Wednesday, April 8, 2020

गण्डकी प्रदेशमा संकलित नमुनामा २ पोजेटिव, १३० नेगेटिभव, ४८ जनाको रिपोर्ट आउन बाँकी

गण्डकी प्रदेशमा संकलित नमुनामा २ पोजेटिव, १३० नेगेटिभव, ४८ जनाको रिपोर्ट आउन बाँकी
गलकोट,२६ चैत
पाण्डबखानी अनलाइन खबर
विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को आशंकमा गण्डकी प्रदेशमा अहिले सम्म १ सय ८० जनाको नमुना संकलन गरिएकोमा १ सय ३० जनाको नेगेटिभ २ जनाको पोजेटिभ र ४८ जनाको नतिजा आउन वाँकी रहेको छ । कास्कीमा ८४ जनाको नमुना संकलन गरिएकोमा ६६ जनाको नेगेटिभ आएको छ भने १८ जनाको नतिजा आउन वाँकी रहेको छ । पर्वतमा ३२ जनामा २३ जनाको नेगेटिभ आएको छ भने फलेवासका ९ जनाको रिपोर्ट आउन वाँकी छ । यसैगरी बागलुङमा १८ जनाको नमुना परिक्षण गरिएको छ जसमा २ जना को रिपोर्ट पोजेटिभ आएको छ भने १६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिव आएका दुईजनाको धौलागिरी अस्पतालमा उपचार भैरहेको छ । लम्जुङमा ११ ,म्याग्दीमा ३, गोरखामा २ वटा नमुना संकलन गरिएको छ । यस्तै मुस्ताङ, मनाङ, नवलपुर र तनहुमा कसैको पनि नमुना संकलन गरिएको छैन । नमुना संकलनमा कास्की पछाडी पर्वत दोस्रो स्थानमा आएको छ ।

No comments:

Post a Comment