बैशाख १० गतेसम्म लकडाउन कन्फर्म
गलकोट, २६ चैत
सुरे छन्त्याल
लकडाउनको अवधि बैसाख १० गतेसम्म जाने निश्चित प्राय भएको छ । एक मन्त्रीले अर्थ सरोकार डटकम सङग कुरा गर्दै दिएको जानकारी अनुसार एकैपटक थप्दा जनतामा निराशा हुने हुनाले केहि दिन अघि एक हप्तालाई मात्र भनिएको तर अर्को एक हप्ता पनि लकडाउन थप्ने तयारी रहेको खुलासा गरेका हुन् ।
हुन त प्रधानमन्त्रीज्युले पनि हिजोको सम्बोधनमा घुमाउरो पारामा आउने परिस्थितिबारे बताउनुभएको थियो । बैसाख १० गतेसम्म लकडाउन हुनेचाहिं ‘कन्फर्म’ हो ।’ उनले भने । उनले लकडाउनको विकल्प नभएको दोहोर्याउँदै भने, ‘धेरै ठाउँमा लकडाउनको उल्लङ्घन भएको छ । यसलाई थप कडाइ कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको छ । तर लकडाउन बैशाख १० गतेसम्म जान्छ । ती मन्त्रीले भने । अघिल्लोपटक पनि तिनले लकडाउन बढाउने तयारी भएको बताएका थिए । सोहि अनुसार लकडाउन बढेको थियो । उनले पुनस् १० गतेसम्म लकडाउन हुन्छ भन्ने कुरालाई विश्वास गर्ने आधार पनि यहि हो ।
No comments:
Post a Comment