Thursday, April 30, 2020
पूर्व माओवादी मन्त्रीहरू सामूहिक राजीनामा दिने तयारीमा
बागलुङ,१८ वैशाख
सुरेश छन्त्याल
बालुवाटारले हस्ताक्षर अभियान सुरु गरेर पार्टी एकतामाथि खलल पुर्याउने खोजे पूर्वमाओवादी केन्द्रका ६ जनै मन्त्रीहरु रामबहादुर थापा बादल, लेखराज भट्ट, बिना मगर, रामेश्वर राय यादव, वर्षमान पुन र शक्ति बहादुर बस्नेतले राजीनामा दिनेसम्मको तयारी गरेको स्रोतको दाबी छ ।
प्रचण्डनिकट उच्च स्रोतको दाबीअनुसार पूर्व माओवादी केन्द्र खेमाका कुनैपनि सांसद प्रधानमन्त्री ओलीको पक्षमा नउभिने र वारपारको अवस्था आए अध्यक्ष दाहाललाई नै साथ दिने उनीहरुको भित्री तयारी छ । त्यतिमात्रै नभएर, ओली हटाउनेबारे आजको सचिवालय बैठकमा अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव कुमार नेपाले संयुक्त प्रस्ताव लगे नेता नेपालनिकट मन्त्रीहरु घनश्याम भुषाल र यागेश भट्टराईले पनि पदबाट राजीनामा दिने र ओलीविरुद्ध उभिने मनशाय बनाएका छन् ।
यसअघि प्रधानमन्त्री ओलीको पक्षमा उभिने भनेर चर्चामा आएको पूर्व माओवादी केन्द्र खेमाका मन्त्री लेखराज भट्टले हस्ताक्षर अभियानमा सहभागी नहुने बताउन थालेको स्रोतको दाबी छ । आफू पार्टी एकताको पक्षमा रहेको अहिले हस्ताक्षर अभियान चलाउन नहुने उनको भनाई छ । तर, यदि हस्ताक्षर अभियान नै चलाएर एकता भाँड्ने प्रयास भए आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिने उनले आफूनिकट नेताहरुसँग बताउन थालेका छन् । भट्टले आजमात्रै अध्यक्ष दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेको स्रोतको दाबी छ ।
सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीनिवास बालुवाटारमा ओली पक्षधर सांसदहरुको भेला भएको र ओलीको पक्षमा प्रचण्डनिकट सांसदहरुले समेत हस्ताक्षर गर्ने समाचार बाहिर आएपछि पूर्व माओवादी केन्द्र खेमाका सांसदहरु ओलीको कदमलाई लिएर सशंकित बनेका छन् । सचिवालय बैठकमा ओलीलाई साथ दिएका रामबहादुर थापा बादलले समेत प्रचण्डलाई आज भेटेका थिए । उनले आफूले अन्तिम अवस्थामा दाहाललाई नै साथ दिने स्पष्ट संकेत दिएका छन् ।
Wednesday, April 29, 2020
पाण्डबखानीमा आकस्मिक बैठक सम्पन्न ।
Sunday, April 26, 2020
लकडाउनले आर्थिकमा ठुलो क्षति पुर्यायाे :- प्रबन्धक घर्ति
:- प्रबन्धक घर्ति
गलकोट,१४ बैशाख
सुरेश छन्त्याल
गलकोट नगरपालिका १० पाण्डबखानीमा रहेको सप्तरङ्गी बचत तथा श्रृण सहकारी संस्था लिमिडेटद्घारा बैकिङ्ग प्रणली मार्फत रिचार्ज टास्फर गरेको छ ।
Friday, April 24, 2020
८५ जना आज गलकोट भित्रिए,फेरि बढ्यो जोखीम
गलकाेट, १२ वैशाख
पाण्डबखानी अनलाइन खबर
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनको कारण देशका विभिन्न जिल्लाबाट आफ्नो आफ्नो जिल्ला फर्कन नपाएका व्यक्तिहरु फर्केका छन् ।
गत चैत्र ११ गतेबाट लकडाउन सुरु भएसँगै आफ्नो घर फर्कन नपाएका व्यक्तिहरु विभिन्न व्यक्ति तथा संघ संस्थाको पहलमा घर फर्कका हुन् ।
आज बिभिन्न स्थानबाट गलकोट नगरपालिकामा ८५ जना स्थानियबासी प्रबेश गरेका छन् । गलकोट नगरपालिकाका जनप्रतिनिधी स्वास्थ्य कर्मी र सुरक्षाकर्मिहरुले सामान्य स्वास्थ्य जाँच सहित चौराहमा स्वागत गरेका छन् ।
गलकोट नगरपालिका वडा नम्वर १ का ८ जना, वडा नम्वर २ का ९ जना, वडा नम्वर ३ का ८ जना वडा नम्वर ४ का १८ जना, वडा नम्वर ५ का ७ जना, वडा नम्वर ६ का ७ जना, वडा नम्वर ७ का ५ जना, वडा नम्वर ८ का ९ जना, वडा नम्वर ९ का ६ जना, वडा नम्वर १० का ३ जना, वडा नम्वर ११ का ५ जना, गरि ८५ जना प्रबेश गरेका छन् ।
३९ जना महिला र ४६ पुरुष गरि ८५ कुल जना स्थानिय गलकोट मा प्रवेर गरेको गलकोट नगरपालिकाका प्रबत्ता हिम बहादुर भण्डारी हेमन्तले जानकारी दिनुभयो ।
Thursday, April 23, 2020
सिंगापुरे लाहुरेहरु द्वारा ८६ जनाअपाङ्गहरु लाई खद्द्न्न सहयोग
गलकाेट, ११ वैशाख
पाण्डबखानी अनलाइन खबर
Sunday, April 19, 2020
पाण्डबखानी लगाएत विभिन्न स्थानमा पानी सहित चट्याङ
सुरेश छन्त्याल
गलकाेट, ८ वैशाख
गलकाेट नगरपालिका १० पाण्डबखानी सहित केही भेगमा हिजाे ठुलाे पानी सहित चट्याङ, हावाहुरी र असिना ले कृषकहरुले मेहनत गरि लगाएकाे मकै, काेदाे, सेमी, गाेपी, साग, लगाएत तरकारी बाली नाली नष्ट गरेकाे छ । दिउसाे चर्काे घाम लागेपनि दिउसाे भने ठुलाे पानी सहित हावा हुरी, असिना र चट्याङ पर्ने हुदा अब हाम्रो मेहनत वालुवामा पानी खनाए जस्ताे भयाे भन्दै कृषकहरु चिन्तित देखिएका छन् यसरी बारम्बार ठुलाे पानी पर्दा अर्काे पटक पनि यस्तै त हुने हाेला भन्ने कृषकहरुकाे भनाइ रहेकाे छ। विश्व व्यापीरुपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे डरले चिन्तित बने संगै अझ त्यसमाथि यस्ताे प्राकृतिकले हामिमाथि ठुलाे चुनाैती दिएकाे छ, भन्दै अब त खेतीपातीकाे त झनै आस हरायाे भन्ने हरु पनि धेरै छन् । यता अाफ्नाे गाउँ खेति छाेडि बजार, विदेश लागेका केही मानिसहरु भने अब गाउँमै फर्केर अाफ्नाे बाजाे रहेकाे खेती चलाउनु पर्छ भन्ने केही मानिसहरु पनि भेटिएका छन्। त्यस्तै पाण्डबखानीमा रहेकाे माउखाेला लघुजल विधुत अायाेजाबाट संचालन रहेकाे विधुतकाे क्षमताभन्दा कम भए पछि माेबाइल चार्ज गर्न, खाना पकाउनबाट बन्चित भएका छन्, भने टिभि हेर्न , फनिचर चलाउने त कुरै नगराै राति पाैने ९ बजे देखि विधुत काे पावर बढ्ने हुदा बल्ल माेबाइल चार्ज गर्न र फनिचर चलाउने पावर अाउदा स्थानीयहरु विधुतकाे पावर कतिबेला अाउछ भन्दै समय हेर्दै बस्ने गर्दछन् विधुतकाे क्षमता १६ किलाे रहेता पनि पानीकाे कमिले गर्दा पावर कम अाउने गरेकाे व्यवस्थापन समितिले जनाएकाे छ । कुल २५० उपभोक्ता रहेकाे अायाेजनाबाट कुटानीपिसानी समेत हुने हुदा अहिले सम्म लाइनकाे कुनै ठेगना नै हुदैना कतिबेला लाइन अाउछ जान्न टुङ्गै हुदैना।
लाइनमा केही समस्या या बिक्रियाे भने बुटवल लैजानु पर्छ त्यसलाइ बनाउन लैजान र ल्याउन करिब १ हप्ता कुर्नु पर्ने बाध्यता रहन्छ ।
Saturday, April 18, 2020
रिघामा भेटिएका अपरिचत व्यक्तिको उद्धार
Friday, April 17, 2020
गलकोट नगरपालिकाले राहातको समिक्षा गर्यो
गलकोट नगरपालिकाले राहातको समिक्षा गर्यो
गलकोट नगरपालिका नगरकार्यपालिकाको बैठक सम्पन्न भएको छ ।

बैठकले गलकोट नगरपालिकाका विभिन्न वडामा वितरण गरेको राहातको समिक्षा गरेको छ । हाल सम्म गलकोट नगरपालिकाबाट वडा नं १ मा ७५, वडा नं २ मा ९४, वडा नं ३ मा ३ सय ३०, वडा नं ४ मा ९६, वडा नं ५ मा १ सय ५०, वडा नं ६ मा १ सय ४१ वडा नं ७ मा १ सय ७४, वडा नं ८ मा १ सय २०, वडा नं ९ मा १ सय ७१, वडा नं १० मा १ सय ४०, वडा नं ११ मा १ सय ५० विपन्न परिवारलाई राहात वितरण गरिसकेको जानकारी गराइएको थियो ।
गलकोट नगरपालिकामा १ सय २८ जनामा यापिड टेस्ट गरिएकोमा सम्पुर्ण रिर्पोट नेगेटिभ आएकोले नआतिई स्वास्थ्य सेवालाई थप व्यवस्थित बनाउने निर्णय गरिएको छ । गलकोट नगरपालिकामा अहिले सम्म २३ शैयाको विभिन्न ठाँउमा क्वारेन्टाइन निर्माण गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो ।
बैठकले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी बनाउने, गलकोटमा समेत कोरोना भाइरसको उच्च जोखिम भएकोले गलकोट नगरपालिका छिर्ने मुख्य नाका गलकोट नगरपालिका वडा नं १ को चौराहामा हेल्थ डेक्स स्थापना गरि स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्ने, स्वास्थ्य संग सम्बन्धित मार्गनिर्देशिका तयार गर्ने, गलकोट नगरपालिका वडा नं ८ र मुसिकोट नगरपालिकाको सिमाना काँडेबासमा चेकपोष्ट सञ्चालन गर्ने लगायतका निर्णय गरेको नगरप्रमुख गैरेको भनाई छ । नगरपालिकाले एकद्धार प्रणाली मार्फत राहात वितरण गर्दै गर्दा विभिन्न सामाजिक संस्थाले राहात सहयोग तथा सहजीकरण गरेकोले सबै संघ संस्था प्रति आभार व्यक्त गर्ने निर्णय गरेको गलकोट नगरपालिकाका प्रशासकिय अधिकृत तुल बहादुर बि.कले जानकारी दिनुभयो ।
नगरपालिकाले कोरोना भाइरस रोकथामका लागि सञ्चालनमा ल्याएको नगरप्रमुख दैवी प्रकोप राहात कोषमा सहयोग गर्ने गलकोट बहुउदेश्यि सहकारी संस्था, सयपत्रि बहुउदेश्यि सहकारी संस्था र गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापालाई हार्दिक आभार व्यक्त गर्दै नगरपालिकाको दैवी प्रकोप राहात कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको गलकोट नगरपालिकाका नगरउपप्रमुख रेनुका काउचाले जानकारी दिनुभयो ।
नगरपालिकाले कोरोना भाइरस कोभिड १९ बाट बच्न सचेत रहि घरमै बस्न आग्रह गरेको छ । नगरपालिकाले घरमा बस्दै गर्दा स्वास्थ्यमा सामान्य समस्या आएमा गलकोट नरपालिकाले सञ्चालन गरेको हेलो डाक्टर कार्यक्रममा सहभागि हुन आग्रह समेत गरेको छ ।
बैठक गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत शिशिर पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Tuesday, April 14, 2020
पर्यटकीय लेक घुम्टे नयाँ वर्षमा सुनसान, गुराँस उत्सव सम्झनामा मात्र
पर्यटकीय लेक घुम्टे नयाँ वर्षमा सुनसान, गुराँस उत्सव सम्झनामा मात्र
गलकाेट, २ वैशाख ।
पाण्डबखानी अनलाइन खबर
अवस्था ठिकठाक हुन्थ्यो भने यसबेला घुम्टेलेकमा पर्यटक भरिन्थे । विसं २०७७ लाई तीन हजार १२० मिटर उचाइबाट स्वागत गर्थे । नयाँ वर्षको छेकोमा घुम्टे उक्लेका पर्यटक गुराँस उत्सवमा रमाउँथे । तर यो पालि गुराँस उत्सव सम्झिइयो मात्र । गुराँस पनि फुल्नै मात्र भयो । गए वर्षान्तको साँझ कोही पनि घुम्टे चढेनन् । घुम्टेबाट न कसैले सूर्यास्त अवलोकन गरे, न सूर्योदय । घुम्टे साइँला…पनि गुञ्जिएन, न नाचियो सोरठी ।
झण्डोत्तलन, अवलोकन यात्रा, झाँकी प्रदर्शनी, ‘क्याम्प फायर’ सबैसबै केवल स्मृतिमा सीमित रहे । कोभिड–१९ को विश्वव्यापी सन्त्रासबीच यो वर्ष गुराँस उत्सवमा पनि विराम लाग्यो । गलकोटस्थित पर्यटकीय लेक घुम्टे नयाँ वर्षमा सुनसान बन्यो ।आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्र यसपालि पनि उत्सवको तयारीमा जुटेको थियो । “हामी व्यवस्थापन र पूर्वतयारीका काममा लागेका थियौँ”, केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले भन्नुभयो, “कोरोना भाइरसका कारण एक्कासि उत्सव रोक्नुपर्ने परिस्थिति बन्यो ।”
Monday, April 13, 2020
खुला सीमा सधैंका लागि बन्द गरौं’
‘खुला सीमा सधैंका लागि बन्द गरौं’
गलकाेट, २ वैशाख
यसरी मनाइयो आँठौ लालिगुँरास उत्सव
यसरी मनाइयो आँठौ लालिगुँरास उत्सव
गलकाेट,१ वैशाख
पाण्डबखानी अनलाइन खबर
गलकोटको घुम्टेमा प्रत्येक वर्ष आयोजना गरिने लालिगुराँस उत्सव यस वर्ष भिडियो कन्फेन्स्र मार्फत शुभकामना आदानप्रदान गरि मनाइएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले प्रत्येक वर्ष बैशाख १ गते घुम्टे लेकमा मनाउदै आइरहेको लालिगुरास उत्सव यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको कारण केन्द्रका कार्यसमिति बिच भिडियो कन्फेन्स्र मार्फत शुभकामना आदन प्रदान गरि आठौ लालिगुराँस उत्सव २०७७ मनाइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । नयाँ वर्षको आगमन सँगै गलकोटको घुम्टेमा प्रत्येक वर्ष बैशाख १ गते लालिगुराँस उत्सव गरिदै आएको छ । भिडियोे कन्फेन्स्र मार्फत कार्यसमितिले वैशाख १ लाई लालिगुराँस दिवस को रुपमा मनाउने, घुम्टे पहाडलाई लालिगुरास पहाडको रुपमा घोषणा गर्ने, लगायतका माग सहित स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । केन्द्रले राष्ट्रिय फुल लालिगुराँसको संरक्षण संर्वदनको लागि जंगलमा रहेको लालिगुराँसको रुख संरक्षण गर्ने, घुम्टे क्षेत्रमा रहेका सामुदायिक वनमा लालिगुराँसका विरुवाहरु रोप्न अनुरोध गर्ने, लगायतका निर्णय गरेको छ । केन्द्रले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण रुपमा पालन गर्न अनुरोध गर्दै लकडाउनको समयमा घुम्टे लेकमा नजान आग्रह गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जानकारी दिनुभयो ।
हेलिकप्टरमा पोखरा पठाइएकी बागलुङकी गर्भवती महिलाको मृत्यु
हेलिकप्टरमा पोखरा पठाइएकी बागलुङकी गर्भवती महिलाको मृत्यु
गर्भवती हुन गाह्रो भएपछि सोमबार विहान ८ बजे प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याएकी ३३ बर्षिया भीमा पाण्डेलाई उपचारको लागि पोखरा पठाइएको थियो । उनको उपचारको लागि गण्डकी अस्पताल पोखरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपि नवराज भट्टले जानकारी दिनुभयो । उनलाई अस्प्तालमा पुर्याउँदा डाक्टरले मृत्त घोषणा गरेका थिए ।पाठेघर भन्दा बाहिर गर्भबसी पाढेघरको नली फुटेर अधि रक्तश्राव भएको अवस्थामा बुर्तिबाङको प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । त्यहाँ उपचार सम्भवन नभएपछि एम्बुलेन्समा धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याउन लागेपछि अधिक रक्तश्राव भएपछि बडिगाड गाउँपालिकाको कार्यालयबाट हेलिकप्टर मार्फत पोखरा पठाएको थियो ।
साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधी २०७५’ अनुसार हेलीकप्टरबाट निशुल्क उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख गौलोचन शैजुले जानकारी दिनुभयो ।
कार्यविधी अनुसार लगातार लामो प्रसव व्यथा लागेका, बच्चा जन्मिन कठिनाई भएका, गर्भमानै बच्चाको मृत्यु भएको, गर्भवस्थामा हात खुट्टा शरिर सुन्निएको, अधिक रक्ताश्राव भएको, रक्त अल्लपता भएका दुर्गम हिमाली र पहाडी ३४ जिल्लाका महिलालाई निशुल्क हवाई उद्धार गरिन्छ ।
यो कार्यविधीमा उल्लेख भए अनुसार गण्डकी प्रदेशका बागलुङ, म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाका गर्भवती तथा सुत्केरी महिलालाई सरकारले निशुल्क उद्धार गर्ने गरेको छ ।
Saturday, April 11, 2020
गलकोटमा आईतवार कोरोना परिक्षण हुने
गलकाेट,२९ चैत
पाण्डबखानी अनलाइन खबर
विश्वब्यापी रुपमा माहामारीको रुप लिएको कोरोना (कोभिड १९)को परिक्षण शुक्रबार गलकोटमा हुने भएको छ ।
गत चैत १ गते देखी पछि भारत लगायत अन्य विदेशी मुलुकबाट गलकोट घरमा फर्किएका नागरिकहरुको कोभिड १९को परीक्षण गरिने गलकोट नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चैत ३० गते गलकोट नगरपालिका वडा नम्वर ११ रिघा तथा गलकोट बहुमुखी क्याम्पस हटिया गरी दुई स्थानमा कोरोना टेस्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनराज गैरेले जानकारी दिनुभयो ।
गैरेका अनुसार रिघामा गलकोट नगरपालिका वडा नम्वर ११ रिघामा बिदेशबाट आएका स्थानियको कोरोना परिक्षण गरिने छ भने गलकोट बहुमुखीक्याम्पसमा गलकोट नगरपालिका वडा नम्बर १ देखी १० सम्मका बिदेशबाट आएका स्थानियको कोरोना परिक्षण गरिने छ । गलकोटको हटियामा हुने परिक्षणमा १० ओटा वडाका स्थानियको कोरोना परिक्षण हुने भएकोले भिड हुन सक्ने भन्दै समयको समेत ब्यबस्थापन गरिएको छ ।
गलकोट नगरपालिका वडा नम्बर १ का स्थानियको बिहान ११ बजे, वडा नम्वर २ को १२ बजे, वडा नम्वर ७ र ९ को १ बजे, वडा नम्वर ८ को २ बजे, वडा नम्वर ५ र ६ को ३ बजे तथा वडा नम्वर ३ र ४ को साढे ३ बजे परिक्षण गर्ने ब्यवस्था मिलाईएको शाखा प्रमुख गैरेले जानकारी दिनुभयो ।
गैरेले समुहमा आँउदा सवारीको प्रयोग नगर्न, १ मिटरको दुरी कायम गरि हिडेर आउन समेत आग्रह गर्नुभएको छ । एकैसाथ सवारीमा आउदाँ कसैमा सक्रमण रहेको अबस्थामा अन्य ब्यक्तीमा सर्न सक्ने भएकोले माक्सको प्रयोग गरि हिडेर आउन आग्रह गरेको बताउनुभयो । उहाँले परिक्षणको सम्पुर्ण तयारी भएको बताउदैं गलकोट नगरपालिकाका करिब १ सय जनाको र्यापीड टेष्ट गरिने जानकारी दिनुभयो ।
चट्याङले लागेर एक युवकको मृत्यु
गलकाेट,२९ चैत
पाण्डबखानी अनलाइन खबर
बागलुङको गलुवाका २६ वर्षीय युवाको चट्याङले लागेर मृत्यु भएको छ ।
आफ्नै घरको पिढिमा बसेर खाजा खाइरहेका बेला बागलुङ नगरपालिका–१३ पाक्जाका शंकर रिजाललाई शनिबार अपरान्ह ४ बजे परेको चट्याङले लागेको थियो ।
उनको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले जानकारी दिए । चट्याङले लागेर रिजालसँगै अन् केहि घाइते भएका छन् । घरमा जडान गरिएको बिजुलीको तार समेत जलेको छ भने गोठमा रहेको भैसी मरेको छ ।
Friday, April 10, 2020
कोरानाले ब्युँझिएको मान्छे
गल्कोटमा कोरोना विपद व्यवस्थापन समिति गठन लकडाउनलाई धैर्यतापूर्वक पालन गर्न उपप्रमुख काउचाको आग्रह ।
Thursday, April 9, 2020
पाण्डबखानीमा विपन्न घरपरिवारलाई राहत वितरण गर्ने तयारी वडा कार्यलय
Wednesday, April 8, 2020
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिममा रहेको बागलुङमा सरकारले कोरोना भाइरसको द्रुत परीक्षण (र्यापिड टेष्ट) गर्ने निर्णय गरे पनि कार्यान्वयनमा ढिलाइ हुनेभएको छ ।
स्वास्थ्य मन्त्रालयले आइतबार बागलुङसहित तीन जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेसँगै आवश्यक प्राविधिक टोली पठाएको भने पनि बागलुङमा मंगलबार बेलुकासम्म मन्त्रालयको कुनै टोली नआएको सरोकारवाला निकायले जनाएका छन् । पठाइएको भनिएको किटसहितको प्राविधिक टोली तीन दिनसम्म जिल्लामा नआउँदा तीव्ररूपमा फैलिएको भाइरस नियन्त्रणमा समस्या हुने भएको छ । मन्त्रालयले पठाएको टोली समयमै नआउँदा र्यापिड टेष्ट कार्यान्वयनमा ढिलाइ हुने भएको हो । गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङ तथा धौलागिरि अञ्चल अस्पतालमा र्यापिड टेष्ट किट तथा प्राविधिक टोली हालसम्म नआएको बताइएको छ । हालसम्म धौलागिरि अस्पतालले कोरोना शङ्कास्पद व्यक्तिको स्वाबको नमूना सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ अथवा पोखरा पठाउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “हालसम्म र्यापिड टेष्ट किट र प्राविधक टोली आइपुगेको छैन”, उनले भने “स्वास्थ्य कार्यालयले समन्वय गरिरहेको छ, चाँडै आइपुग्छ भन्ने छ ।” पोखरेलका अनुसार मन्त्रालयमा जानकारी लिँदा बायोमेडिकल इन्जिनियरसहित दुईजना प्राविधिक आउने जानकारी पाइएको हो । मन्त्रालयमा यस विषयमा जानकारी लिँदा बुधबारमात्र किटसहितको प्राविधिक काठमाडौँबाट हिँड्ने जानकारी प्राप्त भएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार भनेको समयमा प्राविधिकसहित किट नआउँदा निर्णय कार्यान्वयनमा झण्डै पाँच दिन लाग्ने भएको छ । अहिलेको अवस्थामा निर्णयहरु तत्काल कार्यान्वयन नहुँदा सङ्क्रमण बढ्न सक्ने कतिपयले चिन्ता व्यक्त गरेका छन् । आइतबार र्यापिड टेष्ट गर्ने निर्णयसँगै जिल्लामा प्राविधिक तथा किट पठाइएको मन्त्रालयले जानाए पनि बागलुङमा आजसम्म प्राविधिक टोली आएको खण्डमा निर्णय भएको पाँच दिनपछि मात्रै र्यापिड टेष्ट हुने भएको हो । मन्त्रालयले बागलुङमा विदेशबाट आएका झण्डै नौ सय र सङ्क्रमण देखिएका दुईजनाका छिमेकीसहित झण्डै एक हजारको परीक्षण गर्नुपर्ने बताएको छ । स्वाब परीक्षण गर्ने विधि ढिला भएकाले कोरोनाको द्रुत परीक्षण गर्ने सरकारले निर्णय गरे पनि तीन दिनसम्म टोली जिल्लामा नआएको हो । स्वाबबाट गर्दा २४ देखि ४८ घण्टासम्म लाग्नेमा सानो किटबाट गर्न सकिने द्रुत परीक्षणमा १० देखि १५ मिनेटमै कोरोनाको सङ्क्रमण भए नभएको परीक्षण गर्न सकिन्छ ।बागलुङमा अहिले दुईजना कोरोना सङ्क्रमित फेला परिसकेका छन् । दुवै सङ्क्रमित महिलालाई धौलागिरी अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको धौलागिरी अञ्चल अस्पताल बागलुङले जनाएको छ ।
गण्डकी प्रदेशमा संकलित नमुनामा २ पोजेटिव, १३० नेगेटिभव, ४८ जनाको रिपोर्ट आउन बाँकी
बैशाख १० गतेसम्म लकडाउन कन्फर्म
Tuesday, April 7, 2020
महामारीमा पनि मालामाल ?
Monday, April 6, 2020
परम्परागत मिलेर बसेको हुनाले एकजुट भएर यशमा विशेष ध्यान रान्न जरुरी रहन्छ... पुर्व
Friday, April 3, 2020
रिघामा धर्म पोखरी युवा समाजद्धारा २ सय घरदुरीलाई साबुन र माक्स वितरण
गलकाेट,२१ चैत
सुरेश छन्त्याल
गलकोट नगरपालिका ११ रिघमा धर्म पोखरी युवा समाजले २ सय घरदुरीलाई साबुन र माक्स वितरण गरेको छ ।
समाज को दुख सुख मा साथ धर्म पोखरी युवा समाजको हात भन्ने नाराका साथ विश्वब्यापीरूपमा विकराल समस्या बन्दै गइरहेको कोरोना भाइरस कोभिड 19 को संक्रमण बाट जोगिन र आवश्यक सतर्कता अपनाउन मानव जातिहरुको चुनौती बनिरहेको बेला यसको नियन्त्रण तथा सचेतनाका लागि धर्म पोखरी युवा समाज का अध्यक्ष दिनेश श्रीस, कल्बका सम्पुर्ण सदस्यहरुको नेतृत्वमा आफु बचौ र अरूलाई पनि बचाउ भन्ने मुल अभियान का साथ प्रत्येक टोल÷टोलमा कोभिड 19 को सुरक्षा सम्बन्धी जानकारी दिदै करिब २ सय घरदुरीलाई साबुन र माक्स वितरण कार्य लाई प्रभावकारी रुपमा परिचालन गरी सम्पन्न भएको छ। उक्त वितरण कार्यक्रममा गलकोट नगरपालिका का उपमेयर रेनुका काउचा मगर, वार्ड अध्यक्ष डम्बर श्रीस र रिघा हे. पो ईन्चाज लक्ष्मी श्रीस घर्ती, क्लबका सक्रिय एबम समाजसेवि ईन्द्रकला पुन लगाएतको सहभागिता रहेको थियो ।
Thursday, April 2, 2020
नेपालमा अर्का एक कोरोना संक्रमित थपिएका छन ।
सुरेश छन्त्याल
गलकोट,२१ चैत
नेपालमा अर्का एक कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवतीमा कोरोना पुष्टि भएको हो। उनका अनुसार यी महिला बागलुङ नगरपालिका ३ का ६५ बर्षिया हुन्। उनी बेल्जियममा रहेका आफ्ना कान्छी छोरी भेटेर दुई सातामा नेपाल फर्किएकी थिइन् । उनी सवार बिमानमा आएका बागलुङ कुडुले र काठमाण्डौका दुई किशोरीमा यसअघिनै कोरोना पुष्टि भएको थियो।
नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित एक सय पाँचजना आइसोलेसनमा छन्। बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण भएको हो।
सरकारले बुधबारसम्म १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेको थियो। जसमा ५ जनामा कोरोना पुष्टि भएको थियो। उपत्यका बाहिर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण भएको छ।
पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। ति युवक उपचारपछि निको भइसकेका छन्। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा चैत १० गते कोरोना पुष्टि भएको थियो। दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको हो। चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा १७ मार्च ९चैत ४ गते० नेपाल आएकी बाग्लुङकी युवतीमा कोरोना पुष्टि भएको थियो । संक्रमित मध्ये दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइराखेको छ । एकजनाको प्रादेशिक अस्पताल धनगढी र अन्य एक जनाको धौलागिरी अस्पताल र नयाँ संक्रमण देखिएका महिलालाई अस्पताल ल्याउने तयारी छ ।