यसरी मनाइयो आँठौ लालिगुँरास उत्सव
यसरी मनाइयो आँठौ लालिगुँरास उत्सव
गलकाेट,१ वैशाख
पाण्डबखानी अनलाइन खबर
गलकोटको घुम्टेमा प्रत्येक वर्ष आयोजना गरिने लालिगुराँस उत्सव यस वर्ष भिडियो कन्फेन्स्र मार्फत शुभकामना आदानप्रदान गरि मनाइएको छ । गलकोट घुम्टे पर्यटन विकास केन्द्रले प्रत्येक वर्ष बैशाख १ गते घुम्टे लेकमा मनाउदै आइरहेको लालिगुरास उत्सव यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको कारण केन्द्रका कार्यसमिति बिच भिडियो कन्फेन्स्र मार्फत शुभकामना आदन प्रदान गरि आठौ लालिगुराँस उत्सव २०७७ मनाइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले जानकारी दिनुभयो । नयाँ वर्षको आगमन सँगै गलकोटको घुम्टेमा प्रत्येक वर्ष बैशाख १ गते लालिगुराँस उत्सव गरिदै आएको छ । भिडियोे कन्फेन्स्र मार्फत कार्यसमितिले वैशाख १ लाई लालिगुराँस दिवस को रुपमा मनाउने, घुम्टे पहाडलाई लालिगुरास पहाडको रुपमा घोषणा गर्ने, लगायतका माग सहित स्थानिय सरकार प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । केन्द्रले राष्ट्रिय फुल लालिगुराँसको संरक्षण संर्वदनको लागि जंगलमा रहेको लालिगुराँसको रुख संरक्षण गर्ने, घुम्टे क्षेत्रमा रहेका सामुदायिक वनमा लालिगुराँसका विरुवाहरु रोप्न अनुरोध गर्ने, लगायतका निर्णय गरेको छ । केन्द्रले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनलाई पुर्ण रुपमा पालन गर्न अनुरोध गर्दै लकडाउनको समयमा घुम्टे लेकमा नजान आग्रह गरेको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका सचिव शेर बहादुर थापाले जानकारी दिनुभयो ।
No comments:
Post a Comment