बृद्धबृद्धा र अशक्तलाई घरमै पुगेर प्रभु बैँकले खाता खोलिदिएकोमा प्रशंसा !
गल्कोट २०७५ मंसिर २
सुरेश छन्त्याल/ पाण्डबखानी
प्रभु बैंक लिमिटेड र गल्कोट नगरपालिका १० पाण्डबखानीकाे संयुक्त आयोजनामा अशक्त अपांग
बृद्धाहरुको सामाजिक सुरक्षा भत्ताको सुविधालाई ध्यानमा राख्दै हिजाे पाण्डवखानीकाे रमुवामा पुगेर सेवाग्राहीहरुको नाममा बैँक खाता खोलिएको थियाे।बैंक स्टाफ शिशिर मल्लका अनुसार हिजाे रमुवामा सामाजिक सुरक्षा भत्ता पाउने ८५ जना बृद्धबृद्धा, अशक्तहरुको नाममा खाता खोली दिएको भन्ने जानकारी प्राप्त भएको छ । वडा नं १० का वडाध्यक्ष तिलक घर्तीले रमुवा बाट गल्कोट हटियामा आएर खाता खोल्न निकै असुविधा हुने हुँदा बैकका कर्मचारी नै रमुवामा पुगेर खाता खोलिदिएकोमा खुसी व्यक्त गर्दै धन्यवाद दिएका थिए ।
अाज बैँकका टोली पाण्डवखानी वडा कार्यालयमन पुगेर पहिला खाता खोल्न छुटेका सेवाग्राहीहरुको पनि खाता खोलिएकाे बैँक कर्मचारीले जानकारी दिएका छन् । रमुवामा प्रभु बैंकका स्टाफ शिशिर मल्ल, विपिन थापा र प्रकाश सुवेदी पुगेका थिए । भने अाज पाण्डबखानी वडा कार्यालयमा २५० जनाले सेवा लिएको बैंकका कर्मचारी शिशिर मल्लले जानकारी दिनुभएको छ।
Sunday, November 18, 2018
बृद्धबृद्धा र अशक्तलाई घरमै पुगेर प्रभु बैँकले खाता खोलिदिएकोमा प्रशंसा !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment