गलकोटमा आईतवार कोरोना परिक्षण हुने
गलकाेट,२९ चैत
पाण्डबखानी अनलाइन खबर
विश्वब्यापी रुपमा माहामारीको रुप लिएको कोरोना (कोभिड १९)को परिक्षण शुक्रबार गलकोटमा हुने भएको छ ।
गत चैत १ गते देखी पछि भारत लगायत अन्य विदेशी मुलुकबाट गलकोट घरमा फर्किएका नागरिकहरुको कोभिड १९को परीक्षण गरिने गलकोट नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । चैत ३० गते गलकोट नगरपालिका वडा नम्वर ११ रिघा तथा गलकोट बहुमुखी क्याम्पस हटिया गरी दुई स्थानमा कोरोना टेस्ट गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मीनराज गैरेले जानकारी दिनुभयो ।
गैरेका अनुसार रिघामा गलकोट नगरपालिका वडा नम्वर ११ रिघामा बिदेशबाट आएका स्थानियको कोरोना परिक्षण गरिने छ भने गलकोट बहुमुखीक्याम्पसमा गलकोट नगरपालिका वडा नम्बर १ देखी १० सम्मका बिदेशबाट आएका स्थानियको कोरोना परिक्षण गरिने छ । गलकोटको हटियामा हुने परिक्षणमा १० ओटा वडाका स्थानियको कोरोना परिक्षण हुने भएकोले भिड हुन सक्ने भन्दै समयको समेत ब्यबस्थापन गरिएको छ ।
गलकोट नगरपालिका वडा नम्बर १ का स्थानियको बिहान ११ बजे, वडा नम्वर २ को १२ बजे, वडा नम्वर ७ र ९ को १ बजे, वडा नम्वर ८ को २ बजे, वडा नम्वर ५ र ६ को ३ बजे तथा वडा नम्वर ३ र ४ को साढे ३ बजे परिक्षण गर्ने ब्यवस्था मिलाईएको शाखा प्रमुख गैरेले जानकारी दिनुभयो ।
गैरेले समुहमा आँउदा सवारीको प्रयोग नगर्न, १ मिटरको दुरी कायम गरि हिडेर आउन समेत आग्रह गर्नुभएको छ । एकैसाथ सवारीमा आउदाँ कसैमा सक्रमण रहेको अबस्थामा अन्य ब्यक्तीमा सर्न सक्ने भएकोले माक्सको प्रयोग गरि हिडेर आउन आग्रह गरेको बताउनुभयो । उहाँले परिक्षणको सम्पुर्ण तयारी भएको बताउदैं गलकोट नगरपालिकाका करिब १ सय जनाको र्यापीड टेष्ट गरिने जानकारी दिनुभयो ।
No comments:
Post a Comment