Monday, April 6, 2020

परम्परागत मिलेर बसेको हुनाले एकजुट भएर यशमा विशेष ध्यान रान्न जरुरी रहन्छ... पुर्व

परम्परागत मिलेर बसेको हुनाले एकजुट भएर यशमा विशेष ध्यान रान्न जरुरी रहन्छ... पुर्व सभासद पुन
पाण्डबखानी अनलाइन खबर
गलकोट,२४ चैत
गलकोट नगरपालिका १० पाण्डबखानी वडा कार्यालयमा बसेको भेलामा बिस्वब्यापी रुप मा फैलिएको कोरोना भाइरस ९कोभिड ज्ञढ० सम्बन्धी विभिध छलफल भएको छ । उक्त भेलामा पुर्व सभासद निरज पुनले परम्परागत मिलेर बसेको हुनाले हामी एकजुट भएर यशमा विशेष ध्यान रान्न जरुरी रहन्छ, भन्दै पहिलो चरणमा अनुसानमा बस्नु पर्ने विदेशबाट आएका हरुलाइ लाई क्वारेन्टाइनमा राख्ने, दाता संकलन गर्ने, विशेषगरी बुद्धिजीवीहरुको समाजमा जिम्मेवारी रहेको हुनाले यसमा कुनै पनि राजनीतिक गन्द नराखि यश बारे सबैको चासो र जिम्वेवारी रहेको हुदा मापदण्ड अनुसार गरिव तथा न्यून परिवारलाइ राहतको व्यवस्था गरी खाध्यन्न सामाग्री वितरण गर्ने कुनै पनि आग्रह पर्व आग्रह नराखि खाध्यन्न सामाग्री वितरण गर्नुपर्ने पुनले बताउनुभयो । भेलामा वडा अध्यक्ष तिलक घर्ति, जनप्रतिनिधी, समाजसेवी, पत्रकार, शिक्षक लगायतको सहभागिता रहेको थियो । अन्य स्थानहरुमा भन्दा पाण्डबखानीमा भने छुट्ट्रै तरिकाले लकडाउन गरिकोे छ । सिसाखानी र पाण्डबखानीको नाका, मल्म पाणडबखानीको नाका र रणसिहकिटेनी र रमुवाको नाका नाकामा दिनैभरी र रातभरै स्थानीयहरुको सहभागितामा लकडाउन गरिएको छ । जस्मा आफ्नो मान्छेलाई समेत प्रवेस नगराइएकाे सहकर्मी सुरेश छन्त्यालले खबर पठाउनु भएको छ।

No comments:

Post a Comment