईन, दीर्घ रोगको समेत खतरा बढ्छ ।
२) गाडी नहाक्नुस्
रक्सी पिएपछि मानसिक सन्तुलन थोरै भएपनि बिचल्लित हुन्छ । यस्तोमा गाडी आफैैले नहाक्नुस् । तपाईले गाडी हाँक्दा तपाईको लागि त खतरा छ नै, अरु कसैको ज्यान लिने काम समेत हुन सक्छ । तपाई आफू रक्सी पिएर अरुको ज्यान किन लिने ?
३) फोटो नखिच्नुस्
रक्सीको नसामा लठिएर कहिल्यै फोटो नखिचाउनुस् । झन् फेसबुक, ट्वीटर वा अन्य कुनै साईटमा अपलोड गर्ने काम त सोच्दै नसोच्नुस् । यसो गर्नुभयो भने तपाईको अफिसको बोस देखी घरसम्म कुरा पुग्छ । र, तपाईले जागिरबाट हात धुनेदेखी घरका सदस्यको हेला समेत खेप्नुपर्ने हुन्छ ।
४) पुरानो प्रेमबारे नबोल्नुस्
रक्सी पिएपछि मान्छेहरु मदहोसी हुन्छन् । कतिलाई पुरानो प्रेमका बारेमा झल्को आउँछ । तर, सावधान ! यस्तो बेला पुरानो प्रेमीसँग फोनमा वा प्रत्यक्ष कुरा नगर्नुस्, कुरा झन् बिग्रन सक्छ ।
५) कसैमाथी नझम्टनुस्
रक्सीले मान्छेलाई केही समयका लागि ‘बलियो’ बनाइदिन्छ । यस्तोमा तपाई बाउन्सर वा अरु कोही माथी जाइलाग्नुभयो भने धेरै महँगो सावित हुन्छ । त्यसैले संयमित भएर पिउने गर्नुस् ।
Friday, November 16, 2018
रक्सी पियपछी झुक्कियर पनि नगर्नुहोस् यी ५ काम नत्र तपाइको ज्यान जान सक्छ..
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment